• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

भारत हुँदै यात्रा गर्दा चाहिने ‘नो अब्जेक्सन पत्र’को विरोध, के होला समाधान?

यी अवस्थामा चाहिन्छ नेपालीलाई दूतावासको सिफारिस पत्र
64x64
नेपाल लाइभ शुक्रबार, जेठ ३, २०७६  ०६:३३
1140x725

काठमाडौं– भारत हुँदै तेस्रो मुलुक यात्रा गर्ने नेपालीका लागि दिल्लीस्थित नेपाली दूतावासले त्यहाँको अध्यागमन पार गर्दा सिफारिस पत्र (नो अब्जेक्सन लेटर) आवश्यक पर्न सक्ने भन्दै एउटा सूचना जारी गर्‍यो। 

दूतावासले ३१ बैसाखमा जारी गरेको सूचनाले नेपालमा भने तरङ्ग सिर्जना गरेको छ। केहीले भने नेपालीलाई अनावश्यक दुःख दिन खोजिएको भन्दै सामाजिक सञ्जालमा त्ययप्रति रोषसमेत प्रकट गरेका छन्। 

के छ दूतावासको सूचनामा? 
दूतावासले जारी गरेको सूचनामा भारतीय अध्यागमन पार गर्दा नेपालीका लागि दूतावासको सिफारिस  पत्र आवश्यक पर्न सक्ने भन्दै त्यो पाउन चाहिने आवश्यक कागजातबारे जानकारी दिइएको छ। 

सूचना अनुसार दूतावासबाट ‘नो अब्जेक्सन पत्र’  पाउन विभिन्न ६ वटा कागजात नेपाली दूतावासमा बुझाउन आवश्यक पर्छ। ती कागजातहरू प्राप्त भएपछि दूतावासले औचित्यका आधारमा सिफारिस पत्र जारी गर्न सक्नेछ। 

दूतावासमै स्वयं उपस्थित हुन नसक्ने अवस्थामा भने आवेदकले इमेलबाट आवश्यक कागजात पठाउन सक्नेछन् र इमेलमै दूतावासले रिफारिस पत्र पठाइदिने छ। 

सिफारिस पत्रका लागि भने यस्ता कागजात चाहिन्छ: 
—भारत हुँदै तेस्रो मुलकु जानुपर्ने मनासिव कारणसहित सम्बन्धित व्यक्तिको हस्ताक्षरसहितको निवेदन। 

—यात्रा गर्ने व्यक्तिको राहादानी र सोको प्रतिलिपि।

Ncell 2
Ncell 2
nimb
nimb

—गन्तव्य देशको भिसा र हवाइ टिकटको प्रतिलिपि। 

—रोजगार भिसामा विदेश जाने व्यक्तिले वैदेशिक रोजगार विभाग वा अन्तर्गतबाट जारी श्रम स्वकृतिको प्रतिलिपि। 

—यसअघि भारतबाहेक तेस्रो मुलुक भ्रमण गरेको भएमा यात्रा अभिलेख(भिसा, आगमन, प्रस्थान आदी)को प्रतिलिपि। 

—अध्ययन,व्यवसायको सिलसिलामा भारतमा रहेका नेपाली नागरिकको हकमा अध्ययन, व्यवसायसँग सम्बन्धित परिचय पत्र/कागजातहरू। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

असन्तुष्टि जाहेर 
दूतावासको सूचनापछि यसप्रति असन्तुष्टि पनि व्यक्त भएका छन्। यसले उल्टै नेपालीलाई दुःख दिने भन्दै यसको समाधान खोज्न उनीहरूको सरकारलाई सुझाव छ। 

लेखक तथा प्रकाशक अजित बराल विज्ञप्ति समस्याको समाधन नभइएको भन्दै यसको समाधान खोज्न सरकारलाई सुझाउँछन्।  ‘यो विज्ञप्ति समाधान होइन। कृपया मुद्दाको समाधान खोजिदिनुहोला,’ उनले ट्विटरमा लेखेका छन्। 

