• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक १७, २०८२ Mon, Nov 3, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
भिडियो

कोभिड निको भएकामा ‘पोस्टकोभिड’ समस्या देखिनु हाम्रा लागि पनि नयाँ अनुभव हो : डा शेरबहादुर पुन [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ शुक्रबार, असार ११, २०७८  ०७:०५

कोरोना संक्रमितको संख्या घटेका कारण सरकारले निषेधाज्ञालाई खुकुलो बनाउँदै लैजाने रणनीति लिएको छ। दोस्रो लहर कमजोर हुँदै गएपनि तेस्रो लहरको धेरैलाई उत्तिकै चिन्ता छ। यसैगरी खोपसमेत उपलब्ध नभइरहेका कारण त्रास झन् बढ्दो छ। कोरोनाबाट निको भइसकेकाहरु ‘पोस्टकोभिड’को समस्याका कारण अस्पताल आउन थालेका छन्। कोरोनाको अवस्था, खोपसँग जोडिएका केही भ्रम र पोस्टकोभिडका विषयमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनसँग डिबी खड्काले गरेको संवादः

कोरोना पोजिटिभ आउने अनुपात घटेपछि केही दिनदेखि लकडाउन खुकुलो बनाइएको छ। जोखिम कम भएको हो वा चेनब्रेक मात्रै?
अहिलेको अवस्था जुन आइपुग्यो। केही हप्तादेखि कम भइरहेको अवस्था छ। योके कारणले भयो भन्ने स्पष्ट समीक्षा देख्दिनँ। चेन ब्रेक गर्ने उद्देश्यले काम गरेको हो? वा धेरैलाई कोरोना भएर कमी आएको हो? चेनब्रेक गरेको हो भने जो–जति संक्रमित भए, त्यहीँ सिमित भए। धेरै संक्रमित हुन बाँकी छन्।

निषेधाज्ञा खुकुलो भएपछि मान्छेहरु बाहिर निस्किन्छन्। संक्रमित नभएका मान्छेलाई संक्रमित हुने सम्भावना कायम छ। यदि धेरै संक्रमित भएर घटेको हो भने केही सुरक्षित महसुुस गर्न सकिन्छ। तर, कुन कारणले घट्यो भन्ने यकिन गर्न सकिएको छैन। त्यसरी विश्लेषण गरिएको भयो, आगामी रणनीति बनाउन सकिन्थ्यो। 

केही दिनअघि मात्रै स्वास्थ्य मन्त्रालयले डेल्टा भेरियन्टमा थप उत्परिवर्तन ( म्युटेसन) प्रमाणित भएको बतायो। त्यो कुन हदसम्म जोखिमपूर्ण छ?
यो यसअघिको डेल्टा भन्दा जोखिमपूर्ण पनि हुन सक्छ वा कमजोर पनि हुन सक्छ। म्युटेसन हुनु भनेको कमजोर वा कडा हुन सक्छ भन्ने हो। म्युटेसन हुनु भनेको डरलाग्दो नै हुनुपर्छ भन्ने छैन। 

अहिले जाँच गर्दै जाँदा म्युटेसन भएको पाइयो। यसबारे पर्याप्त अनुसन्धान भइसकेको छैन। त्यसैले यो बढी जोखिमपूर्ण छ भनिहाल्न मिल्दैन। यो आफैँमा ‘भेरियन्ट अफ कन्सर्न’ भएकाले थप अनुसन्धान हुनुपर्छ। 

पहिलेको भन्दा अहिले बढी ध्यान दिनुपर्ने कुरा के–के हुन्?
अहिले पनि जनस्वास्थ्यका मापदण्डहरुलाई पालना गर्नुपर्छ। जोगिने मुख्य उपाय तिनै हुन्। वर्षौंदेखि हामीले एउटै कुरा गरिरहेका छौं। धेरैलाई थाहाभइसक्यो कसरी सर्छ? सर्ने थाहा पाएपछि बच्ने उपाय पनि थाहा छ भन्ने बुझ्नुपर्छ। 

