• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक २१, २०८३ Sat, Nov 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

एआई र उच्च प्रविधिको विकाससँगै नेपालमा रोजगारीका नयाँ अवसर सिर्जना गर्नुपर्नेमा विज्ञहरूको जोड

64x64
नेपाल लाइभ शनिबार, कात्तिक २१, २०८३  १४:५६
1140x725

काठमाडौं– विश्वव्यापी रूपमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) तथा उच्च प्रविधिको तीव्र विकास भइरहँदा नेपाललाई प्रविधिको उपभोगकर्ताबाट नवप्रवर्तन र डिजिटल सेवा निर्यातकर्ता मुलुकका रूपमा रूपान्तरण गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् ।

सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एण्ड इनोभेसन (सीएसआरआई नेपाल) ले नयाँ बानेश्वरस्थित टेकस्पायर कलेजमा आयोजना गरेको ‘एआई एण्ड हाई–टेक करिअर्सः क्रियटिङ द नेक्स्ट जेनेरेसन अफ इम्प्लोयमेन्ट इन नेपाल’ शीर्षकको अन्तरक्रिया कार्यक्रममा विज्ञहरूले प्रविधिको उपयोगमार्फत उच्च मूल्यका नयाँ रोजगारी सिर्जना गर्न सकिने धारणा राखेका हुन् ।

‘अध्यापन सफ्टवेयर’ एकेडेमिक ईआरपी साझेदार रहेको उक्त कार्यक्रममा प्रविधिले श्रम बजारमा ल्याएको परिवर्तन र नेपालको सम्भावनाबारे छलफल गरिएको थियो । कार्यक्रममा सीएसआरआई नेपालका अध्यक्ष तथा वल्र्ड एआई एलायन्सका सल्लाहकार डा. शालिग्राम पराजुलीले नेपालले शारीरिक श्रम निर्यात गर्ने परम्परागत परिपाटीलाई बदलेर मानव बौद्धिकता, प्रविधि र डिजिटल सेवा निर्यात गर्ने विकास मोडल अवलम्बन गर्नुपर्ने बताए ।

नेपाललाई एआई नवप्रवर्तन, साइबर सुरक्षा, बिजनेस प्रोसेस आउटसोर्सिङ (बीपीओ) तथा प्रविधि निर्यातको गन्तव्य बनाउनुपर्ने उल्लेख गर्दै उहाँले युवाहरूलाई रोजगारी खोज्नमा मात्रै सीमित नराखी प्रविधि उद्यमी बनाउनुपर्ने धारणा राखे । दिगो स्टार्टअप प्रणालीका लागि अनुसन्धान कोष, इन्क्युबेसन), मेन्टरशिप र अन्तर्राष्ट्रिय बजार पहुँच विस्तार गर्न सरकार, निजी क्षेत्र, विश्वविद्यालय र लगानीकर्ताबीच सहकार्य आवश्यक रहेको उनको भनाइ थियो ।

यसैगरी सीएसआरआई नेपालका संस्थापक अध्यक्ष तथा क्यान महासङ्घका कार्यवाहक अध्यक्ष चिरञ्जीवी अधिकारीले प्रविधिमा आएको रूपान्तरणसँग अनुकूल हुन नसक्नेहरूका लागि आगामी दिन थप चुनौतीपूर्ण हुने बताए ।

श्रमको सट्टा बौद्धिक र प्राविधिक क्षमता निर्यात गर्नुपर्नेमा जोड दिँदै उनले बजारको माग अनुसार समयमै नयाँ सीप सिक्नुपर्ने र प्रविधिको प्रयोग गर्दा मानवीय चेतना एवं विवेकलाई सधैँ सजग राख्नुपर्ने उल्लेख गरे ।

छलफलका क्रममा एआईको विकाससँगै बजारमा प्राविधिक तथा गैर–प्राविधिक भूमिकाहरूको माग बढ्दै गएको विषयमा समीक्षा गरिएको थियो । मसिन लर्निङ इन्जिनियर, प्रम्प्ट इन्जिनियर, डेटा साइन्टिस्ट, रोबोटिक्स इन्जिनियर जस्ता प्राविधिक विज्ञहरूसँगै डेटाको गोपनीयता र नैतिक प्रयोग सुनिश्चित गर्न एआई अडिटर, नीति निर्माता र साइबर सुरक्षा विज्ञहरूको खाँचो औँल्याइएको थियो ।

साथै कार्यक्रममा स्वास्थ्य निदान, ऊर्जा इन्जिनियरिङ सर्वेक्षण, बजार अनुसन्धान जस्ता क्षेत्रहरूमा मानव र एआईको सहकार्यबाट नयाँ रोजगारीका अवसरहरू सिर्जना भइरहेको तथ्याङ्क प्रस्तुत गरियो ।

