• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ १, २०८२ Thu, Jan 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

सुरु भयो डेंगुको ‘पिक सिजन’, संसदमा पुरानो तथ्यांक देखाएर अमेरिका उडे स्वास्थ्यमन्त्री

समस्या झन् थपिन सक्छ : विज्ञ
64x64
नेपाल लाइभ बिहीबार, असोज २, २०७६  १८:१७
1140x725

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतकै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकले भन्छ, पछिल्लो समय नेपालमा डेंगुको संक्रमण बढ्दै गइरहेको छ। 

गत वैशाखमा इटहरीको एउटा निश्चित क्षेत्रबाट सुरु भएको डेंगुको संक्रमण अहिले देशका ६७ वटा जिल्लामा फैलिइसकेको छ। डेंगुको प्रकोप तराई र पहाडका जिल्लामा मात्र नभई हिमाली जिल्लाको तल्लो भेगमा समेत फैलिएको छ।

महाशाखाकै तथ्यांक अनुसार साउन र भदौ महिनामा मात्र डेंगुबाट ६७ जिल्लाका झन्डै ८ हजार मानिस संक्रमित भइसकेका छन्। यो दुई महिनाको अवधिमा डेंगुकै कारण ६ जनाले ज्यान समेत गुमाइसकेका छन्।

तर, आफ्नै मन्त्रालय अन्तर्गतको महाशाखाको ताजा तथ्यांकलाई लुकाउँदै स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले संसद्मा बुधबार पुरानो तथ्यांक प्रस्तुत गरेर झुक्याउने काम गरे। 

मन्त्री यादवले पुरानो तथ्यांक मात्र प्रस्तुत गरेनन्। उनले डेंगुको समस्या जनस्वास्थ्यका हिसाबले आत्तिइहाल्नुपर्ने अवस्थामा नरहेको भन्दै झुट समेत बोले। 

जनस्वास्थ्यका क्षेत्रमा काम गरेका विज्ञहरु भन्छन्, ‘६७ जिल्लाका झन्डै ८ हजार मानिस प्रभावित भइसकेको अवस्थामा पनि समस्या होइन भनेर मन्त्रीले संसद्मा हल्का रुपमा बोल्नुभयो।’ उनीहरु मन्त्रीले संसद्मा बोलेको कुरा जनस्वास्थ्यका हिसाबमा हेर्दा निकै गलत रहेको बताउँछन्।

संसद्मा मन्त्री यादवले भदौ ३२ गतेको तथ्यांक प्रस्तुत नगरी भदौ २४ गतेको पुरानो तथ्यांक प्रस्तुत गरेका छन्। संसद्मा मन्त्री यादवले प्रस्तुत गरेको तथ्यांकमा देशका ५६ जिल्लाका ५ हजार जनामा डेंगु संक्रमण भएको उल्लेख छ। जबकी त्यसको एक सातापछि ३२ गतेसम्म महाशाखाले संकलन गरेको तथ्यांकमा डेंगुको संक्रमण ५६ जिल्लाबाट बढेर ६७ जिल्लामा र संक्रमितको संख्या पनि ५ हजारबाट बढेर ७ हजार ३ सय ७० जनामा पुगेको छ।

एक साताको अवधिमा नै डेंगुको संक्रमण थप ११ वटा जिल्लामा फैलिएको छ भने संक्रमितको संख्या समेत २ हजार ३ सयले बढेको छ। मन्त्रालयकै उक्त तथ्यांकले डेंगुको संक्रमण ह्वात्तै बढिरहेको देखाउँछ। 

Ncell 2
Ncell 2

आफ्नै मन्त्रालयको नयाँ तथ्यांकलाई लुकाउँदै मन्त्री यादवले पुरानो तथ्यांक प्रस्तुत गर्दै जनस्वास्थ्यको समस्याका रुपमा नरहेको भन्दै संसद्मा झुट बोलिरहेको विज्ञहरुको आरोप छ।

मन्त्री यादवले संसद्मा पुरानो तथ्यांक प्रस्तुत गर्दै डेंगु नियन्त्रणमा आइरहेको भन्दै झुट समेत बोलेका छन्।

