• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, जेठ ३०, २०८३ Sat, Jun 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

भू-माफियाको खेल : बाबुसँग नाम मिलेपछि अर्कैको जग्गा आफ्नो नाममा

64x64
नेपाल लाइभ बिहीबार, असोज २३, २०७६  ०७:१३
1140x725

जनकपुर- धनुषामा निजी व्यक्तिको नाममा रहेको जग्गा बाबुसँग नाम मिलेकै आधारमा एक भू-माफियाले आफ्नो नाममा ल्याएको पाइएको छ।

मालपोत कार्यालय धनुषाले किर्ते कागजात खडा गरी एक व्यक्तिको जग्गा अर्कैलाई नामसारी गरिदिएको खुलासा भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान सुरु गरेको  छ।

साविक बेंगाशिवपुर गाविस–७ ’क’  (हाल जनकपुर उपमहानगरपालिका(१९) स्थित कौशल किशोर ठाकुरको नाममा रहेको किता नं ४८८ को १७ धुर र कित्ता नं ४८९ को जग्गा किर्ते हकवाला खडा गरी अर्कैका नाममा नामसारी भएको आयोगको प्रारम्भिक अनुसन्धानले देखाएको हो। 

कुल ५ बिघा ६ कट्ठा १० धुर जमिन आर्थिक प्रलोभनमा परी किर्ते जालसाजी गरेको भन्दै मालपोत कार्यालय प्रमुख र फाँटवाला कर्मचारीमाथि अख्तियारले अनुसन्धान सुरु गरेको छ।  भू-माफियाको प्रभावमा मालपोत कार्यालयले हकवालालाई थाहै नदिई अर्कैलाई जग्गा नामसारी गरेको आशंका गरिएको छ। 

४४ वर्षपछि कौशलकिशोर बने बैष्णव
२०२३ सालमा नापी हुँदा फिल्ड बुकमा उल्लेखित साविक बेंगाशिवपुर गाविस–७ (क) स्थित  कौशलकिशोर ठाकुरको नाममा रहेको  थियो। सोही जग्गा २०७६ जेठ २८ गते सूर्यनारायण बैष्णवको नाममा नामसारी भयो।

४४ वर्षपछि कौशलकिशोर वैष्णवको बाबु बने। तत्कालीन मालपोत अधिकृत रामबाबु मण्डल र फाँटवाला नायब सुब्बा गुरु भट्टले जनकपुर उपमहानगरपालिका–१० का सूर्यनारायण वैष्णवको नाममा नामसारी गरिदिएको रेकर्ड मालपोतमा बनाइदिए। कौशलकिसोर वैष्णवका वास्तविक बाबु नभए पनि मालपोत अधिकृत मण्डल र नासु भट्टको मिलेमतोमा उक्त जग्गा सूर्यनारायण वैष्णवले आफ्नो नाममा गराएका हुन्।

वास्तविक जग्गाधनीको नाम कौशल किशोर ठाकुर थियो। वैष्णवको बाबुको नाम पनि कौशल किशोर थियो। यसरी बाबुको नाम मिलेको फाइदा बैष्णवले उठाए।  दुवै एकै व्यक्ति भएको किर्ते कागजात खडा गरियो र उक्त जग्गा उनको नाममा ल्याए। ठाकुरका नाति गुरुशरण सिंह ठाकुरले आफूहरूको जग्गा किर्ते गरेर अरुको नाममा पास गरिएको दाबी गरेका छन्।

‘यो निर्णय बदर गरी वास्तविक हकवाला पहिचान गरी जग्गा नामसारीका लागि हामी कानुनी प्रक्रियामा जान्छौँ,’ उनले भने। 

nimb
nimb
Ncell 2
Ncell 2

सरुवा हुनुभन्दा अघिल्लो दिन किर्ते कागजात
मिलेमतोमा जग्गा किर्ते गर्ने कार्यमा मालपोतका कर्मचारीले लामो समयदेखि कोसिस गरेका थिए। तर सक्कली जग्गा धनीले पत्तो पाउने र अख्तियारबाट अनुसन्धान हुनसक्ने भएपछि मालपोत अधिकृतले जग्गा नामसारी गरेनन्।

