काठमाडौं– सरकारले आर्थिक वर्ष २०७५/७६ मा निजी क्षेत्रको पर्यटन सम्बद्ध व्यवसायमा संग्लन निकाय तथा कम्पनीको पुरस्कार बुद्ध एयरलाई दिएको छ।
४०औं विश्व पर्यटन दिवसको अवसरमा गणतन्त्र पार्कमा गरिएको कार्यक्रममा सरकारले बुद्ध एयरलाई समान गरेको हो। बुद्ध एयरले गत आवमा कुल ५८ करोड ६७ लाख ५६ हजार ९ सय ४४ रुपैयाँ राजस्व बुझाएको थियो।
यसैगरी सबैभन्दा बढी विदेशी पर्यटक भित्र्याउन सफल एयरलाइन्सको रुपमा भने कतार एयरवेज नेपाल पर्यटन बोर्डले सम्मान गरेको छ। कतार एयरवेजले सन् २०१८ मा कुल ३ लाख ९९ हजार ३ सय ३६ पर्यटक नेपाल भित्र्याएको थियो।
यसैगरी बोर्डले बढी विदेशी मुद्रा आर्जनमा सहयोग गरेको भन्दै फ्लाइट कनेक्सन डोमेस्टिक प्रालिलाई पनि सम्मान गरिएको छ। प्रालिले कुल ९४ लाख ५३ हजार २ सय ८३ डलर मुद्रा आर्जन गरेको थियो।
साथै पर्यटन गन्तव्यको रुपमा कालिन्चोक दर्शन प्रालि र बढी रोजगारी सिर्जना गरेको भन्दै सोल्टी होटललाई सम्मान गरिएको छ। सोल्टीले ४ सय ५ जनालाई रोजगारी दिएको थियो।
निजी क्षेत्रबाटै अपांगता भएका व्यक्तिलाई सक्षम बनाई रोजगारी दिएको भन्दै बोर्डले द बेकरी क्याफेलाई पनि बोर्डले सम्मा गरेको छ।
यसैगरी बोर्डले सामाजिक उत्तरदायित्व अन्तर्गत फिस्टेल एयर, पर्वतारोहण तर्फबाट सेभेन समिट ट्रे्क्स प्रालिलाई समान गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।