Ncell 2
Ncell 2
nimb
nimb

विश्वविद्यालय, पूर्वाधार र नीतिगत व्यवस्थाबारे बोल्दै काठमाडौँ विश्वविद्यालयका प्राध्यापक तथा सीएसआरआई नेपालका वरिष्ठ उपाध्यक्ष गजेन्द्र शर्माले देशका १७ वटा विश्वविद्यालयहरू एआई युगमा प्रवेश गरे पनि हालसम्म स्पष्ट एआई नीति बन्न नसकेको बताए । उनले राष्ट्रिय एआई नीति २०२५ का सुशासन, मानव पुँजी, अनुसन्धान, आर्थिक एकीकरण, सार्वजनिक–निजी साझेदारी र नागरिक अधिकार गरी छ वटा स्तम्भहरू कार्यान्वयन गर्दै सातै प्रदेशमा एआई एक्सिलेन्स सेन्टर स्थापना गर्नुपर्ने माग राखे ।

सोही अवसरमा सीएसआरआई नेपालका उपाध्यक्ष एवम् नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक विजय कुमार रोयले उच्च प्रविधियुक्त जनशक्ति निर्माणका लागि दूरसञ्चार पूर्वाधार र सञ्जालको पहुँचको भूमिकाबारे प्रस्ट पारे ।

वित्तीय क्षेत्रका विज्ञहरू बन्दना शर्मा र सङ्गम न्यौपानेले बैंकिङ प्रणालीमा डिजिटल भुक्तानी, साइबर सुरक्षा र एआई–आधारित सुरक्षा प्रणालीले सिर्जना गरेका नयाँ अवसरहरूबारे चर्चा गरे भने वल्र्ड एआई एलायन्सका अध्यक्ष उज्ज्वल रोयले सीएसआरआई नेपालजस्ता अनुसन्धानमूलक संस्थाहरूलाई राज्यले प्रविधि क्षेत्रको थिङ्क–ट्याङ्कका रूपमा उपयोग गर्नुपर्ने सुझाव दिए ।

कार्यक्रमले एआईले कार्यक्षमता बढाए पनि अन्तिम निर्णय गर्ने अधिकार र मानवीय विवेक प्रविधिलाई सुम्पिन नहुने तथा नीतिगत स्पष्टता र डिजिटल सीप अभिवृद्धि नै आजको मुख्य आवश्यकता रहेको निष्कर्ष निकालेको छ ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एण्ड इनोभेसन (सीएसआरआई नेपाल) नेपालको साइबर सुरक्षा, एआई तथा सूचना प्रविधिको क्षेत्रमा नीतिगत अनुसन्धान, प्राविधिक जोखिम विश्लेषण, जनचेतना र दक्ष जनशक्ति विकासका लागि क्रियाशील गैर–नाफामूलक प्राज्ञिक संस्था हो । सीएसआरआईले सरकारी निकाय, निजी क्षेत्र र विश्वविद्यालयहरूसँगको सहकार्यमा राष्ट्रको डिजिटल सुरक्षा सुदृढीकरणमा काम गरिरहेको छ । यस संस्थाले हालै बैंक, वित्तीय संस्था तथा बीमा क्षेत्रलाई लक्षित गर्दै ‘ग्लोबल एआई रिसर्च ग्रान्ट २०२६’ समेत घोषणा गरेको छ ।

यस अनुसन्धान अनुदानको मुख्य उद्देश्य वित्तीय क्षेत्रमा एआईको तीव्र विस्तारसँगै बढ्दो साइबर जोखिम, डिजिटल ठगी र डेटा गोपनीयताका जटिल चुनौतीहरू नियन्त्रण गर्न स्वदेशमै भरपर्दो प्राविधिक समाधान तथा नीतिगत ढाँचा विकास गर्नु, बाह्य प्रविधिमाथिको निर्भरता न्यूनीकरण गर्नु र प्राज्ञिक अनुसन्धानकर्ताहरूलाई उद्योगका वास्तविक समस्या समाधानमा प्रत्यक्ष जोड्नु रहेको छ ।

