काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले मुलुकमा युवा उद्यमीहरु बढ्दै गएकोमा खुसी व्यक्त गरेका छन्।
मन्त्री यादवले युवा उद्यमीमार्फत् स्वदेशी उत्पादनलाई बढावा दिन सरकारले आवश्यक वातावरण बनाई दिने प्रतिवद्धता पनि व्यक्त गरे। उनले सरकारले स्वदेशी उत्पादन र त्यसको बजारीकरणका लागि अन्तर्राष्ट्रिय मेलाहरुमा नेपाली वस्तुहरुको सहभागिता बढाउन सक्दो पहल गर्ने सरकारको नीति रहेको पनि स्मरण गराए।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सहभागी भएका मन्त्री यादवले सञ्चारकर्मीमाझ मुलुकमा उद्योग विकासका शुभसंकेतहरु देखिँदै गएको उल्लेख गर्दै त्यसको विकासका लागि आवश्यक सबै खालको सहजीकरण गरेर अघि बढ्न सरकार तयार रहेको पनि स्पष्ट पारे। त्यसका लागि सरकारले स्वदेशी वस्तुको उत्पादनलाई जोड दिइरहेको पनि मन्त्री यादवको दावी छ।
मन्त्री यादवले मुलुकमा भइरहेको औद्योगिक मेलाहरुले पनि उद्यम विकासमा महत्वपूर्ण योगदान पुर्याइरहेको दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।