अन्तत: रामबाबु मण्डलले अन्तत जग्गा नामसारी गर्ने दिन फेला पारे। २०७६ जेठ २९  गते मालपोत अधिकृत मण्डल सरुवा हुँदै थिए। मालपोत अधिकृत मण्डलले आफू सरुवा हुनुभन्दा अघिल्लो दिन मात्र २०७६ जेठ २८ गते ठाकुरको जग्गा वैष्णवका नाममा नामसारी गरिदिने निर्णय गरे। यसरी नामसारीका लागि पेस भएको कागजातमा  ठाकुर र वैष्णवको तीनपुस्ते वंशावली मिल्दैन।

यसरी बनाइयो दासलाई ठाकुर
जिल्ला प्रशासन कार्यालय धनुषाबाट २०५२ कात्तिक २२ मा लिएको नागरिकता प्रमाणपत्र र नाता प्रमाणितमा सूर्यनारायण वैष्णवको बाबुको नाम कौशल किशोर दास उल्लेख छ। साथै कौशलकिशोर दासको नाममा बेंगाशिवपुर गाविस ७ (ख) मा कित्ता नं ११ को १५ कट्ठा १४ धुर र कित्ता नं ७० को क्षेत्रफल १६ कट्ठा १५ धुर जमिन रहेको देखिन्छ। तर मालपोत कार्यालयका तत्कालीन प्रमुख रामबाबु मण्डल र गुरु भट्टले दास र ठाकुर एउटै व्यक्ति भएको प्रमाणित गर्दै वैष्णवको नाममा जग्गा नामसारी गरिदिएका हुन्। उनीहरूले त्यसका लागि वडा कार्यालय र अन्यको सिफारिसविनै टिप्पणी उठाएर एकै व्यक्ति प्रमाणित गर्दै किर्ते कागजात खडा गरेका थिए। 

खेत कमाउन नपाएपछि  खुल्यो रहस्य
एक व्यक्तिको नाममा रहेको जग्गा अर्को व्यक्तिले आफ्नो बाबु भएको दाबीसहित जग्गा दर्ता गराएर कब्जा गरेको प्रकरण सुरुमा परिवारले थाहै पाएनन्। एक दिन कमाउन जादाँ वैष्णवले उक्त जग्गा आफ्नो भएको दाबी गरेपछि खोजी गर्दा फेला परेको थियो। मण्डल र दास विरुद्ध आर्थिक प्रलोभनमा परी अर्काको जग्गा किर्तेजालसाजी गरी अख्तियार दुरुपयोग गरेको अभियोग सहित २०७६ असार १६ गते उजुरी दर्ता भएको थियो। त्यसपछि अख्तियारले निर्णयको सक्कल फाइल नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ। 

चार जनाको दाबी
उक्त जग्गा आफ्नो भएको दाबी गर्ने चार जना जग्गाधनी देखापरेका छन्। यसरी जग्गा दाबी गर्नेहरूको भने आपसमा  जात, वंशावली, तीन पुस्ते र समुदायको विवरण मिल्दैन। 

उक्त जग्गा मालपोत कार्यालयको धनीपूर्जा तथा नापीको फिल्डबुकमा दर्ता रहेको कौशलकिशोर ठाकुर छ। उक्त जग्गा श्रीमती कौशल्यादेवी, उनको छोरा रामशिष सिंह ठाकुर र उनको पत्नीको समेत मृत्यु भइसकेको जनाउँदै ठाकुरका नातिहरू गुरुशरण सिंह ठाकुर, रामबालक सिंह ठाकुर र विजय सिंह ठाकुरले पहिलो दाबी गरेका छन्। उनीहरूले पुर्ख्यौली  जमिनको हकवाला आफूहरू भएको दाबी गर्दै कानुन बमोजिम नामसारी गरिदिन मालपोत कार्यालयमा २०७५ साउन ६ गते निवेदन दर्ता गराएका थिए। 

