• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, फागुन २७, २०८२ Wed, Mar 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

सुतेकै बेला मृत्यु हुने श्रमिकको संख्या बढ्दो, पोस्टमार्टमपछि पनि खुल्दैन कारण

'शव ल्याएर नेपालमा पुनः पोस्टमार्टम गर्ने व्यवस्था छैन'
64x64
नेपाल लाइभ आइतबार, असोज १२, २०७६  १६:४५
1140x725

काठमाडौं- वैदेशिक रोजगारीका क्रममा कतार पुगेका शुकबहादुर नेपालीको नेपालमा रहेकी श्रीमती शोभा नेपालीसँग राम्रैसँग कुराकानी चलिरहेकै थियो। 

‘राम्रोसँग बस्नू, छोराछोरीको राम्रो ख्याल गर्नू, म आएपछि त्यहीँ केही गरौँला,’ गोरखा सुलिकोट गाउँपालिका-३ का शुकबहादुर नेपालीले शोभालाई फोनमा भनेका थिए। 

अघिल्लो दिनसम्म राम्रै कुराकानी भएको थियो। कुराकानी भएको भोलिपल्ट अर्थात् गत बैसाख २० गते सुतेकै अवस्थामा शुकबहादुरको मृत्यु भएको खबर आयो। 

अपत्यारिलो खबर, नपत्याउँदा नपत्याउँदै बैसाख २८ गते रातो बाकसमा बन्द भएर आइपुग्यो शुकबहादुरको शव। उनको अन्तिम त्यसपछि उनको अन्तिम संस्कार पनि सकियो। 

000

शोभालाई बेलाबेलामा शुकबहादुरको मृत्युले झस्काउँछ। सुतेकै अवस्थामा कसरी मृत्यु भयो होला भनेर मनमा शंका पनि उब्जिन्छ। ‘परदेशको ठाउँ के थाहा, कसरी त्यस्तो भयो, बेलुका कुराकानी गरेर सद्दे सुत्नु भएको मान्छे बिहान उठ्दा मृत्युको खबर सुन्नु पर्‍यो,’ शोभाले सुनाइन्। 

भन्न त भनिन्छ, खाडीको चर्को घाममा दिनभर काम गर्ने र आएर एसीमा सुत्ने गर्दा पनि कतिपय श्रमिकको मृत्यु हुन्छ, पोस्ट पनि गन्तव्य मुलुककै अस्पतालमा गरिन्छ। नेपालमा ल्याएर पुनः पोस्टका लागि अहिलेसम्म कुनै कानुन बनेकै छैन। 

कफिनमा बन्द गरेर गन्तव्य मुलुकबाट पठाएको शव चुपचाप अन्तिम संस्कार गर्नुको विकल्प छैन। 

Ncell 2
Ncell 2

000

शुकबहादुर जस्तै झापा मेचीनगर नगरपालिका-१५ का आनन्द राजवंशीको अवस्था उस्तै भयो। मलेसियास्थित एसिया फोर्स सेक्युरेटी कम्पनीमा सेक्युरिटी गार्डको काम गर्दै आएका राजवंशी मलेसिया पुगेको दुई वर्ष पुग्न दुई महिना मात्रै बाँकी थियो।

‘अघिल्लो दिनसम्म घरपरिवारसँग राम्रै कुराकानी गरिरहेका थिए। असोज २ गते बिहिबार उनी सुतिरहेकै अवस्थामा मृत्यु भएको खबर आयो,’ उनका भिनाजु बमप्रसाद राजवंशीले नेपाल लाइभलाई सुनाए। 

‘ऊ त्यस्तो बिरामी थिएन, अघिल्लो दिनसम्म राम्रो कुराकानी भएको मान्छे, भोलिपल्ट अचानक मृत्युको खबर आयो,’ भिनाजु बमप्रसाद भन्छन्, ‘अर्काको देशमा कसले मारिदियो कि! मलेसिया त खतरनाक मुलुक भन्छन्, धेरै मानिस सुतिरहेकै ठाउँमा मृत्यु भयो भनेको सुनिन्छ।’

परदेशमा गरिएको पोस्ट रिपोर्टकै आधारमा मृतकका आफन्तले चित्त बुझाउनु पर्ने बमप्रसाद बताउँछन्। 