ट्विटरमै चिकित्सक रामेश कोइरालाले पनि दूतावासको सूचनाप्रति असन्तुष्टि जनाएका छन्। नेपालमा रोजगारी नभएका कारण जसरी पनि विदेशिनु नेपालीको बाध्यता भएको भन्दै उनी सरकारप्रति व्यंग्य गर्दै सबै हरियोे पासपोर्ट बन्द गर्न सुझाउँछन्। 

‘नेपालमा रोजगारी छैन, जनता जसरी पनि विदेश जान चाहन्छन् अनि म्यानपावर र मानव तस्करका जालामा पर्छन्,’ उनको भनाइ छ, ‘त्यसैले बेङ्गलुरु भएर मालद्विभ्स घुम्न जान दिल्लीमा निवेदन दिने सजिलो काम भन्दा अब हरीयो पासपोर्ट दिन नै बन्द गर्ने र लाहुरेलाई ट्राभल डकुमेन्ट दिने गर्नुपर्छ। घुम्नु नि आफ्नै देश!’

पूर्व परराष्ट्र सचिव मधुरमण आचार्य दिल्ली हुँदै तेस्रो मुलुक उड्ने नेपाली यात्रुलाई नेपाली दूतावासबाट ‘नो अब्जेक्सन लेटर’ खोज्ने अभ्यास खारेज गर्न नेपालले भारतसँग आग्रह गर्नुपर्ने बताउँछन्।

‘दिल्ली हुँदै तेस्रो मुलुक उड्ने नेपाली यात्रुलाई नेपाली दूतावासबाट ‘नो अब्जेक्सन लेटर’ खोज्ने अभ्यास खारेज गर्न नेपालले भारतसँग आग्रह गर्नुपर्छ,’ उनले लेखेका छन्, ‘जुनसुकै कारणले सुरु गरिएको होस् दिल्ली भ्रमण गर्ने नेपालीका लागि यो अपमानजनक छ।’

त्यस्तै लेखक एवं टिप्पणीकार जोन नारायण पराजुलीको पनि गुण—दोष नकेलाई अपरिपक्व निर्णय गर्दा नेपाली नागरिकलाई दुःख भएको टिप्पणी छ। 

‘आफ्ना नागरिकका लागि यात्रा कसरी महंगो र दुखदायक बनाउने?’ आक्रोस मिश्रित उनको टिप्पणी छ, ‘यो आफैंले थोपारेको भार हो। यो गुण—दोष नकेलाई तपाईंले अपरिपक्व निर्णय गर्दा के हुन्छ भन्ने कुराको परिणाम हो।’

कस्तो अवस्थामा चाहिन्छ सिफारिस? 
नेपाली नागरिकका लागि खासगरी भारतीय अध्यागमन पार गरेर तेस्रो मुलुक जानुपर्दा दूतावासको सिफारिस पत्र (नो अब्जेक्सन लेटर) आवश्यक पर्छ। 

तर, भारतीय विमानस्थललाई ट्रान्जिट मात्र बनाउँदा भने यस्तो खाले सिफारिस पत्र भने चाहिँदैन। यो नियम भारतमा अध्ययन वा व्यवसाय गरेर बसेका नेपालीलाई लागू हुन्छ भने कुनै काम विशेषले भारत पुगेको र उतैबाट तेस्रो मुलुक जान चाहने पनि यो नियमबाट प्रभावित हुन्छन्। 

यस्तो सिफारिस भारतको हवाइ वा स्थल दुवै अध्यागमन पार गरेर अन्यत्र जाँदा पनि चाहिन्छ। भारतमा ट्रान्जिट वा अर्को उडान समाउनका लागि थोरै समयका निम्ति त्यहाँ उत्रनेहरूका लागि यो सिफारिस पत्र आवश्यक पर्दैन किनभने त्यतिबेला यात्रुले अध्यागमन पार गर्नुपर्दैन।

तर, अर्को उडान समाउन भारतको अध्यागमन केवल १० मिनेटकै लागि मात्रै पनि प्रयोग गर्नुपर्ने अवस्थामा त्यस्तो सिफारिस पत्र चाहिन्छ। 

