• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, पुस १७, २०८२ Thu, Jan 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

ह्याकिङ प्रकरणपछि कृषि विकास बैंकमा कमिसनको चर्चा

विना कमिसन फाइल अघि बढ्दैन : ऋणी, म्यानेजर भन्छन्- बहिर के हुन्छ भन्न सक्दिनँ
64x64
नेपाल लाइभ बुधबार, असोज १५, २०७६  १४:३२
1140x725

राजविराज- ह्याकिङ गरी आन्तरिक खाताबाट रकम चोरी भएको विषयले कृषि विकास बैंक यतिबेला चर्चामा छ। असोज ५ गते बैंकको लहान शाखामार्फत ४ करोड ८८ लाख रुपैयाँ चोरी भएको थियो।

ह्याकिङ प्रकरणमा तत्कालीन लेखा अधिकृत सुनील साह पक्राउ परेका छन्। बैंकको आन्तरिक खाताको रकम चोरी भएको पुष्टि भएलगत्तै असोज ८ गते नै उनी केन्द्रीय कार्यालय तानिएका थिए। उनीसँगै लहान शाखाका तत्कालीन प्रबन्धक रामसेवक यादव र ऋण अधिकृत डम्बरकुमार केसीलाई पनि केन्द्रमा तानिएको छ।

तीनजना कर्मचारीले मात्र चलाउने कम्प्युटरबाट आन्तरिक खाताको युजर र पासवर्ड लिक भएपछि कर्मचारीकै संलग्नता रहेको आशंकामा प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ।

'विना कमिसन फाइल नै बढ्दैन'
कृषि विकास बैंकको चर्चा यतिमा मात्रै सीमित छैन। ऋण लगानीमा कमिसन लिने परम्पराले पनि यो बैंकको चर्चा हुने गरेको छ। लहान शाखाको ह्याकिङ प्रकरण सेलाउन नपाउँदै यतिबेला सप्तरीको खडक नगरपालिकास्थित कल्याणपुर शाखा कमिसनकै कारण चर्चामा छ।

बैंकको कल्याणपुर शाखामा कमिसनको विषय नौलो भने होइन। पीडित र जानकारहरुका अनुसार कर्मचारीले केही समयदेखि ऋणीसँग कमिसन लिँदै आएका छन्। ऋण लगानीको प्रक्रिया सुरु गर्नुपूर्व नै कमिसनको दर निर्धारण गरिन्छ। 'कुरा मिले फाइल अगाडि बढ्छ, अन्यथा विभिन्न बहाना बनाएर फाइल अड्काइन्छ। कमिसनमा चित्त बुझाउन सकिएन भने ऋण लिने आशा मार्दा हुन्छ,’ पीडितहरु भन्छन्, ‘अफ्ठेरो परेपछि अलिकति दिएर पनि ऋण उठाउनु पर्ने बाध्यता छ।’

'कमिसनको पैसा हाकिमले नै बुझेको मैले नै देखेको छु'
यिनै पीडित मध्येका एक हुन्- सप्तरीको शम्भुनाथ नगरपालिका-४ का शम्भु राम। उनले दुईपटक कल्याणपुर शाखाबाट ऋण लिएका छन्, दुवैपटक कमिसन दिएर। ‘ऋण माग्ने धेरै हुन्छन्, मैले नदिए अर्कोले दिन्छ,’ उनी भन्छन्, ‘तर, मागेजति दिएन भने पैसा पाइँदैन।’

पहिलोपटक लिएको ६ लाख रुपैयाँ ऋण उनले गत असारमा चुक्ता गरे। पैसाको अभाव भएपछि उनले दोश्रोपटक पनि ऋण लिने सोचमा बैंकमा १० लाख रुपैयाँ माग गरे। तर, कर्मचारीले १० लाख रुपैयाँ मिल्दैन भन्दै ५/६ लाख रुपैयाँसम्म ऋण दिन सकिने संकेत देखाए।