‘अर्काको देशमा जसले जेजे भनेपनि त भयो नि! पोस्टमार्टम रिपोर्टमा त केही कारण खुल्दैन भन्छ, हामी चुपचाप शव जलाएर चित्त बुझाउनुको विकल्प छैन। खै फेरि पोस्टमार्टम गर्नका लागि कहाँ कसरी लैजाने के गर्ने, यहाँ पोस्टमार्टम गर्दा फरक रिपोर्ट पाइए कारण पत्ता लाग्थ्यो कि?’ उनले थपे, ‘त्यस्ता श्रमिकको नेपालमा ल्याएर पनि पुनः पोस्टमार्टम गर्ने व्यवस्था सरकारले गरिदिए ढुक्क हुन्थ्यो। मृत्युको पत्यार नलाग्दै अन्तिम संस्कार गर्नुपर्छ।’ 

000

१०१८ जनवरी १४ मा रोजगारीका लागि मलेसिया पुगेका बारा जिल्ला परवानीपुर गाउपालिका-१ का सदाइ महतो धानुक मलेसियास्थित जेभि मोनी टोनिस कम्पनीमा फ्याक्ट्री वर्करका रुपमा कार्यरत थिए। 

गत साउन ४ गते उनको मृत्यु भएको खबर आयो। मृत्युको कारण सुतिरहेको अवस्थामा भनियो। ‘राम्रोसँग काम र कमाई गरेर बसिरहेको मेरो भाइको मृत्यु कसरी भयो, होला विदेशमा सुतिरहेको अवस्थामा मृत्यु भयो भनिदिन्छ, सजिलो छ, अरु केही कारण देखाउन परेन,’ सदाइका दाजु भगवान महतो धानुकले दुखेसो सुनाए। 

000

शकबहादुर, आनन्द र सदाइजस्ता थुप्रै नेपाली श्रमिकको सुतिरहेकै अवस्थामा मृत्यु हुने गरेको छ। पोस्टमार्टम पछि पनि उनीहरुको मृत्युको कुनै कारण खुल्दैन। नेपाल सरकारले यस्ता शव पोस्टमार्टम गर्न मिल्ने नीति बनाउनुपर्ने मृतकका आफन्तको माग छ। 


सुतिरहेकै अवस्थामा मृत्यु हुनेको संख्या बढ्दो
यस सम्बन्धमा वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठसँग नेपाल लाइभले प्रतिक्रिया लिँदा सुतिरहेकै अवस्थामा मृत्यु भएका कामदारको पोस्टमार्टम रिपोर्ट पनि कसैको प्राकृतिक कारण र कसैको हार्टअट्याक समस्याका कारण मृत्यु भएको आउने गरेको बताए। 

‘सुतिरहेको अवस्थामा मृत्यु हुने कामदारको संख्या दुर्घटनालगायत अन्य कारणले मृत्यु हुनेको संख्याभन्दा बढी छ। सम्बन्धित मुलुकको अस्पतालमा पोस्टमार्टम गर्दा पनि मृत्युको खासै कारण खुल्दैन,’ कार्यकारी निर्देशक श्रेष्ठले भने, ‘वैदेशिक रोजगारीमा पुगेर सुतिरहेकै अवस्थामा ज्यान गुमाएका र मृत्युको कारण नखुलेका कामदारहरुको नेपालमा पनि पोस्टमार्टमपछि मात्रै अन्तिम संस्कारका लागि व्यवस्था मिलाउन हामीले कुरा राखिरहेका छौँ, यसका लागि छुट्टै कुनै कानुन बनेको छैन।’

मृत्युको कारण नखुलेका मृतकका आफन्तले गुनासो राख्दै आएपनि 'पुनः पोस्टमार्टम गरिपाऊँ' भन्दै कसैले पनि निवेदन नदिएको कार्यकारी निर्देशक श्रेष्ठले बताए। 

दैनिक ३ शव आउँछन् बाकसमा 
रोजगारीका लागि खाडी लगायतका मुलुकमा पुगेका कामदारमध्ये दैनिक सरदर ३ शव बाकसमा आउने गरेको विभिन्न अध्ययनले देखाएको छ।

वैदेशिक रोजगार बोर्डबाट वैदेशिक रोजगारीका क्रममा मृत्यु भई ज्यान गुमाएका व्यक्तिका हकवालाले बोर्डबाट लिएको आर्थिक सहायताको तथ्यांक हेर्दा पनि वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाउने व्यक्तिको तथ्यांक भयावह देखिन्छ। 

आर्थिक वर्ष २०७४/७५ मा मात्रै बोर्डबाट ८ सयभन्दा बढी मृतकका हकवालाले आर्थिक सहायता लिएका छन्। यो संख्या मात्रै वैदेशिक रोजगारीमा ज्यान गुमाउनेहरुको वास्तविक संख्या भने होइन। वैदेशिक रोजगारीका क्रममा मृत्यु भएर पनि बोर्डबाट आर्थिक सहायता नलिएका वा नपाएका अन्य थुप्रै छन्। 