‘डेंगु रोग विस्तारै नियन्त्रणतर्फ छ। आपतकालीन अवस्था घोषणा गर्नुपर्ने अवस्था छैन। बढी आतंकित भएर पनि यो रोग ठूलो देखिएको हो,’ संसद्मा मन्त्री यादवले भनेका छन्।

उनले डेंगु नियन्त्रणतर्फ रहेको बताए पनि स्वास्थ्य मन्त्रालयकै तथ्यांकले भने डेंगु झन् विस्तार भइरहेको देखाएको छ।

मन्त्री यादवले संसद्मा पुरानो तथ्यांक देखाउँदै झुट बोल्नुको कारण हो, बुधबार राति नै उनी दुई साताका लागि अमेरिका उड्ने कार्यतालिका हुनु। नयाँ तथ्यांक देखाउँदा डेंगु झन् फैलिएको देखिने र आफ्नो आलोचना हुने संकेत पाएपछि मन्त्री यादवले झुट बोलेका हुन्।

मन्त्रीले प्रस्तुत गरेको पुरानै तथ्यांकमा त सांसदले आपत्ति जनाउँदै राजीनामा माग गरिरहेका थिए। झन् नयाँ तथ्यांक प्रस्तुत भएको भए के हुन्थ्यो? त्यसमाथि यही समयमा अमेरिकामा जान लागेको भन्ने खबर बाहिर आइरहेको थियो। मन्त्री यादवले यी सबै कुरालाई राम्रोसँग बुझेका कारण उनले आलोचनाबाट जोगिन झुट बोलेको स्वास्थ्य मन्त्रालयकै कर्मचारी समेत स्वीकार गर्छन्।

प्रि–मनसुनमा नै प्रकोपको रूप लिएको डेंगु नियन्त्रणका लागि बेलैमा प्रभावकारी कदम नचालेको र महामारी रोक्न स्वास्थ्य मन्त्रालय चुकेको भन्दै सर्वत्र आलोचना भइरहेकाले मन्त्रीले झुट बोलेको ती कर्मचारी बताउँछन्।

उनका अनुसार डेंगुबारे सबै चिन्तित भए पनि रोग नियन्त्रणको प्रमुख जिम्मेवारी बोकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका मन्त्री र सचिव डा पुष्पा चौधरी भने ढुक्कसँग अमेरिका उडेका छन्। 

डेंगुको पिक सिजन सुरु
जनस्वास्थ्य विज्ञका अनुसार यतिबेला डेंगुको पिक सिजन हो। भदौको १५ देखि असोजको मसान्तसम्म डेंगु रोग झन् बढी फैलिने गर्छ। तर, यही पिक सिजनमा मन्त्री र सचिव भने दुई हप्ताका लागि अमेरिका उडेका छन्। 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक डा बाबुराम मरासिनी डेंगु आपतकाल घोषणा गर्न ढिला भइसकेको बताउँछन्। ‘करिब ८ हजार बिरामी हुनु सानो कुरा होइन। अझ निजी अस्पतालमा उपचार गराउनेको संख्या त रिपोर्टेट नै छैन,’ उनी भन्छन्, ‘यो भनेको आपतकालीन अवस्था हो। जनस्वास्थ्यमा सरकारले खेलबाड गर्न मिल्दैन।’

आपतकाल घोषणा गरी स्वास्थ्यबाहेक अन्य मन्त्रालय, नागरिक समाज, राजनीतिक दल लगायतसँग समन्वय गरी नीतिगत र कानुनी अड्चन हटाई काम गर्नुपर्ने उनको भनाइ छ।

उनी भन्छन्, ‘डेंगु संक्रमण हुने भदौ १५ देखि असोज ३० सम्म अनुकूल मौसम हो। डेंगु अहिले प्रि–मनसुनमा देखियो तर यो पोस्ट–मनसुनमा देखिने हो। ठूलो समस्या त अब सुरु हुन्छ।’

