काठमाडौं- सोमबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरूः
१) फ्रान्सबाट फर्केकी १९ वर्षीया एक विद्यार्थीलाई कोरोना भाइरस संक्रमणको पुष्टि, टेकु अस्पतालमा उपचार हुँदै, विदेशबाट आएका अन्य ७१ जना पनि क्वारेन्टाइनमा ।
२) सरकारले एक सातासम्म बन्द ग¥यो भारत र चीनसँग जोडिएका नेपालको सीमा नाका, २ सय ५० किलोमिटरभन्दा लामो दूरीका यात्रुबाहक सवारीसाधनमा रोक ।
३) कोरोना भाइरसको जोखिम बढेसँगै बैंक तथा वित्तीय संस्थाद्वारा कर्मचारीको वर्किङ सेड्युल परिवर्तन, अन्य डिपार्टमेन्टबाट क्यासमा सारिँदै जनशक्ति ।
४) १४ दिनको अनिवार्य ‘सेल्फ क्वारेन्टाइन’ छाडेर प्रेमिका भेट्न गए रियल मड्रिडका योभिच, बुबा भन्छन्– नियम तोडेको भए जेल हालिदिए हुन्छ
५) र, भारतीय प्रधानमन्त्री मोदीद्वारा कोरोना भाइरस नियन्त्रण्का लागि सरकारले गरेको ’लकडाउन’लाई जनताले गम्भीरतापूर्वक नलिएको भन्दै चिन्ता, सरकारको निर्देशनलाई गम्भीर रुपमा लिन आग्रह ।