एजेन्सी –भारतको तेलंगाना राज्यको पसामिलाराम औद्योगिक क्षेत्रमा भएको विस्फोटमा ३४ जनाको मृत्यु भएको छ । तेलंगनाको संगारेड्डी जिल्लाको जिल्ला प्रशासनले सिगाची रसायन कारखानामा भएको विस्फोटमा ३४ जनाको ज्यान गएको जनाएको छ ।
ती मध्ये चार जनाको पहिचान भइसकेको र बाँकी ३० जनाको पहिचान गर्ने प्रयास भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । विष्फोटमा ३५ जना घाइते भएका भने २४ जना अझै बेपत्ता रहेको जनाएको छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय राहत कोषबाट प्रत्येक मृतकका परिवारलाई २ लाख रुपैयाँ र घाइतेलाई ५० हजार रुपैयाँ राहत दिइने बताएका छन् । यससँगै, बिहार सरकारले बिहारमा बस्ने मृतकका आश्रितहरूलाई २ लाख रुपैयाँ क्षतिपूर्ति र घाइतेलाई ५० हजार रुपैयाँ दिने घोषणा गरेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।