काठमाडौं– अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिज नेपाली पहिचान झल्किने ढाकाटोपीमा सजिएर सिड्नीमा आयोजित नेपाल फेस्टिभलमा सहभागी भएका छन् ।
नेपाली समुदायको उल्लेख्य उपस्थिति रहेको महोत्सवलाई सम्बोधन गर्दै उनले नेपाली समुदायसँग तिहार मनाउन पाउँदा खुसी लागेको बताए ।
सम्बोधनका क्रममा अल्बानिजले अस्ट्रेलियाको बहुसांस्कृतिक समाजमा नेपाली समुदायको योगदानको प्रशंसा गरे । ‘विविधता हाम्रो शक्ति हो, र तपाईंहरू यसको एक अत्यन्त महत्त्वपूर्ण हिस्सा हो,’ उनले भने ।
ढाकाटोपी लगाएर कार्यक्रममा उपस्थित भएका प्रधानमन्त्री अल्बानिजको सहभागिताले महोत्सवमा नेपाली संस्कृति र पहिचानलाई थप चर्चा दिलाएको थियो ।
सिड्नीमा आयोजित नेपाल फेस्टिभलमा नेपाली कला, संस्कृति र परम्पराको उत्सव मनाउन ठूलो संख्यामा नेपाली समुदायका सदस्य सहभागी भएका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।