पछिल्लो समय हावाबाट सर्ने कुरा आयो। त्यो भनेको एउटै बन्द कोठामा धेरै मान्छेहरु बस्दा सर्छ भनिएको छ। अरु नौलोनयाँ तथ्य आएको छैन। अहिले हामीले जानकारी भएकै कुरालाई निरन्तरता दिनुपर्छ।

दोस्रो लहरले हामीलाई के सिकायो?
कोरोना फरक हर्कतका साथ आइरहेको छ। दोस्रो लहरमा ज्येष्ठ नागरिकलाई मात्रै होइन, युवा पनि जोखिममा परे। बालबालिकाले पनि दुःख पाए। यद्यपि तुलानात्मक रुपमा कम क्षति भयो। यसपालि परिवारका धेरै सदस्य बिरामी परे। 

दोस्रो लहर आउनुअघि हामीले भनेका थियौं, कोरोना भाइरस लक्षणबिहीनबाट लक्षणयुक्त देखिन थाल्यो। केही परिवर्तन आयो होला भनेका थियौं। त्यो समय जानकारी नै थिएन। अन्त्यमा अल्फा भेरियन्ट पुष्टि भयो। हामीले जिन सिक्वेन्सका काम अघि बढायौं। 

कोरोना भाइरसलाई मात्रै होइन, आगामी दिनमा आउने अन्य भाइरसलाई पनि परास्त गर्न कसरी यसले आफूलाई परिवर्तन गर्दै लैजान्छ भन्ने विषयमा जानकारी लिनुपर्नेछ। परिवर्तन गर्ने विषयमा जानकारी प्राप्त भयो भने रोक्ने उपाय थाहा पाइन्छ। कोरोना भाइरसमा धेरै परिवर्तन आयो, त्यसमा पनि स्पाइक प्रोेटिनमा आयो भने भ्याक्सिनलाई प्रभाव पार्छ। कोरोना भाइरसको परिवर्तनलाई प्रभावकारी हुने खोप बनाउनुपर्ने हुन सक्छ। पूर्वानुमान गर्न सकिन्छ। यसले निदान र उपचारमा कसरी चुनौती दिन्छ? कतिपयलाई पीसीआर नेगेटिभ देखियो, तर उसको उपचार कोभिड भनेरै गर्नुप¥यो। यस्तो नयाँ–नयाँ चुनौती थाहा पाउनलाई भाइरसका गतिविधी र हर्कत निरन्तर पछ्याइरहनुपर्छ। 

मलाई लाग्छ, अहिले पनि भाइरस हामी भन्दा एक कदम अघि नै छ। हामीले प्रयास गरिरहेका छौं, तर सफल भइसकेका छैनौं।

तेस्रो लहर आउने पूर्वानुमान भइरहेका छन्। यो भन्दा पनि जोखिमपूर्ण हुने अनुमान समेत हुन थालेका छन्। त्यो कहिलेसम्म आउँछ र त्यसको प्रभाव कस्तो हुन्छ?
अनुमान आ–आफ्नो तरिकाले गरेका छन्। भाइरस तुरुन्त हार खाने खालको छैन। त्यसैले अर्को लहर आउँदैन भन्न सकिँदैन। भाइरस निरन्तर म्युटेसन भइरहेको छ। नयाँ भेरियन्टका रुपमा आइरहेको छ। सबै भेरियन्ट खराब हुँदैनन्, तर केही खराब रुपमा निस्किन्छन्। यसले के संकेत गर्छ भने तेस्रो मात्रै होइन, कुनै पनि लहर आउने सम्भावना रह्यो। जहाँसम्म तेस्रो लहर योभन्दा बढी जोखिमपूर्ण हुन्छ कि हुँदैन? भन्ने प्रश्न छ। अघिल्लो भन्दा पछिल्ला भेरियन्ट शक्तिशाली हुँदै गएको देखिन्छ। 

यदि केही गरी समयमै खोप ल्याउन सकियो भने हुनसक्ने थप जोखिम न्यूनीकरण गर्न सकिन्छ। खोप धेरैलाई लगाउन सकियो भने तेस्रो लहर आइहाले पनि दोस्रो लहरको जस्तो संकट भोग्नु पर्दैन।

