काठमाडौं- चिनियाँ राष्ट्रपति सि चिनपिङ नेपाल भ्रमण गर्न आउनुअघि रेकिका लागि चीनबाट आउने बोइङ ७४७-८०० विमान आज त्रिभुवन विमानस्थलमा अवतरण गर्ने भएको छ।
असोज अन्तिमतिर नेपालको भ्रमणमा आउन लागेका चिनियाँ राष्ट्रपतिको सुरक्षाका लागि विमानस्थलको रन-वे,पार्किङ-वे लगायतका व्यवस्थापनको अध्ययन गर्न रेकी टोली नेपाल आउन लागेको हो।
विमानस्थल उच्च स्रोतका अनुसार रेकी गर्ने टोली दिउँसो १ः३० बजे अवतरण गर्ने बताइएको छ। रेकी टोली बढीमा डेढ घन्टा विमानस्थलको निरीक्षणमा रहने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।