काठमाडौं- चिनियाँ राष्ट्रपति सि चिनपिङ नेपाल भ्रमण गर्न आउनुअघि रेकिका लागि चीनबाट बोइङ ७४७–८०० विमानमा आएको टोली चीन फर्किएको छ।
त्रिभुवन विमानस्थल कार्यालयका अनुसार ३ बजेर १० मिनेटमा विमान फर्किएको हो।
असोज अन्तिमतिर नेपालको भ्रमणमा आउन लागेका चिनियाँ राष्ट्रपतिको सुरक्षाका लागि विमानस्थलको रन–वे, पार्किङ–वे लगायतका व्यवस्थापनको अध्ययन गरेको हो।
विमानस्थल उच्च स्रोतका अनुसार रेकी गर्ने टोली दिउँसो १ः३० बजे अवतरण गरेको थियो। रेकी टोली डेढ घन्टा विमानस्थलको निरीक्षणमा गरेको थियो।
टोली आउँदा र जाँदा विमानस्थल केही समय बन्द गराइएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।