नयाँ दिल्लीस्थित नेपाली दूतावासका प्रवक्ता एवं राजनीतिक परामर्शदाता हरिप्रसाद ओडारीका अनुसार सिफारिस पत्र चाहिइहालेको खण्डमा भने दूतावासले २४ घण्टे फोन सेवा सुरु गरेको छ, जसमा  आवश्यक कागजात इमेलबाटै पठाएको खण्डमा पनि अनलाईन मार्फत नै त्यस्तो सिफारिस पत्र दूतावासले तत्काल उपलब्ध गराउन सक्छ। 

समाधान के?
नेपाली दूतावासले भारतीय अध्यागम पार गर्न सिफारिस पत्र ‘आवश्यक हुन सक्छ’ भनेर त्यो अनिवार्य नभएको जस्तो झल्को दिए पनि पछिल्लो समय भारतको हवाइमार्ग वा अन्य मार्ग भएर तेस्रो मुलुक जान चाहने नेपाली नागरिकले अनिवार्य रूपमा दूतावासको ‘नो अब्जेकसन’ पत्र बुझाउनुपर्छ। 

यही कारण भारत हुँदै तेस्रो मुलुक जाने नेपाली यात्रुले बेलाबखत अप्ठेरो झेल्नु परेका गुनासा आइरहने गरेका छन्। यसैलाई सन्र्दभ बनाएर दूतावासले पछिल्लो समय जारी गरेको सूचनाबारे दिल्लीस्थित नेपाली दूतावाससँग बुझ्दा त्यहाँका प्रवक्ता हरिप्रसाद ओडारीबाट यस्तो जवाफ पाइयो-

नेपालबाट उडेका र भारतीय विमानस्थललाई ट्रान्जिट बनाउनेहरूका हकमा यो नियम आकर्षण हुने होइन। भारतको अध्यागमन हुँदै तेस्रो देश जाने नेपालीका हकमा मात्र यो लागू हुने हो।

मानव तस्करी बढ्न थालेपछि हामीले तस्करी बढी हुने देशमा जाने नेपालीका लागि दूतावासको सफारिस (नो अब्जेक्सन सर्टिफिकेट) माग्नुहोस् भनेर भारतीय पक्षसँग हामीले नै पहिले अनुरोध गरेका थियौं। त्यसै आधारमा उनीहरूले भारतीय अध्यागमन हुँदै सम्बन्धित देश प्रस्थान गर्ने नेपाली नागरिकसँग सिफारिस पत्र माग्ने गरेका थिए। अहिले उनीहरूले सबै देशका लागि त्यो माग्न थालेका छन्। 

भारत हुँदै तेस्रो मुलुक जाने कुनै पनि नेपालीलाई भारतीय अध्यागमनमा अप्ठ्यारो नपरोस् भनेर हामीले सबैलाई  सूचीत गराउने उदेश्यले मात्रै यो सूचना जारी गरेका हौं। 

सिफारिस पत्र उपलब्ध हामीले सजिलै गराउने गरेका छौं। दूतावासमा आउन नसक्नेले इमेलबाट आवश्यक पत्रमाणपत्र पठाएर पनि त्यो सिफारिस पत्र पाउन सक्नुहुन्छ। 

भारत हुँदै तेस्रो मुलुक जाने सबै नेपालीलाई त्यस्तो चेकजाँच गर्ने कि नगर्ने भन्ने विषयमा छलफल गर्न सकिन्छ। यो विषयमा कस्तो मोडेल अपानाउने भन्ने विषयमा पनि छलफल गर्न सकिन्छ। तर, यो विषयमा अहिले नै भारतसँग हाम्रो कुरा भएको भने होइन। 

प्रकाशित मिति: शुक्रबार, जेठ ३, २०७६  ०६:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन
भारी वर्षपछि कोलकाताको पूजा पण्डालमा भएको भागदौडमा १९ को मृत्यु, २५ घाइते
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
भारी वर्षपछि कोलकाताको पूजा पण्डालमा भएको भागदौडमा १९ को मृत्यु, २५ घाइते आइतबार, कात्तिक १, २०८३
गृहमन्त्रीले गरे बुढीगण्डकी बाढी प्रभावित क्षेत्रको निरीक्षण आइतबार, कात्तिक १, २०८३
सुनकोशीमा दुर्घटनाकी घाइते महिलालाई सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइयो आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्