काठमाडौं– खोलाको बगेको जग्गाको किर्ते कागजात बनाएर डेढ करोड रुपैयाँ कर्जा हिनामिना गरेको आरोपमा बैंक अफ काठमान्डुका पूर्व-सिइओसहित ५ जना पक्राउ परेका छन्।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले पूर्वसिइओ अजय श्रेष्ठलाई शुक्रबार र अन्य ४ जना कर्मचारीलाई बिहीबार पक्राउ गरिएको सिआइबीका एसपी बेलबहादुर पाण्डेले बताए।
उनीहरुले मिलेमतोमा खोला बगेको जग्गालाई राम्रो आकर्षक जग्गा भनेर किर्ते कागजात बनाएर डेढ करोड कर्जा लिएका थिए।
यसरी नक्कली कागजात बनाएर कर्जा निकालेको थाहा पाएपछि सिआइबीले सुरुमा सुरेन्द्र श्रेष्ठ र भुपेन्द्र श्रेष्ठलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको थियो। उनीहरुकै बयानका आधारमा अहिलेसम्म पूर्व सिइओसहित ११ जना पक्राउ परिसकेका छन्।
बैंकको कमलादी शाखाबाट कर्जामा अनियमितता भएको पाइएको सिआइबीले जनाएको छ। उक्त ठाउँबाहेक अन्य ठाउँका लागि झन्डै ४ करोड कर्जा हिनामिना भएको पाइएको एसपी पाण्डेले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।