उनका अनुसार तापक्रम घट्दै गएपछि लामखुट्टे वृद्धि हुन पाउँदैन तर अहिले नै तापक्रम कम भइहाल्ने सम्भावना छैन। 

‘स्वास्थ्यमन्त्रीले भनेअनुसार डेंगुको संक्रमण रोक्न त तापक्रम १५ डिग्री सेल्सियसभन्दा कम हुनुपर्‍यो,’ डा मरासिनी भन्छन्, ‘यही समयमा हो सर्च एन्ड डिस्ट्रोय’ गर्नुपर्ने हो तर केही सर्तकता देखिँदैन।’

महाशाखाकै अर्का पूर्वनिर्देशक डा जिडी ठाकुर पनि स्वास्थ्य मन्त्रालय र मातहतका निकायले डेंगुलाई हल्का रुपमा लिएको बताउँछन्। 

‘जिम्मेवार निकायका व्यक्तिहरु व्यक्तिगत रुपमा बयान दिन मात्र व्यस्त छन्, यो पटक पूर्वतयारी पनि देखिएन। बढ्दो प्रकोप नियन्त्रण गर्न सबै उदासिन छन्’ उनले भने।

उनले अहिलेको उदासिनताले आगामी वर्षहरु अझ बढी समस्या हुने बताउँदै ‘एकीकृत व्यवस्थापन प्रणाली’ अन्र्तगत डेंगु रोग नियन्त्रणमा लाग्नुपर्ने बताए। उनले ब्राजिल, नयाँदिल्लीको उदाहरण हेरर पनि सबै निकाय परिचालन गर्न सुझाव दिए।

प्रकाशित मिति: बिहीबार, असोज २, २०७६  १८:१७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
‘विप्लव’ र मिराज ढुंगानाबीच ४ बुँदे सहमति पत्रमा हस्ताक्षर
सभापति थापाले भने : ‘निर्वाचन आयोगले विशेष महाधिवेशनको निर्णयलाई अद्यावधिक गर्नेमा विश्वस्त छु’
विशेष महाधिवेशनबाट निर्वाचित कांग्रेस कार्यसमितिले आयोगमा बुझायो विवरण
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
‘विप्लव’ र मिराज ढुंगानाबीच ४ बुँदे सहमति पत्रमा हस्ताक्षर बिहीबार, माघ १, २०८२
सभापति थापाले भने : ‘निर्वाचन आयोगले विशेष महाधिवेशनको निर्णयलाई अद्यावधिक गर्नेमा विश्वस्त छु’ बिहीबार, माघ १, २०८२
विशेष महाधिवेशनबाट निर्वाचित कांग्रेस कार्यसमितिले आयोगमा बुझायो विवरण बिहीबार, माघ १, २०८२
कांग्रेस प्रवक्तामा देवराज चालिसे नियुक्त बिहीबार, माघ १, २०८२
देउवाको हस्ताक्षर हटाउने र नवनिर्वाचित टीम आयोगमा अद्यावधिक गर्ने गगन नेतृत्वको कांग्रेसको निर्णय बिहीबार, माघ १, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
गगनलाई प्रधानमन्त्रीको उम्मेदवारसहित संस्थापनलाई ८ बुँदे प्रस्ताव, संस्थापनद्वारा अस्वीकार बुधबार, पुस ३०, २०८२
पार्टीबाट निष्कासनमा परेपछि विश्वप्रकाश–  ‘गगन र म दुवै दृढ छौँ, विशेष महाधिवेशनले सही नेतृत्व दिनेछ’ बुधबार, पुस ३०, २०८२
देउवाले राजीनामा दिन नमानेपछि महामन्त्रीहरूसँगको वार्ता टुंगियो बुधबार, पुस ३०, २०८२
निर्वाचन आयोग पुग्यो देउवा पक्षको पत्र, महामन्त्रीद्वयलाई कारबाही गरेको जानकारी बुधबार, पुस ३०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
वार्ता सकेर विशेष महाधिवेशन पक्षधरको मागको सूची बोकेर संस्थापन पक्षका टोली देउवा निवासमा मंगलबार, पुस २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्