काठमाडौं– नेपाल र अस्ट्रेलियाबीचको प्रारम्भिक हवाई सम्झौताको बाटो खुलेको छ।
असोज ७ गते बसेको मन्त्रिपरिषदको बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई प्रारम्भिक हवाई सम्झौता गर्ने सहमति दिएको हो। मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले आज यसबारे जानकारी गराएका हुन्।
मन्त्रालयले करिब १० वर्षअगाडिदेखि अस्ट्रेलियासँग हवाई सम्झौता गर्ने प्रक्रिया सुरु गरको थियो। तर, अस्ट्रेलियाले ओपन एयर स्पेसको माग गरेका कारण सम्झौता हुन सकेको थिएन।
मन्त्रालयले अक्टोबर २ वा ३ तारिकमा हवाई सम्झौताको तयारी गरेको हो। तर यससम्बन्धी विस्तृत विवरण भने आउन बाँकी छ।
मन्त्रालयले ३ दर्जनभन्दा बढी देशसँग हवाई सम्झौता गरिसकेको छ। केही समयअगाडि मात्रै चीनसँगको पुरानो हवाई सम्झौता पुनरावलोकन भएको थियो। यसैगरी मन्त्रालयले कम्बोडिया, भियतनाम लगायतका देशसँग पनि हवाई सम्झौता भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।