शम्भु रामसँग कमिसन वापतको रकम लिएपछि गन्दै वेचन भण्डारी।

रामले ७ कठ्ठा जग्गासहितको घर धितो राखेर असार पहिलो साता ऋणका लागि बैंकमा फाइल पेस गरे। फाइल पेस भएसँगै कमिसनको कुरा मिलाउन बलान बिहुल गाउँपालिका निवासी वेचन भण्डारी उनको पछि लागे। भण्डारी कार्यालयका कर्मचारी हुन् वा विचौलिया?, शम्भुलाई जानकारी छैन। तर, ऋणीसँग कमिसनका लागि उनले नै 'डिल' गर्ने गरेको उनको भनाइ छ। भण्डारीको यो काममा कार्यालय प्रमुखसहित प्रमोद चौधरी, ऋण फाँटका प्रमुख सञ्जय नायक लगायतका कर्मचारीको मिलेमतो रहेको उनले दावी गरे।

Ncell 2
Ncell 2

दुई/तीन दिनको छलफलपछि ५० हजार रुपैयाँ कमिसन दिने सर्तमा शम्भुको ६ लाख ५० हजार ऋण स्विकृत हुने भयो। फाइल अघि बढेपछि उनी काम विशेषले काठमाडौं पुगे। सोही क्रममा भदौको पहिलो साता वेचनले नै फोन गरेर ऋण स्विकृत भइसकेको जानकारी गारउँदै पैसा लान शम्भुलाई बोलाए। आफू काठमाडौंमा भएकाले आमा (कोशीला देवी)लाई पैसा उपलब्ध गराइदिन शम्भुले आग्रह गरे। उनको आग्रहमा कर्मचारी पनि तयार भएपछि भदौ ६ गते (शुक्रबार) कोशीलादेवी बैंक पुगिन्। तर, कमिसनको कुरा नबुझेकी उनले पैसा दिन नमानेपछि कर्मचारीले रकम दिन मानेनन्।

शनिबार साँझ नाइट बस चढेर आइतबार बिहान उनी कल्याणपुर झरे। दुईवटा चेकमार्फत उनले ऋण वापतको रकम बुझे। पहिलो चेकमार्फत झिकेको २ लाख २६ हजार रुपैयाँबाट आफूले कमिसन वापतको ५० हजार रुपैयाँ वेचनलाई उपलब्ध गराएको शम्भुको दावी छ। ‘पैसा लिएपछि मैले उसैलाई नियाली रहें,’ उनी भन्छन्, ‘त्यो पैसा हाकिमले नै बुझेको मैले नै देखेको छु।’

शम्भु मात्र होइन, तत्कालीन कल्याणपुर गाविसका एक जनप्रतिनिधि समेतले कमिसन दिएर आफूले ऋण लिएको बताए। उनले कल्याणपुर शाखाबाट गत वर्ष कपडा व्यापारका लागि ७ लाख रुपैयाँ ऋण लिएका थिए। ऋणवापत आफूले ७० हजार रुपैयाँ कर्मचारीलाई बुझाएको उनको दावी छ।

उनका अनुसार ह्याकिङ प्रकरणमा हाल पक्राउ परेका सुनील साह त्यसताका बैंकको म्यानेजर थिए।

कार्यालयभित्र कमिसन लिने/दिने हुँदैन, बहिर के हुन्छ भन्न सक्दिनँ : म्यानेजर चौधरी

सप्तरीको कल्याणपुरस्थित कृषि विकास बैंकको शाखा कार्यालय।

बैंक म्यानेजनर चौधरीले भने एक वर्षदेखि शाखामा कमिसनको चलखेल नभएको बताए। ‘म आउनुभन्दा अगाडि थियो होला, तर म आएपछि त्यस्तो छैन,’ उनले भने, ‘कार्यालयभित्र कमिसन लिने/दिने हुँदैन।तर, बाहिर कसले के गर्दैछ त्यो चाहिँ म भन्न सक्दिनँ।’ कर्मचारीले कमिसन लिएको विषयमा आफूलाई पनि २/३ ठाउँबाट गुनासो आएको भन्दै उनैले त्यस्को पुष्टि पनि गरे।