तेस्रो लहरमा बालबालिका जोखिममा पर्ने अनुमानमा कत्तिको सत्यता छ?
नयाँ भेरियन्ट यही समूलाई नै आक्रमण गर्छ भन्ने हुँदैन। आगामी लहरले बालबालिकालाई प्रभाव पार्ने भनेको सुनेका छौं। तर, कुनैपनि भाइरस निश्चित उमेर समूहलाई जोखिममा पार्ने गरी म्युटेसन हुँदैन। त्यसले कुन व्यक्तिको शारीरिक क्षमताले आफूलाई टक्कर दिन सक्दैन, त्यसलाई समस्यामा पार्छ। भाइरसबाट जोखिममा रहेकाहरु खोप नपाएकाहरु र कमजोर रोगप्रतिरोधी क्षमता भएकाहरु हुन्। त्यसैले तेस्रो लहर आउँदा भ्याक्सिन नलगाएको प्रौढलाई पनि जोखिममा पार्छ।

बालबालिकालाई खोप नलगाइएका कारण उनीहरु जोखिम क्षेत्रमै पर्ने भइहाले। बालबालिकाले त्यतिन्जेलसम्म पनि खोप नपाउन सक्छन्। हाम्रो जस्तो देशमा त प्रौढलाई पनि खोप लगाउन सकिन्छ कि सकिँदैन भन्ने प्रश्न छ। यदि खोप लगाउन सकिएन भने सबै उत्तिकै जोखिममा हुन्छन्। 

कुन अनुपातमा खोप लगाउन सकियो भने कोरोनाबाट हामी सुरक्षित हुन सक्छौं?
हामीले एक त हर्ड इम्युनिटीको कुरा गरिरहेका हुन्छौं, अर्को खोपको कुरा। अर्को ६० देखि ७० प्रतिशत जनसंख्यालाई खोप लगाउन सकियो भने संक्रमण फैलिने सम्भावना कम हुन्छ। जति धेरै संक्रमण फैलियो, त्यति नै धेरै म्युटेसन हुने सम्भावना रहन्छ। संक्रमण नै कम हुँदा म्युटेसन भएर नयाँ भेरियन्ट बन्ने क्रम पनि रोकिन सक्छ। 

नेपालमा केहीले पहिलो डोज खोप कोभिसिल्ड लगाएका छन्। त्यही खोप प्राप्त गर्न सकिरहेका छैनन्। उनीहरुले अरु खोप (जस्तै–भेरोसेल) दोस्रो डोजका रुपमा लगाउन मिल्छ कि मिल्दैन?
नेपालको हकमा दुईटा चलिरहेको छ। एउटा चाइनाबाट आएको खोप लगाइरहेका छौं। यी दुई खोपको हकमा कति सुरक्षित र प्रभावकारी भन्ने कुरा अनुसन्धान भइसकेको छैन। दुईटा फरक कम्पनीको खोप लगाउन हामीले सल्लाह दिएका छैनौं। यस्तो खालको समस्या आउला भनेर अमेरिकालगायतका देशले अनुसन्धान गरिरहेका छन्। 

युरोपमा फाइजर र एस्टाजेनेका लगाउँदाको प्रभावकारिता र स्वास्थ्य जोखिम जाँच गरिएको छ। प्रभावकारिता अझ राम्रो वा उस्तै देखिएको र सुरक्षित पनि रहेको उल्लेख छ। त्यो सानो अध्ययन हो। त्यसमा विस्तृत अध्ययन भइरहेको छ। हाम्रो देशमा भएका यी दुई खोपका विषयमा अध्ययन भइसकेको छैन। दुई फरक खालको समिश्रण गराउँदा कस्तो हुन्छ भन्ने जानकारी आएको छैन। अहिलेलाई हामी सिफारिस गर्दैनौं। तर, यसमा अनुसन्धान हुन जरुरी छ।

