• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, फागुन २, २०८२ Sat, Feb 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
भिडियो

अस्तव्यस्त खोप अभियान : दोस्रो डोज लगाउन खोप केन्द्र पुगेका वृद्धवृद्धालाई सास्ती [भिडियो]

64x64
नेपाल लाइभ मंगलबार, असार २२, २०७८  १९:५४

काठमाडाैं- कोभिड-१९ विरुद्धको खोप अभियान अस्तव्यस्त देखिएको छ। सरकारले जेठ २५ गते भेरोसेलको पहिलो डोज लगाएकालाई मंगलबार दोस्रो डोज लगाउन सूचना जारी गरेअनुरुप खोपका लागि खोप केन्द्रमा लाइन बस्न पुगेका वृद्धवृद्धाहरु कैयौंले खोप लगाउन नपाइ फर्कनुपर्‍यो।

उपत्यकाका निजामती अस्पताल, प्रसूति गृह, वीर अस्पताल, टेकु लगायत १३ स्थानमा काठमाडाैं महानगरपालिकाले खोप केन्द्र तोकेको थियो। खोप लगाउन बिहानैदेखि लाइन बस्न पुगेका वृद्धवृद्धाहरु दिउँसोसम्म खोप लगाउन नपाएपछि सरकारको व्यवस्थापनप्रति आक्रोशित बने। उनीहरुले सरकारले सही सूचना नदिएका कारण आफूहरुले दु:ख पाएको भन्दै ज्येष्ठ नागरिकलाई सम्मान गर्न र सही सूचना प्रवाह गर्न ध्यानाकर्षण पनि गराए।

मिनभवनका उपेन्द्र पौडेल बिहान ६ बजेदेखि लाइन बसेर २ बजेसम्म पनि खोप लगाउन पाएनन्। खोप लगाउने विषयमा सरकारले खेलवाड गरेको र जनताको अभिभावकको भूमिका निर्वाह गर्न नसकेको भन्दै उनले आक्रोश पोखे।

'धेरै गाह्रो भयो। प्रेसर-सुगर भएका मान्छेहरु सबै बाटोमै लडे। यो सरकारको नालायकपन हो। यो नालायकपनले जनतालाई दु:ख दिएको छ,' उनले भने, 'सरकारले खोपसम्बन्धी सूचना प्रवाह राम्रोसँग दिनुपर्छ कि पर्दैन? सरकारले भन्दा तीन महिनामा इन्जेक्सन भन्छ यहाँ तीन वर्षमा पनि इन्जेक्सन नपुग्ने भइसक्यो।'

बानेश्वरका तेजबहादुर दाहाल पनि बिहान ६ बजे नै निजामती अस्पताल खोप केन्द्रमा लाइन बसे तर दिउँसो २ बजेसम्म पनि खोप लगाउन नपाएपछि व्यवस्थापनप्रति आक्रोश पोखे। उनले भने, 'ज्येष्ठ नागरिक भनेपछि त्यहीअनुसारको सम्मान दिएर कुपनको व्यवस्था गरेर यतिजना भोलि आऊ, यति जनालाई आज दिन्छु भनेर त्यो व्यवस्था गर्नुपर्ने हो। यस्तो किसिमको नालायक प्रशासनिक व्यवस्था कहीँ पनि छैन। यो जनस्वास्थ्यले मिलाउनुपर्ने हो। हामीलाई भोलिका लागि कुपन भनेर दिएको भए हामी भोलि आइहाल्थ्यौं नि।'

आलोकनगर टोल सुधार समितिको अध्यक्षसमेत रहेका डीआर पोख्रेल बिहान ३ बजेदेखि खोप लगाउन लाइनमा बसे पनि दिउँसोसम्म खोप लगाउन पाएनन्। बिहानदेखि लाइन बसे पनि खोप केन्द्रले दिउँसो मंगलबार जम्मा पाँच सय जनालाई मात्रै खोप लगाउने सूचना निकालेपछि उनको धैर्यता टुट्यो। सरकारलाई बोलेर नभई काम गरेर देखाउन र जनतामा भ्रम छर्ने काम बन्द गर्न उनले अनुरोध गरे।