सर्वसाधारणको गुनासो आएपछि बैंकमा विचौलियाको काम गर्ने २/३ जनालाई ६ महिना अघिनै आफूले हटाएको दावी समेत गरेका चौधरीले व्यक्तिगत समस्याका कारण फसाउन त्यस्तो आरोप लगाइएको हुनसक्ने जिकिर गरे।

वेचन भण्डारी नामका व्यक्ति आफ्नो कार्यालयका कर्मचारी नभएको म्यानेजर चौधरीले स्पष्ट पारे। ‘उनी गाउँका ऋणीहरुको किस्ता र ब्याज संकलन गरेर बैंकमा बुझाउँछन्, त्यसवापत उनले के पाउँछन् थाहा छैन,’ उनले थपे, ‘बैंकलाई नै फाइदा पुर्‍याइ रहेकाले उनको बारेमा हामीले नराम्रो सोचेको छैन।’

प्रकाशित मिति: बुधबार, असोज १५, २०७६  १४:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आइतबारसम्म सम्झौता नगरे आन्दोलन गर्छौं : दुर्गा प्रसाईं
कालिकोटबाट प्रचण्डको नाम एकल सिफारिस
विशेष महाधिवेशन गर्ने कांग्रेस महामन्त्रीद्वयको निर्णयपछि भृकुटीमण्डपको हल बुक
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
आइतबारसम्म सम्झौता नगरे आन्दोलन गर्छौं : दुर्गा प्रसाईं बिहीबार, पुस १७, २०८२
कालिकोटबाट प्रचण्डको नाम एकल सिफारिस बिहीबार, पुस १७, २०८२
विशेष महाधिवेशन गर्ने कांग्रेस महामन्त्रीद्वयको निर्णयपछि भृकुटीमण्डपको हल बुक बिहीबार, पुस १७, २०८२
रवि लामिछाने र छविलाल जोशीलाई धरौटीमा छाड्ने आदेश उच्च अदालतद्वारा सदर बिहीबार, पुस १७, २०८२
समानुपातिकको बन्दसूची सच्याउन दलका प्रतिनिधिसँग आयोगद्वारा छलफल बिहीबार, पुस १७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना बुधबार, पुस १६, २०८२
रवि लामिछाने र छविलाल जोशीलाई धरौटीमा छाड्ने आदेश उच्च अदालतद्वारा सदर बिहीबार, पुस १७, २०८२
निकोलस भुसाललाई अस्पताल लगियो बुधबार, पुस १६, २०८२
सुनसरीको लौकही बजार तनावग्रस्त, स्थिती नियन्त्रणमा लिन प्रहरीले हान्यो अश्रु ग्यास बिहीबार, पुस १७, २०८२
विशेष महाधिवेशन गर्ने कांग्रेस महामन्त्रीद्वयको निर्णयपछि भृकुटीमण्डपको हल बुक बिहीबार, पुस १७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बालेनसँगको वार्तापछि बाहिरिए रवि, सञ्चारकर्मीसँग प्रतिप्रश्न- मेरो अनुहारले के भन्छ ? बिहीबार, पुस १०, २०८२
बालेनलाई भेटेपछि कांग्रेस नेता शर्माले भने- संसद् पुनर्स्थापनाबारे छलफल भयो बिहीबार, पुस १०, २०८२
यस्तो छ रास्वपा पक्षका ११० जना समानुपातिक उम्मेदवारको सूची मंगलबार, पुस १५, २०८२
पाकिस्तानी सेनाकै गढ रावपिन्डीमा हिन्दू विरासतको अन्त्य, कुनैबेलाका बहुसंख्यक, अहिले अस्तित्व नै खतरामा आइतबार, पुस १३, २०८२
राप्रपाबाट को–को समेटिए समानुपातिकको बन्दसूचीमा ? (नामावलीसहित) मंगलबार, पुस १५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्