काठमाडौं- सरकारले ललितपुरको पुल्चोकमा अन्तर्राष्ट्रिय स्तरको सम्मेलन केन्द्र बनाउने तयारी गरेको छ।
अर्थमन्त्री डा युवराज खतिवडाले पुल्चोकस्थित साझा यातायातको कार्यालय भवन वरपर अन्तर्राष्ट्रिय स्तरको सम्मेलन केन्द्र बनाउने गरी जग्गाको खोजी कार्यलाई अघि बढाइएको जानकारी दिए।
उनले ललितपुरमै ‘सांसद आवास भवन’ निर्माण गर्ने सोचाइ पनि सरकारले बनाएको बताए।
शुक्रबार ललितपुरको पाटनमा आयोजित ललितपुर उद्योग वाणिज्य संघको ४०औं वार्षिक साधारण सभालाई उद्घाटन गर्दै मन्त्री खतिवडाले सरकारले समग्रतामा ललितपुर जिल्लालाई आधुनिक सहरको रुपमा विकास गर्न चाहेको पनि स्पष्ट पारे।
अर्थमन्त्री खतिवडाले ललितपुर कला र संस्कृतिको हिसाबले अधिक सम्भावना भएको जिल्ला रहेकोले त्यसको विकासमा सरकार प्रतिवद्ध भएर लागिपरेको दाबी गरे। (फाइल तस्बिर)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।