सरकारले स्थानीय सरकारमार्फत् जेठ २५ गते भेरोसेलको पहिलो डोज लगाएकालाई मंगलबार दोस्रो डोज लगाउन सूचना जारी गरेको थियो। काठमाडाैं महानगरपालिकाभित्र १३ स्थानमा खोप केन्द्र तोकिएको छ भने अन्य नगरपालिकामा प्रत्येकमा दुई खोप केन्द्र तोकिएको छ। महागरभित्रका खोप केन्द्र व्यवस्थित हुन नसक्दा वृद्धवृद्धाले दु:ख पाएका छन् भने संक्रमणको जोखिम पनि बढाएको छ।

प्रकाशित मिति: मंगलबार, असार २२, २०७८  १९:५४
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित भिडियो
भ्याक्सिनको अभावबाट तड्पिनुपर्ने स्थिति अब आउँदैन : प्रधानमन्त्री ओली [भिडियो] आइतबार, असार २७, २०७८
अस्तव्यस्त खोप अभियान : दोस्रो डोज लगाउन खोप केन्द्र पुगेका वृद्धवृद्धालाई सास्ती [भिडियो] मंगलबार, असार २२, २०७८
कोभिड निको भएकामा ‘पोस्टकोभिड’ समस्या देखिनु हाम्रा लागि पनि नयाँ अनुभव हो : डा शेरबहादुर पुन [अन्तर्वार्ता] शुक्रबार, असार ११, २०७८
ताजा समाचारसबै
चितवनमा ९५ प्रतिशत किशोरीले लगाए एचपिभी खोप शनिबार, फागुन २, २०८२
मुस्ताङका दुई कुमारी हिमाल केक्याप री र ज्याङ्लातुन्पूको पहिलो सफल आरोहण शनिबार, फागुन २, २०८२
मङ्गोलियामा अत्यधिक चिसोका कारण २६ हजार ३ सय बढी चौपायाको मृत्यु शनिबार, फागुन २, २०८२
कारागार सुरक्षाको जिम्मा नेपाली सेनालाई शनिबार, फागुन २, २०८२
इरानसँगको तनावमा ट्रम्पले अमेरिकी दबाब बढाउँदै शनिबार, फागुन २, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगलादेश: बीएनपीले ल्यायो बहुमत, को हुन् नयाँ प्रधानमन्त्री बन्न लागेका तारिक रहमान ? शुक्रबार, फागुन १, २०८२
विश्वकपमा आज तीन खेल हुँदै शनिबार, फागुन २, २०८२
बंगलादेशमा बीएनपीलाई दुई–तिहाई सिट शुक्रबार, फागुन १, २०८२
पार्टी बचाउन बाबुराम भट्टराईलाई कारबाही गर्नुपरेको थियो : प्रचण्ड शुक्रबार, फागुन १, २०८२
सुनचाँदीको मूल्य घट्यो शुक्रबार, फागुन १, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
नेपालको प्रदर्शनपछि डेल स्टेन भन्छन्- नेपाल, आवश्यक परे म सहयोग गर्न तयार आइतबार, माघ २५, २०८२
सुनचाँदीको मूल्य बढ्यो सोमबार, माघ २६, २०८२
बंगलादेश: बीएनपीले ल्यायो बहुमत, को हुन् नयाँ प्रधानमन्त्री बन्न लागेका तारिक रहमान ? शुक्रबार, फागुन १, २०८२
रवि लामिछानेको आज हुने चुनावलक्षित कार्यक्रममा नवलपरासी प्रशासनले लगायो रोक मंगलबार, माघ २७, २०८२
वरिष्ठ कलाकार सुनिल थापाको निधन शनिबार, माघ २४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्