उनीहरूले आर्थिक वर्ष ०७५/७६ सम्म मालपोत कर समेत बुझाएको दाबी गरेका छन्। तर, नापीको फिल्डबुकमा कौशलकिशोर ठाकुरको नाममा दर्ता रहेको जग्गाको चार जनाले हकदाबी गर्दै नामसारीका लागि निवेदन दिएका थिए। चार जनाले कौशलकिशोर ठाकुरको वंशावली तीनपुस्ते विवरण समेत फरक–फरक पेस गरेका छन्। 

यसरी उक्त जग्गाको दाबी गर्नेमा हाल भारतमा बस्दै आएका ठाकुर परिवार रहेका छन्। मालपोत कार्यालयमा समेत उनीहरूले हाल आफूहरू भारतमा रहेको उल्लेख गरेका छन्। पहिलो हकदार दाबी गर्ने कौशलकिशोर ठाकुरका नातिहरू गुरुशरण, राम बालक, र विजयकुमार भारतको सितामढीमा बसाइँ सरेको उल्लेख गरेका छन् । उनीहरूले कौशलकिशोर ठाकुरको जग्गाको हकवाला आफूहरूका बाबु आमआशिष सिंह ठाकुर र आमाको मृत्यु भइसकेकाले जग्गाको हकवाला तीन भाइ नाति भएको भन्दै तीन पुस्ते वंशावली विवरण पेस गरेका छन्।

जग्गाको दोस्रो दाबेदार पनि भारतकै सितामढीमा बस्दै आएको परिवारको भनाइ छ।  भारत सितामढी जिल्ला अथरी रुन्नी सैदपुरका महेश ठाकुरले दोस्रो दावी पेस गरेका छन्। आफू त्यही जग्गाधनी कौशलकिशोर ठाकुरको नाति विलट ठाकुरको छोरा भन्दै जग्गा नामसारी गरिदिनुपर्ने दाबी गर्दै निवेदन दिएका छन्। उनले पेस गरेको वंशावलीमा कौशलकिशोर ठाकुरको छोरा विलट ठाकुर भएकाले बाजेको जग्गाको एक मात्र हकवाला आफूहरु भएको दाबीसहित आफ्नो नाममा नामसारीका लागि निवेदन दिएका थिए।

त्यही जग्गा जनकपुर उपमहानगरपालिका–१० मा स्थायी ठेगाना भई हाल सर्लाही जिल्ला वसवरिया गाविस–२ का हेमन्त ठाकुरले मेखी ठाकुरको छोरा कौशलकिशोर ठाकुर आफ्नो बाबु भएको दाबी गर्दै नामसारी गरिदिन माग दाबी गर्दै निवेदन दिएका थिए। उनी तेस्रो दावीकर्ता हुन्। चौथो व्यक्ति भने वैष्णव थिए। मालपोत कार्यालयसँगको मिलेमतोमा अन्तत: उक्त जग्गा दासको नाममा नामसारी भएको थियो। चार दावी मध्ये मालपोत कार्यालयले कौशलकिशोर ठाकुर र कौशलकिशोर दास एउटै व्यक्ति भएको र ठाकुरको छोरा वैष्णव भएको  ठहर्‍याउँदै जनकपुर उपमहानगरपालिका–१० का सूर्यनारायण वैष्णवको नाममा २०७६ जेठ २८ गते निर्णय गरी नामसारी गरिदिएको थियो।

सूर्यनारायण वैष्णवले आफ्नो वंशावलीमा मेखीको नाति कौशलकिशोर ठाकुरको छोरा सूर्यनारायण वैष्णव भनेर प्रमाणित गरी जग्गा नामसारी गरिदिएको देखिएको मालपोत कार्यालयको दाबी छ। उक्त जग्गा खिचलो मुद्दाको सम्पूर्ण मिसिल तत्कालीन नापी कार्यालयका नासु गुरु भट्टले सम्पूर्ण कागजात तयार गरेको मालपोत कार्यालयका सूचना अधिकारी मोहम्मद इजहार राइनले बताए।

