काठमाडौं- हरेक वर्ष जस्तै यसवर्ष पनि महानगरीय प्रहरी परिसर काठमाडौंले चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गरेको छ।
सुरक्षा निकायको प्रभावकारी परिचालन, दुरुस्त कारबाही र शिघ्र सेवा, सहज पहुँचको व्यवस्था मिलाएर भरपर्दो सुरक्षा वातावरण बनाउने उद्देश्यले प्रहरीले चाडपर्व (दसैं, तिहार र छठ) लक्षित सुरक्षा योजना सार्वजनिक गरेको हो।
चाडवर्पमा हुनसक्ने हत्या, अपहरण, चोरी, ठगी, महिला हिंसा, कुटपिट, डकैती, पाकेटमारी, स्न्याचिङ, लुटपाट, जुवा, अवैध मदिरा बिक्रीवितरण, आगजनी, विस्फोटक पदार्थ ओसारपसार, तस्करी, सवारी दुर्घटना, ठगी, ट्राफिक नियम उल्लङ्घनजस्ता घटना न्यूनीकरण गर्नु सुरक्षा योजनाको मुख्य उद्देश्य रहेको प्रहरीले जनाएको छ।
जसका लागि परिसर काठमाडौंले ड्युटीलाई ४ प्रकारमा बाँडेर काम गर्ने जनाएको छ। काठमाडौं उपत्यकालाई विभिन्न १४ क्षेत्रमा विभाजन गरेर सुरक्षा योजना बनाइएको छ। जसमा पैदल गस्ती ६० ठाउँ हुनेछ।
त्यस्तै, पिकेटिङ ६७ स्थान, अस्थायी पिकेट ५७ स्थान र ३५ वटा साइकल गस्ती टोलीले गस्ती गर्नेछन्।
८३ वटा मोटरसाइकल गस्ती टोली, ४६ वटा सिआरभी (क्विक रेस्पोन्स टिम) र ४८ वटा मोबाइल गस्ती टोली हुनेछन्। सादा पोशाकका रुपमा ७० जना सुराकीहरु पनि परिचालन गरिने परिसर प्रमुख एसएसपी उत्तमराज सुवेदीले बताए।
त्यस्तै, सिल एन्ड सर्च ३० ठाउँ, कर्डन एन्ड सर्च, ३० ठाउँ, एम्बुसिङ ३० ठाउँ र काठमाडौं भित्रने बाहिरिने ७ वटा नाकामा डग स्नाफिङको व्यवस्था मिलाइएको छ। स्ट्राइकिङ टोली ३ वटा हुनेछन् भने हतियारसहितको मोबाइल गस्ती भने ५३ वटा हुनेछ।
सिनियर प्रहरी अधिकृतको नेतृत्वमा २५ वटा नाकाबन्दी टोली पनि खडा गरिएको छ। उक्त टोलीले घटना भएको सूचना पाउनासाथ तत्कालै फिल्डमा खटिने र नाकाबन्दी गरेर आवश्यक अनुसन्धान र कारबाही गर्नेछ।
काठमाडौंका कंलकी, बल्खु, सुन्धारा, पुरानो बसपार्क, नयाँ बसपार्क, गोगंबु, गौशाला, तिलगंगा, चावहिल, कोटेश्वर, बालाजु चोक, माछापोखरी चोक, जोरपाटी लगायत १४ स्थानका टिकट काउन्टरमा हेल्प डेस्क राखेर प्रहरीले सेवा दिनेछ। काउन्टरमा हुने टिकटमा ठगी, कालोबजारी नियन्त्रणका कामहरु गर्नेछ।
बैक तथा वित्तीय संस्थाहरु, सामान किनबेच हुने स्थानहरु तथा अन्य पसलहरुमा हुने चोरी, लुटपाटलाई मध्यनगर गर्दै सादा पोशाक र बर्दीका प्रहरी परिचालन गरिने परिसरले जनाएको छ।
प्रहरीले दसैंमा हुनेसक्ने अपराधलाई मध्यनजर गर्दै आफ्नो कार्यक्षेत्रको समेत पहिचान गरेको छ।
शान्तिसुरक्षाका लागि प्रहरीको अनुरोधः
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।