काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका तर्फबाट विभिन्न संघसंस्था तथा प्रतिष्ठानहरुलाई उपलब्ध गराइने पुँजीगत अनुदानको रकममा राजनीतिकरण गरेका छन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको समेत जिम्मेवारी आफूमा नीहित रहेको अवस्थामा प्रधानमन्त्री ओलीले पूर्व नेकपा (एमाले) का नेताका नाममा खोलिएका संंघसंस्था तथा प्रतिष्ठानहरुमा करोडौं रकम अनुदानको रुपमा बाँडेका हुन्।
मन्त्रालयले पुँजीगत अनुदानको रुपमा विभिन्न ५२ प्रतिष्ठानहरुलाई कूल २६ करोड ३५ लाख रुपैयाँ बाँडेका छन्। यसमा पूर्व एमाले महासचिव मदन भण्डारीको स्मृतिमा खोलिएका २ प्रतिष्ठानलाई मात्रै ९ करोड २५ लाख प्रदान गरिएको छ। मन्त्रालयबाट मदन भन्डारी स्मृति फाउन्डेसनको नाममा ४ करोड २५ लाख र मदन भन्डारी स्मृति प्रतिष्ठानकाे नाममा ५ करोड रुपैयाँ निकासा गरिएको छ।
यसैगरी, पुष्पलाल स्मृति प्रतिष्ठानलाई २ करोड तथा पुष्पलाल अध्ययन केन्द्रलाई १ कराेड रूपैयाँ अनुदान उपलब्ध गराइएको छ। जिपी (गिरिजाप्रसाद) काेइराला फाउन्डेसनको नाममा १ कराेड रुपैयाँ स्वीकृत गरिँदा रवीन्द्र अधिकारी प्रतिष्ठानलाई पनि समान १ करोड रूपैयाँ निकासा गरिएको छ।
सहाना प्रधान प्रतिष्ठानका नाममा ५० लाख, सैलजा आचार्य आदर्श समाजका नाममा ४० लाख, सैलजा आचार्य स्मृति प्रतिष्ठान, चितवनका नाममा ४० लाख, जननायक बिपी कोइराला स्मृति ट्रष्टको नाममा ५० लाख रुपैयाँ निकासा दिँदा मनमोहन स्मृति प्रतिष्ठानलाई ५० लाख रुपैयाँ प्रदान गरिएको छ।
तराई-मधेश जनयुद्ध सहिद स्मृति प्रतिष्ठानलाई २५ लाख तथा पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानलाई १० लाख रुपैयाँ दिइएको छ।
सामाजिक संघसंस्था तथा प्रतिष्ठानका नाममा कम रकम निकासा गरिएको छ भने राजनीतिक व्यक्तित्वका नाममा स्थापित संस्थाका नाममा भने तुलनात्मक रुपमा अधिक रकम प्रदान गरिएको छ।
कसलाई कति बाँडियो?




नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।