काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरिएको भारतीय जाली नाोटको परिणाम करिब पाैने ८ करोड रहेको पुष्टि भएको छ।
विमानस्थल भन्सार कार्यालयका प्रमुख गजेन्द्र ठाकुरका अनुसार कतार एयरवेजबाट काठमाडौं आएका ३ जना यात्रुबाट ७ करोड ६७ लाख ९४ हजार नक्कली नोट बरामद भएको हो।
शुक्रबार बिहान ९ः४० मा काठमाडौं उत्रिएको विमानमा सवार ३ जना पाकिस्तानी नागरिकले नेपाल ल्याउँदै गरेको साे परिमाणको नाेट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुरक्षा जाँचका क्रममा बरामद गरिएको हो।
पक्राउ पर्नेमा पाकिस्तानी नागरिक ६७ वर्षीय नासिर उद्धिन, ३९ वर्षीय नादिया अनवर, ४९ वर्षीय मोहमद अख्तर रहेका छन्। यस्तै नोट लिन विमानस्थल पुग्ने नेपाली नागरिकमा ललितपुर ताल्छीखेल बसने युनुस अन्सारी सहित रौतहटको रमौली बैरिया नगरपालिका-१ बस्ने सुबल खान र अन्सारीका गाडी चालक भक्तपुरको सूर्यविनायक नगरपालिका-५, बालकोटका सुदन रानाभाट छन्।
अन्सारी जाली नोटकै कारोबारमा पटक-पटक पक्राउ परिसकेका छन्। केन्द्रीय कारागारभित्रै रहँदा अन्सारीमाथि गोली प्रहार भएको थियो।
नेपालमा भारतीय २ हजारका नोट प्रयोगमा प्रतिबन्ध लगाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।