काठमाडौं– सकारले ‘ज्ञान पलायन’ बढेको भन्दै त्यसलाई नेपालकै हितमा प्रयोग गर्न ‘ब्रेन गेन’ अभियान सुरु गरेको छ।
उक्त अभियानका लागि परराष्ट्र मन्त्रालयले सञ्चालनमा ल्याएको ‘ब्रेन गेन सेन्टर’को शुक्रबार परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले उद्घाटन गरे।
गैरआवासीय नेपालीको सिप र क्षमतालाई केन्द्रमा राखेर उनीहरूको ज्ञानलाई नेपालको विकासमा प्रयोग गर्न यो अभियान सुरु गरिएको सरकारले बताएको छ।
कसरी आवद्ध हुने अभियानमा?
परराष्ट्र मन्त्रालयमार्फत सञ्चालन हुने यो अभियानका लागि मन्त्रालयले एउटा ‘डाटाबेस सेन्टर’ समेत बनाएको छ। अभियानमामा आवद्ध हुन चाहने जोकोही नेपाली र गैरआवासीय नेपालीले आफ्नो क्षमताबारे उक्त डाटाबेसमा सूचना भर्न सक्नेछन्।
डाटाबेसमा आफूले सहज महसुस गर्ने सीप र क्षमता सम्बन्धी सूचना मात्रै प्रवेश गराउनुपर्ने छ। आफूले डाटाबेसमा प्रवेश गराएका सूचना समयअनुसार अद्यावधिक तथा फेरबदल समेत गर्न सकिनेछ।
५ उद्देश्य
सरकारले यो अभियान सञ्चालन गर्नुका ५ उद्देश्य तोकेको छ। ५ उद्देश्यमा नेपालीको सिप तथा क्षमताको पहिचान, प्रवर्द्धन, सम्पर्क, परिचालन र पुरस्कृत गर्नु रहेको बताइएको छ।
पहिचानः प्रवासी विज्ञ नेपाली र उनीहरुको विज्ञताबारेको सूचना अद्यावधिक गर्दै उनीहरुले राष्ट्रका लागि गर्न चाहेको योगदानको पहिचान गर्ने।
प्रवर्द्धनः विज्ञ प्रवासी नेपालीले व्यक्तिगत र सामूहिक रुपमा गरेका कामलाई प्रकासमा ल्याउँदै उनीहरुको योगदानलाई सरकारी र गैरसरकारी नियकायबीच प्रवर्द्धन गराउने।
जोड्नुः मन्त्रालय, सरकारी निकाय र प्राज्ञिक तथा सामाजिक संस्थालाई प्रवासी नेपालीको विज्ञतासम्म पुर्याउन उत्साहित गर्ने, सम्पर्क र अवसर बढाउने।
परिचालनः प्रवासीको विज्ञता परिचालन गर्न पहल गर्ने, एकअर्काको नेपालप्रतिको योगदान चिनाउने र सबैलाई एक ठाउँमा ल्याउन सहयोग पुर्याउने।
पुरस्कारः प्रवासी नेपाली विज्ञले गरेका प्रभावकारी कामको आधिकारिक रुपमै पहिचान गरी नैतिक र सामाजिक समर्थन गर्ने र उनीहरूका लागि श्रोत छुट्याउने।
यो पनिः
सरकारले सुरु गर्यो ‘ब्रेन गेन’ अभियान, प्रवासी नेपालीको ज्ञान प्रयोगमा ल्याउने
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।