• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, माघ ७, २०८२ Wed, Jan 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

भारत हुँदै यात्रा गर्दा चाहिने ‘नो अब्जेक्सन पत्र’को विरोध, के होला समाधान?

यी अवस्थामा चाहिन्छ नेपालीलाई दूतावासको सिफारिस पत्र
64x64
नेपाल लाइभ शुक्रबार, जेठ ३, २०७६  ०६:३३
1140x725

काठमाडौं– भारत हुँदै तेस्रो मुलुक यात्रा गर्ने नेपालीका लागि दिल्लीस्थित नेपाली दूतावासले त्यहाँको अध्यागमन पार गर्दा सिफारिस पत्र (नो अब्जेक्सन लेटर) आवश्यक पर्न सक्ने भन्दै एउटा सूचना जारी गर्‍यो। 

दूतावासले ३१ बैसाखमा जारी गरेको सूचनाले नेपालमा भने तरङ्ग सिर्जना गरेको छ। केहीले भने नेपालीलाई अनावश्यक दुःख दिन खोजिएको भन्दै सामाजिक सञ्जालमा त्ययप्रति रोषसमेत प्रकट गरेका छन्। 

के छ दूतावासको सूचनामा? 
दूतावासले जारी गरेको सूचनामा भारतीय अध्यागमन पार गर्दा नेपालीका लागि दूतावासको सिफारिस  पत्र आवश्यक पर्न सक्ने भन्दै त्यो पाउन चाहिने आवश्यक कागजातबारे जानकारी दिइएको छ। 

सूचना अनुसार दूतावासबाट ‘नो अब्जेक्सन पत्र’  पाउन विभिन्न ६ वटा कागजात नेपाली दूतावासमा बुझाउन आवश्यक पर्छ। ती कागजातहरू प्राप्त भएपछि दूतावासले औचित्यका आधारमा सिफारिस पत्र जारी गर्न सक्नेछ। 

दूतावासमै स्वयं उपस्थित हुन नसक्ने अवस्थामा भने आवेदकले इमेलबाट आवश्यक कागजात पठाउन सक्नेछन् र इमेलमै दूतावासले रिफारिस पत्र पठाइदिने छ। 

सिफारिस पत्रका लागि भने यस्ता कागजात चाहिन्छ: 
—भारत हुँदै तेस्रो मुलकु जानुपर्ने मनासिव कारणसहित सम्बन्धित व्यक्तिको हस्ताक्षरसहितको निवेदन। 

—यात्रा गर्ने व्यक्तिको राहादानी र सोको प्रतिलिपि।

Ncell 2
Ncell 2

—गन्तव्य देशको भिसा र हवाइ टिकटको प्रतिलिपि। 

—रोजगार भिसामा विदेश जाने व्यक्तिले वैदेशिक रोजगार विभाग वा अन्तर्गतबाट जारी श्रम स्वकृतिको प्रतिलिपि। 

—यसअघि भारतबाहेक तेस्रो मुलुक भ्रमण गरेको भएमा यात्रा अभिलेख(भिसा, आगमन, प्रस्थान आदी)को प्रतिलिपि। 

—अध्ययन,व्यवसायको सिलसिलामा भारतमा रहेका नेपाली नागरिकको हकमा अध्ययन, व्यवसायसँग सम्बन्धित परिचय पत्र/कागजातहरू। 

असन्तुष्टि जाहेर 
दूतावासको सूचनापछि यसप्रति असन्तुष्टि पनि व्यक्त भएका छन्। यसले उल्टै नेपालीलाई दुःख दिने भन्दै यसको समाधान खोज्न उनीहरूको सरकारलाई सुझाव छ। 

लेखक तथा प्रकाशक अजित बराल विज्ञप्ति समस्याको समाधन नभइएको भन्दै यसको समाधान खोज्न सरकारलाई सुझाउँछन्।  ‘यो विज्ञप्ति समाधान होइन। कृपया मुद्दाको समाधान खोजिदिनुहोला,’ उनले ट्विटरमा लेखेका छन्। 

ट्विटरमै चिकित्सक रामेश कोइरालाले पनि दूतावासको सूचनाप्रति असन्तुष्टि जनाएका छन्। नेपालमा रोजगारी नभएका कारण जसरी पनि विदेशिनु नेपालीको बाध्यता भएको भन्दै उनी सरकारप्रति व्यंग्य गर्दै सबै हरियोे पासपोर्ट बन्द गर्न सुझाउँछन्। 

‘नेपालमा रोजगारी छैन, जनता जसरी पनि विदेश जान चाहन्छन् अनि म्यानपावर र मानव तस्करका जालामा पर्छन्,’ उनको भनाइ छ, ‘त्यसैले बेङ्गलुरु भएर मालद्विभ्स घुम्न जान दिल्लीमा निवेदन दिने सजिलो काम भन्दा अब हरीयो पासपोर्ट दिन नै बन्द गर्ने र लाहुरेलाई ट्राभल डकुमेन्ट दिने गर्नुपर्छ। घुम्नु नि आफ्नै देश!’

