काठमाडौं- प्रतिबन्धित नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाका उपत्यका ब्युरो इन्चार्ज नविन विश्वकर्मा पक्राउ परेका छन्।
काठमाडौंको नयाँ बानेश्वरबाट प्रहरीको विशेष ब्युरोको टोलीले सोमबार साँझ उनलाई पक्राउ गरेको हो।
माइला लामा पक्राउ परेपछि उपत्यका ब्युरो इन्चार्जको जिम्मा नविनलाई दिइएको थियो।
सरकारले आपराधिक तथा शान्ति सुव्यवस्थामा खलल पुग्ने काम गरेको भन्दै नेकपालाई कुनै पनि गतिविधि गर्न प्रतिबन्ध लगाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।