कोरोना  निको भएको, तर शारीरिक तथा मानसिक रुपमा तन्दुरुस्त हुन नसकेको गुनासो निकै सुनिन थालेको छ। पोस्टकोभिडका नाममा चिनिने यस्तो समस्या लिएर बिरामीहरु कत्तिको आउन थालेका छन्?
कोरोना संक्रमणपछि निको भएका धेरैले थकित महसुस गरेको बताउँछन्। जिउ तातेजस्तो हुने, कमजोरी महसुस हुने, खोकी लागिरहने, मुटुको धड्कन बढ्ने वा अनियमित हुने, श्वासप्रश्वासमा समस्या हुने, निद्रा नलाग्ने, डर लाग्ने, कानमा आवाज आए जस्तो हुने गुनासो धेरै आउने गरेका छन्। कतिपयले त जे सुँघे पनि पेट्रोलको जस्तो गन्ध आउने बताउने गर्नुभएको छ। 

धेरैले आफूलाई जिउँदै मरेतुल्य जस्तो भएँ भनेर भन्ने गरेका छन्। उनीहरुले अब जीवनमा केही गर्न सक्दिनँ कि? भन्ने जस्तो गरी हरेस खाएका देखिन्छन्। उनीहरुको कुरा निराशाजनक छ। 

कोभिडअघि जुन स्फूर्ति र आँट थियो, त्यो हराएको जस्तो महसुस गर्नेहरु छन्। जीवन कतै कामै नलाग्ने भएको हो कि? भनेर डिप्रेसनजस्तो देखिन्छ। यस्तो समस्या भएका धेरै छन्। कतिपय अस्पताल आइपुग्नुभएको छ। 

विभिन्न माध्यमबाट बिरामीले हप्तौंदेखि मलाई कोभिड–१९ ले  नछाडेको गुनासो गर्नुभएको छ। तुरुन्त अस्पताल जानुपर्ने अवस्था पनि देखिँदैन, सञ्चो महसुस भइरहेको पनि हुँदैन। सामान्य दैनिकी पनि राम्रोसँग चलिरहेको छैन। जीवन नै ‘पेन्डुलम’ जस्तो महसुस भइरहेको हुन्छ। हामीले सम्बन्धित विशेषज्ञसँग सल्लाह गरेर स्वास्थ्य जाँच र परामर्शका लागि सुझाइरहेका छौं। 

हाम्रा लागि पनि यो नयाँ अनुभव भइरहेको छ। मेरो चिकित्सा जीवनको दुई दशकमा यो फरक अनुभव हो। हो, डेंगुले पनि लामो समय जिउहरु दुख्ने हुन्छ। यसले त मल्टिपल समस्या ल्याइरहेको छ। एउटा बिरामीले एउटा मात्रै समस्या भोग्दैन, जिउ दुख्ने, मसल (मांसपेशी) फर्किने, पेट गडबड हुनेलगायत समस्या हुन्छ। कोरोनाले प्रारम्भिक रुपमा छातीलाई लक्षित गरेर आक्रमण गरेपनि शरिरका विभिन्न अंगलाई आक्रमण गर्ने रहेछ। तत्कालीन रुपमा फोक्सोलाई आक्रमण गर्छ। हाम्रो प्रयास पनि फोक्सो बचाउनेमा हुन्छ। तर, यसको प्रभाव चाहिँ अन्य अंगमा पनि हुने रहेछ।

धेरै मान्छेहरु त अझ खुलिसकेका छैनन्। साथी वा परिवारका निकटस्थसँग मात्रै खुलेका होलान्, अति भएपछि मात्रै आउँछन्। एकजना बिरामी आउनुभएको थियो, उहाँलाई छाती ढकढक हुने, नशासँग सम्बन्धित समस्या पनि, मुटु ढकढक हुने आदि समस्याहरु थिए। उहाँले सम्बन्धित रोगका चिकित्सकलाई पनि देखाउनुभयो। उहाँ आफू सामान्य रुपमा  खाइरहेको र हिँडिरहेको बताउनुहुन्छ। आफूलाई बिरामी भनेर कसैले नपत्याउने बताउँदै हुनुहुन्थ्यो। आफू कसरी जिइरहेको छु, मलाई मात्रै थाहा छ भन्नुहुन्थ्यो। यो हाम्रा लागि जिज्ञासा र चिन्ताको विषय बनेको छ। 