पूर्व परराष्ट्र सचिव मधुरमण आचार्य दिल्ली हुँदै तेस्रो मुलुक उड्ने नेपाली यात्रुलाई नेपाली दूतावासबाट ‘नो अब्जेक्सन लेटर’ खोज्ने अभ्यास खारेज गर्न नेपालले भारतसँग आग्रह गर्नुपर्ने बताउँछन्।

‘दिल्ली हुँदै तेस्रो मुलुक उड्ने नेपाली यात्रुलाई नेपाली दूतावासबाट ‘नो अब्जेक्सन लेटर’ खोज्ने अभ्यास खारेज गर्न नेपालले भारतसँग आग्रह गर्नुपर्छ,’ उनले लेखेका छन्, ‘जुनसुकै कारणले सुरु गरिएको होस् दिल्ली भ्रमण गर्ने नेपालीका लागि यो अपमानजनक छ।’

त्यस्तै लेखक एवं टिप्पणीकार जोन नारायण पराजुलीको पनि गुण—दोष नकेलाई अपरिपक्व निर्णय गर्दा नेपाली नागरिकलाई दुःख भएको टिप्पणी छ। 

‘आफ्ना नागरिकका लागि यात्रा कसरी महंगो र दुखदायक बनाउने?’ आक्रोस मिश्रित उनको टिप्पणी छ, ‘यो आफैंले थोपारेको भार हो। यो गुण—दोष नकेलाई तपाईंले अपरिपक्व निर्णय गर्दा के हुन्छ भन्ने कुराको परिणाम हो।’

कस्तो अवस्थामा चाहिन्छ सिफारिस? 
नेपाली नागरिकका लागि खासगरी भारतीय अध्यागमन पार गरेर तेस्रो मुलुक जानुपर्दा दूतावासको सिफारिस पत्र (नो अब्जेक्सन लेटर) आवश्यक पर्छ। 

तर, भारतीय विमानस्थललाई ट्रान्जिट मात्र बनाउँदा भने यस्तो खाले सिफारिस पत्र भने चाहिँदैन। यो नियम भारतमा अध्ययन वा व्यवसाय गरेर बसेका नेपालीलाई लागू हुन्छ भने कुनै काम विशेषले भारत पुगेको र उतैबाट तेस्रो मुलुक जान चाहने पनि यो नियमबाट प्रभावित हुन्छन्। 

यस्तो सिफारिस भारतको हवाइ वा स्थल दुवै अध्यागमन पार गरेर अन्यत्र जाँदा पनि चाहिन्छ। भारतमा ट्रान्जिट वा अर्को उडान समाउनका लागि थोरै समयका निम्ति त्यहाँ उत्रनेहरूका लागि यो सिफारिस पत्र आवश्यक पर्दैन किनभने त्यतिबेला यात्रुले अध्यागमन पार गर्नुपर्दैन।

तर, अर्को उडान समाउन भारतको अध्यागमन केवल १० मिनेटकै लागि मात्रै पनि प्रयोग गर्नुपर्ने अवस्थामा त्यस्तो सिफारिस पत्र चाहिन्छ। 

नयाँ दिल्लीस्थित नेपाली दूतावासका प्रवक्ता एवं राजनीतिक परामर्शदाता हरिप्रसाद ओडारीका अनुसार सिफारिस पत्र चाहिइहालेको खण्डमा भने दूतावासले २४ घण्टे फोन सेवा सुरु गरेको छ, जसमा  आवश्यक कागजात इमेलबाटै पठाएको खण्डमा पनि अनलाईन मार्फत नै त्यस्तो सिफारिस पत्र दूतावासले तत्काल उपलब्ध गराउन सक्छ। 