करार अवधि सकिएपछि पनि वैदेशिक रोजगारीमा रहेको अवस्थामा कामदारको मृत्यु भएमा यस्ता मृतकका आफन्तले बोर्डबाट आर्थिक सहायता पाउँदैनन्। 

बोर्डको तथ्यांक हेर्दा सबैभन्दा बढी मलेसियामा ज्यान गुमाएका २ सय ८९ मृतकका हकवालाले आर्थिक सहायता लिएका छन्। त्यसपछि कतारमा ज्यान गुमाएका २ सय ३ व्यक्तिका हकवालाले आर्थिक सहायता लिएका छन्। 

रोजगारीका लागि विदेशिएका नेपालीहरुले कार्यस्थल दुर्घटना, गम्भीर प्रकृतिका रोग तथा सुतिरहेकै अवस्थामा ज्यान गुमाउने गरेका छन्। सुतिरहेकै अवस्थामा ज्यान गुमाउनेको संख्या बढ्दै गएको छ। यस्ता मृतकको पोस्टमार्टमपछि पनि कारण खुल्दैन। न त नेपाल ल्याएर उनीहरुको पुनः पोस्टमार्टम नै गरिन्छ। दिनानुदिन विदेशमा सुतिरहेकै अवस्थामा कामदारको मृत्यु हुने घटना बढ्दै गइरहेकाले यस विषयमा सरकारले गम्भीर अध्ययन गर्नुपर्ने जानकार बताउँछन्। सरकारले विदेशमा सुतिरहेको अवस्थामा मृत्यु भएका कामदारको कारण के थियो कुनै अध्ययन अनुसन्धान गरेको छैन।

प्रकाशित मिति: आइतबार, असोज १२, २०७६  १६:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सामाजिक सञ्जाल प्रयोगसम्बन्धी साउदीमा रहेका नेपालीलाई दूतावासको ३ बुँदे अनुरोध
जनताको भावना अनुरूप राष्ट्रिय सभामा प्रस्तुत हुने कांग्रेसको निर्णय
६ दलले पाए राष्ट्रिय दलको मान्यता
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
सामाजिक सञ्जाल प्रयोगसम्बन्धी साउदीमा रहेका नेपालीलाई दूतावासको ३ बुँदे अनुरोध बुधबार, फागुन २७, २०८२
जनताको भावना अनुरूप राष्ट्रिय सभामा प्रस्तुत हुने कांग्रेसको निर्णय बुधबार, फागुन २७, २०८२
६ दलले पाए राष्ट्रिय दलको मान्यता बुधबार, फागुन २७, २०८२
रवि लामिछानेको मुद्दा फिर्ता विरुद्धको रिट पूर्ण सुनुवाइका लागि पठाउने आदेश बुधबार, फागुन २७, २०८२
समानुपातिक मतगणना अन्तिम चरणमा, दुई क्षेत्रको गणना हुँदै बुधबार, फागुन २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अब अस्वाभाविक महत्त्वाकां र आवेगबाट मुक्त बन्न गगन थापालाई पूर्णबहादुर खड्काको सुझाव मंगलबार, फागुन २६, २०८२
समानुपातिक तर्फ १ करोड ३ लाख मतगणना : कुन दलको मत कति ? मंगलबार, फागुन २६, २०८२
समानुपातिक मतगणना अन्तिम चरणमा, दुई क्षेत्रको गणना हुँदै बुधबार, फागुन २७, २०८२
६ दलले पाए राष्ट्रिय दलको मान्यता बुधबार, फागुन २७, २०८२
दुबई उडान सञ्चालन गर्दै नेवानि, पहिला आउनेलाई पहिलो प्राथमिकता मंगलबार, फागुन २६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
अब अस्वाभाविक महत्त्वाकां र आवेगबाट मुक्त बन्न गगन थापालाई पूर्णबहादुर खड्काको सुझाव मंगलबार, फागुन २६, २०८२
चितवन ३ अपडेट: रेनुभन्दा सोबिता दोब्बर मतले अगाडि शुक्रबार, फागुन २२, २०८२
समानुपातिक तर्फ १ करोड ३ लाख मतगणना : कुन दलको मत कति ? मंगलबार, फागुन २६, २०८२
झापा– ५ मा बालेन ओलीभन्दा चार गुणा बढी मतले अगाडि शुक्रबार, फागुन २२, २०८२
ललितपुर १ मा कांग्रेसका उदयशमशेरको अग्रता शुक्रबार, फागुन २२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्