काठमाडौं– संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र युगान्डाका विदेशमन्त्री एडोनिया अयेबारेबीच भेटवार्ता भएको छ।
महासभाको उच्चस्तरीय छलफलका क्रममा दुवै मन्त्रीबीच साइडलाइनमा भएको भेटमा असंलग्न आन्दोलन (नाम) का गतिविधि तथा आगामी मन्त्रीस्तरीय बैठकबारे छलफल भएको हो।
भेटका क्रममा युगान्डाका विदेशमन्त्री अयेबारेले आगामी असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकका सम्बन्धमा परराष्ट्रमन्त्री खनाललाई जानकारी गराएका थिए।
दुवै पक्षले नामका आगामी गतिविधि, मन्त्रीस्तरीय बैठक तथा त्यससँग सम्बन्धित विषयमा विचार आदानप्रदान गरेका थिए।
नेपाल र युगान्डा दुवै असंलग्न आन्दोलनका सदस्य राष्ट्र हुन्। संयुक्त राष्ट्रसंघको महासभाका अवसरमा विभिन्न मुलुकका प्रतिनिधिबीच द्विपक्षीय तथा बहुपक्षीय विषयमा छलफल गर्ने क्रममा दुई परराष्ट्रमन्त्रीबीच भेटवार्ता भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।