काठमाडौं- सशस्त्र प्रहरी (एपिएफ)ले १५ किलो सुनजस्तै धातुसहित धनुषाबाट एक जनालाई नियन्त्रणमा लिएको छ।
एपिएफ टोलीले ज७प ५७७१ नम्बरको मोटरसाइकलमा सवार भरतकुमार साहलाई सुनजस्तै धातुसहित पक्राउ गरेको सशस्त्रका प्रवक्ता सुरजकुमार श्रेष्ठले बताए।
नेपालबाट सुनसहित भारत प्रवेश गर्न लागेका उनलाई धनुसाको बसबिट्टिस्थित सीमाबाट पक्राउ गरिएको हो।
श्रेष्ठका अनुसार उक्त धातु सुन हो वा होइन भन्ने बारेमा जाँच गर्न पठाइएको छ। जाँचपछि मात्रै सुन हो/होइन भन्ने बारेमा पूर्णरुपमा पुष्टि हुने उनले बताए। (प्रतिकात्मक तस्बिर)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।