काठमाडौं- भारत हुँदै तेस्रो मुलकु जाने नेपाली नागरिकहरुलाई भारतीय अध्यगमन पार गर्नका लागि दूतावासको सिफारिस पत्र (नो अब्जेक्सन लेटर अर्थात एनओसी) अनिवार्य गरिएको छ।
एनओसीका लागि आवश्यक उल्लेखित कागजात लिनुपर्ने भन्दै भारतस्थित नेपाली दूतावासले सूचना जारी गरेको छ।
भारतीय अध्यागमन पार गरी साउदी अरब, कतार, कुवेत, युएई, बहराइन, ओमानलगायत मुलुकमा नेपाली युवाहरु जाने गरेका छन्।
त्यस्तै चीन, मकाउ, हङकङ र पाकिस्तानबाट भारत प्रवेश गर्ने नेपालीहरुले समेत भारतको भिसा आवश्यक पर्ने दूतावासले जनाएको छ।
यो व्यवस्थापछि अवैधानिक रुपमा भारतको बाटो हुँदै तेस्रो मुलुक जाने नेपाली कामदारको संख्या घट्ने अनुमान गरिएको छ।
नो अब्जेक्सन लेटर लिन निम्न कागजात आवश्यक पर्ने दूतावासले जनाएको छ:
(मुख्य तस्बिर- टिएचटी)
यो पनि: भारत हुँदै यात्रा गर्दा चाहिने ‘नो अब्जेक्सन पत्र’को विरोध, के होला समाधान?
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।