समाधान के?
नेपाली दूतावासले भारतीय अध्यागम पार गर्न सिफारिस पत्र ‘आवश्यक हुन सक्छ’ भनेर त्यो अनिवार्य नभएको जस्तो झल्को दिए पनि पछिल्लो समय भारतको हवाइमार्ग वा अन्य मार्ग भएर तेस्रो मुलुक जान चाहने नेपाली नागरिकले अनिवार्य रूपमा दूतावासको ‘नो अब्जेकसन’ पत्र बुझाउनुपर्छ। 

यही कारण भारत हुँदै तेस्रो मुलुक जाने नेपाली यात्रुले बेलाबखत अप्ठेरो झेल्नु परेका गुनासा आइरहने गरेका छन्। यसैलाई सन्र्दभ बनाएर दूतावासले पछिल्लो समय जारी गरेको सूचनाबारे दिल्लीस्थित नेपाली दूतावाससँग बुझ्दा त्यहाँका प्रवक्ता हरिप्रसाद ओडारीबाट यस्तो जवाफ पाइयो-

नेपालबाट उडेका र भारतीय विमानस्थललाई ट्रान्जिट बनाउनेहरूका हकमा यो नियम आकर्षण हुने होइन। भारतको अध्यागमन हुँदै तेस्रो देश जाने नेपालीका हकमा मात्र यो लागू हुने हो।

मानव तस्करी बढ्न थालेपछि हामीले तस्करी बढी हुने देशमा जाने नेपालीका लागि दूतावासको सफारिस (नो अब्जेक्सन सर्टिफिकेट) माग्नुहोस् भनेर भारतीय पक्षसँग हामीले नै पहिले अनुरोध गरेका थियौं। त्यसै आधारमा उनीहरूले भारतीय अध्यागमन हुँदै सम्बन्धित देश प्रस्थान गर्ने नेपाली नागरिकसँग सिफारिस पत्र माग्ने गरेका थिए। अहिले उनीहरूले सबै देशका लागि त्यो माग्न थालेका छन्। 

भारत हुँदै तेस्रो मुलुक जाने कुनै पनि नेपालीलाई भारतीय अध्यागमनमा अप्ठ्यारो नपरोस् भनेर हामीले सबैलाई  सूचीत गराउने उदेश्यले मात्रै यो सूचना जारी गरेका हौं। 

सिफारिस पत्र उपलब्ध हामीले सजिलै गराउने गरेका छौं। दूतावासमा आउन नसक्नेले इमेलबाट आवश्यक पत्रमाणपत्र पठाएर पनि त्यो सिफारिस पत्र पाउन सक्नुहुन्छ। 

भारत हुँदै तेस्रो मुलुक जाने सबै नेपालीलाई त्यस्तो चेकजाँच गर्ने कि नगर्ने भन्ने विषयमा छलफल गर्न सकिन्छ। यो विषयमा कस्तो मोडेल अपानाउने भन्ने विषयमा पनि छलफल गर्न सकिन्छ। तर, यो विषयमा अहिले नै भारतसँग हाम्रो कुरा भएको भने होइन। 

प्रकाशित मिति: शुक्रबार, जेठ ३, २०७६  ०६:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
बेलायतमा नाबालिकाको विवाहमा संलग्न मुस्लिम इमामलाई जेल
कालिकोटमा नेकपाका महेन्द्र शाहीविरुद्ध जीवन बुढाको बागी उम्मेदवारी
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर बुधबार, माघ ७, २०८२
बेलायतमा नाबालिकाको विवाहमा संलग्न मुस्लिम इमामलाई जेल मंगलबार, माघ ६, २०८२
कालिकोटमा नेकपाका महेन्द्र शाहीविरुद्ध जीवन बुढाको बागी उम्मेदवारी मंगलबार, माघ ६, २०८२
रास्वपाकी सोबिता गौतमले चितवन- ३ मा दर्ता गराइन् उम्मेदवारी मंगलबार, माघ ६, २०८२
निर्वाचनको लागि भारत सरकारद्वारा नेपाललाई ६१ वटा गाडी हस्तान्तरण मंगलबार, माघ ६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
देउवा चुनाव नलड्ने भएपछि उनको ठाउँमा महरले पाए टिकट मंगलबार, माघ ६, २०८२
दमकमा एमाले–रास्वपाबीच झडप, एमालेलाई बिच्क्याए महँगो पर्ने ओलीको चेतावनी मंगलबार, माघ ६, २०८२
राप्रपाले टुंगो लगायो १६० क्षेत्रमा उम्मेदवार मंगलबार, माघ ६, २०८२
शिक्षामन्त्री महावीर पुनले पनि दिए राजीनामा मंगलबार, माघ ६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्