मालपोत अधिकृत मण्डल र नायव सुब्बा भट्टले जग्गाधनी ठाकुरको छोरा सूर्यनारायण वैष्णव भएको ठहर गरी जग्गा नामसारी गरिदिएका थिए। तर फिल्डबुकमा लालपूर्जा र नापीको फिल्डबुकमा दर्ता रहेको कौशलकिशोर दासको नाममा कित्ता नं ११ को क्षेत्रफल १५ कट्ठा १४ धुर र कित्ता नं ७० को क्षेत्रफल १६ कट्ठा १५ धुर रहेको देखिन्छ।  

उच्च अदालतमा विवाद विचाराधीन
दाबीकर्ता मध्ये वैष्णवले मात्र जग्गा पाएपछि अन्य मध्येका एक प्रतिवादी अदालत पुगेका छन्। ठाकुरको पुस्ताबाट वैष्णव पुस्तामा जग्गा नामसारी गरिदिने निर्णय गैरकानुनी भएको जिकीर गर्दै २०७६ असार ६ गते उच्च अदालत जनकपुरमा  मुद्दा दायर भएको थियो। उक्त मुद्दा अहिले उच्च अदालत जनकपुरमा विचाराधीन रहेको छ। उच्च अदालतले मालपोत कार्यालय लगायत विपक्षीसँग जवाफ माग गरेको  छ। उच्च अदालतले भदौ २४ गते अन्तिम पटक लिखित जवाफ माग गर्ने आदेश गरेको हो।

प्रकाशित मिति: बिहीबार, असोज २३, २०७६  ०७:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सशस्त्र प्रहरीद्वारा २५ लाख मूल्यको यौनवर्धक औषधि बरामद
सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित
दाङमा बालुवामा पुरिएर एक मजदुरको मृत्यु
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
सशस्त्र प्रहरीद्वारा २५ लाख मूल्यको यौनवर्धक औषधि बरामद शनिबार, जेठ ३०, २०८३
सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित शनिबार, जेठ ३०, २०८३
दाङमा बालुवामा पुरिएर एक मजदुरको मृत्यु शनिबार, जेठ ३०, २०८३
सशस्त्र प्रहरी प्रवक्ताको जिम्मेवारी कार्कीलाई शनिबार, जेठ ३०, २०८३
‘भाषा, साहित्य र संस्कृतिबिना समृद्धि अपूरो’ : सञ्चार मन्त्री डा. तिमिल्सिना शनिबार, जेठ ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
फिफा विश्वकप : उद्घाटन खेलमै तीन खेलाडीलाई रातो कार्ड शुक्रबार, जेठ २९, २०८३
हतियारसहित सुस्ता प्रवेश गरेका भारतीय सुरक्षाकर्मीविरुद्ध स्थानीयको प्रतिरोध शुक्रबार, जेठ २९, २०८३
बालसैन्य प्रयोगमा प्रचण्ड-बाबुरामविरुद्ध अभियोजन गर्नु नपर्ने सर्वोच्चको ठहर शुक्रबार, जेठ २९, २०८३
फिफा विश्वकप : उत्कृष्ट कमब्याक गर्दै दक्षिण कोरियाले चेक रिपब्लिकलाई हरायो शुक्रबार, जेठ २९, २०८३
काभ्रेमा बस दुर्घटना- ७ जनाको मृत्यु शुक्रबार, जेठ २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दरबार हत्याकाण्डको सम्झना : यस्तो थियो उच्चस्तरीय छानबिन समितिले बुझाएको ‘घटनाको यथार्थ विवरण’ बुधबार, जेठ २७, २०८३
फिफा विश्वकप : उद्घाटन खेलमै तीन खेलाडीलाई रातो कार्ड शुक्रबार, जेठ २९, २०८३
आइतबारको सार्वजनिक बिदा हटाइने दाबीहरू निराधार रहेको सरकारको स्पष्टीकरण आइतबार, जेठ २४, २०८३
यी हुन् गृहमन्त्रीका चार निर्णय मंगलबार, जेठ २६, २०८३
रड प्रहार गरी श्रीमतीको हत्या गर्ने 'नेपाली ब्रो' भनिने कुमार थापा पक्राउ शनिबार, जेठ २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्