प्रकाशित मिति: शनिबार, कात्तिक २१, २०८३  १४:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीमा बेपत्ता २२ सय ९४ नेपालीको सूची सार्वजनिक, ७ दिनभित्र दाबी गर्न आग्रह
एआई र उच्च प्रविधिको विकाससँगै नेपालमा रोजगारीका नयाँ अवसर सिर्जना गर्नुपर्नेमा विज्ञहरूको जोड
ढाकाटोपी लगाएर नेपाल फेस्टिभल पुगे अस्ट्रेलियाका प्रधानमन्त्री अल्बानिज
सम्बन्धित सामग्री
भोटेकोशी बाढीमा बेपत्ता २२ सय ९४ नेपालीको सूची सार्वजनिक, ७ दिनभित्र दाबी गर्न आग्रह प्राधिकरणले सम्बन्धित जिल्लाका विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिबाट यकिन भएर आएका विवरणका आधारमा सूची सार्वजनिक गरेको हो ।... शनिबार, कात्तिक २१, २०८३
एआई र उच्च प्रविधिको विकाससँगै नेपालमा रोजगारीका नयाँ अवसर सिर्जना गर्नुपर्नेमा विज्ञहरूको जोड यसैगरी सीएसआरआई नेपालका संस्थापक अध्यक्ष तथा क्यान महासङ्घका कार्यवाहक अध्यक्ष चिरञ्जीवी अधिकारीले प्रविधिमा आएको रूपान्तरणसँग अनुकू... शनिबार, कात्तिक २१, २०८३
ढाकाटोपी लगाएर नेपाल फेस्टिभल पुगे अस्ट्रेलियाका प्रधानमन्त्री अल्बानिज नेपाली समुदायको उल्लेख्य उपस्थिति रहेको महोत्सवलाई सम्बोधन गर्दै उनले नेपाली समुदायसँग तिहार मनाउन पाउँदा खुसी लागेको बताए । शनिबार, कात्तिक २१, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीमा बेपत्ता २२ सय ९४ नेपालीको सूची सार्वजनिक, ७ दिनभित्र दाबी गर्न आग्रह शनिबार, कात्तिक २१, २०८३
एआई र उच्च प्रविधिको विकाससँगै नेपालमा रोजगारीका नयाँ अवसर सिर्जना गर्नुपर्नेमा विज्ञहरूको जोड शनिबार, कात्तिक २१, २०८३
ढाकाटोपी लगाएर नेपाल फेस्टिभल पुगे अस्ट्रेलियाका प्रधानमन्त्री अल्बानिज शनिबार, कात्तिक २१, २०८३
धनवन्तरी जयन्ती आज मनाइँदै, आयुर्वेदको महत्त्वबारे चर्चा शनिबार, कात्तिक २१, २०८३
काग तिहार र धन्वन्तरी जयन्तीको अवसरमा प्रधानमन्त्री शाहको शुभकामना शनिबार, कात्तिक २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
घट्यो सुनचाँदीको मूल्य शुक्रबार, कात्तिक २०, २०८३
विश्वकप छनोट नेपालमा हुने, खेल तालिका सार्वजनिक शनिबार, कात्तिक २१, २०८३
४८ घण्टामा डा. गोविन्द केसीको माग पूरा गर्न सरकारलाई अल्टिमेटम, नत्र चिकित्सक संघ आन्दोलनमा उत्रने शुक्रबार, कात्तिक २०, २०८३
उम्मेदवार छनोटमा रास्वपाले जारी गर्‍यो कडा निर्देशन , मनोमानी र समानान्तर गतिविधि गर्न नपाइने शुक्रबार, कात्तिक २०, २०८३
हटाइएका आइजीपीको सरकार विरुद्धको रिट सर्वोच्चमा दर्ता शुक्रबार, कात्तिक २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न नेपाल लाइभ
आनी छोइङको नियुक्तिले खोजेको फराकिलो बहस शैलेन्द्र बस्नेत
समाचार कक्षमा प्रहरी प्रवेश र नेपालको प्रेस स्वतन्त्रता : अबको बाटो अन्तर्राष्ट्रिय मिसन राजेश कुमार कर्ण
सम्पादकीयः ‘गिजोलिएको’ इनम प्रकरण र बालेन–रविको परीक्षा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
अदृश्य साँठगाँठको जालो र पदको निर्मम दुरुपयोग सोमबार, कात्तिक १६, २०८३
आनी छोइङको नियुक्तिले खोजेको फराकिलो बहस सोमबार, कात्तिक १६, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
सातै प्रदेशमा वर्षा र हिमपातको सम्भावना, कोशी–मधेश–बागमतीमा भारी वर्षा हुन सक्ने शनिबार, कात्तिक १४, २०८३
त्रासबीच बसेकाे नेपाल सरकारका सचिवहरूकाे बैठकका सात निर्णय (निर्णयसहित) सोमबार, कात्तिक १६, २०८३
पत्रकार पक्राउको भित्री कथाः प्रहरीको चेन अफ कमान्डमै खेलवाड ! आइतबार, कात्तिक १५, २०८३
मन्त्रिपरिषद् बैठकले ग-यो छ निर्णय (निर्णयसहित) मंगलबार, कात्तिक १७, २०८३
साढे ७३ करोड बिगो माग गर्दै पूर्वप्रधानमन्त्री र मन्त्रीसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, सार्वजनिक जग्गा छुटमा भ्रष्टाचार गरेको आरोप मंगलबार, कात्तिक १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्