पोस्टकोभिड पनि एउटा समस्या हो भन्ने महसुस गरेर यसका लागि छुट्टै एउटा पुनःस्थापना वा पोस्टकोभिड केयर सेन्टर जस्तो संरचना जरुरी देखिन्छ। किनभने बिरामीलाई कहाँ जाने, कोसँग सम्पर्क गर्ने थाहा छैन। उपचार वा परामर्श जरुरी छ। पहिलो लहरपछि नै यस्तो समस्या देखिएको हो। त्योबेला पनि हामीले सचेत त गराएका हौं। 

पोस्टकोभिडको लक्षण महसुस गरेकाहरुले घरमै रहेर कसरी आफूलाई तन्दुरुस्त बनाउन सक्छन्?
यही भनेर त बताउन गाह्रो छ। अहिलेसम्मका वैज्ञानिक अनुसन्धान हेर्ने हो  भने शारीरिक रुपमा सक्रियता बढाउनुपर्छ। शारीरिक सक्रियताले पोस्टकोभिडको समस्या हराएको भनेर विभिन्न प्रतिष्ठित जर्नलमा लेखिएको छ। मानसिक रुपमा कमजोर महसुस हुने भएकाले परिवार वा कसैले उहाँहरुलाई प्रोत्साहित गर्नुपर्छ। 

प्रकाशित मिति: शुक्रबार, असार ११, २०७८  ०७:०५
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित भिडियो
भ्याक्सिनको अभावबाट तड्पिनुपर्ने स्थिति अब आउँदैन : प्रधानमन्त्री ओली [भिडियो] आइतबार, असार २७, २०७८
अस्तव्यस्त खोप अभियान : दोस्रो डोज लगाउन खोप केन्द्र पुगेका वृद्धवृद्धालाई सास्ती [भिडियो] मंगलबार, असार २२, २०७८
कोभिड निको भएकामा ‘पोस्टकोभिड’ समस्या देखिनु हाम्रा लागि पनि नयाँ अनुभव हो : डा शेरबहादुर पुन [अन्तर्वार्ता] शुक्रबार, असार ११, २०७८
ताजा समाचारसबै
जेनजी आन्दोलनमा मृत्यु भएका ४५ जनालाई सहिद घोषणा गर्ने सरकारको निर्णय सोमबार, कात्तिक १७, २०८२
सिंहदरबारमा सुरु भयो मन्त्रिपरिषद् बैठक सोमबार, कात्तिक १७, २०८२
कर्मचारी र सुरक्षा निकायका प्रमुखलाई  प्रधानमन्त्रीले दिएको १४ बुँदे निर्देशन यस्तो छ (पूर्णपाठ) सोमबार, कात्तिक १७, २०८२
घटेर बन्द भयो सेयर बजार सोमबार, कात्तिक १७, २०८२
आलोकनगरमा प्रचण्ड, माधव र नारायणकाजीबीच छलफल सोमबार, कात्तिक १७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
दाहाल संयोजक र नेपाल सहसंयोजक हुने गरी माओवादी र नेकपा एससहित आठ दलबीच एकता आइतबार, कात्तिक १६, २०८२
आज यी तीन प्रदेशमा वर्षाको सम्भावना आइतबार, कात्तिक १६, २०८२
हर्क साम्पाङले पाए दल दर्ताको प्रमाणपत्र आइतबार, कात्तिक १६, २०८२
डीआईजीमा पाँच जना बढुवा : अख्तियारमा खनाल, सीआईबीमा खत्री सोमबार, कात्तिक १७, २०८२
सुरु भयो कांग्रेस संस्थापन पक्षका केन्द्रीय सदस्यहरूको भेला सोमबार, कात्तिक १७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
पेट्राेलकाे मूल्य बढ्याे शुक्रबार, कात्तिक १४, २०८२
नेपाल प्रहरीका एसएसपी रानाभाटले दिए राजीनामा बुधबार, कात्तिक १२, २०८२
किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पताल र मृतकका आफन्तबीच सहमति मंगलबार, कात्तिक ११, २०८२
ओली र लेखकलाई तोकिएको स्थानहदविरुद्ध सर्वोच्चले दिएन अन्तरिम आदेश शुक्रबार, कात्तिक १४, २०८२
दाहाल संयोजक र नेपाल सहसंयोजक हुने गरी माओवादी र नेकपा एससहित आठ दलबीच एकता आइतबार, कात्तिक १६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्