काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा भारतीय नक्कली नोटसहित ६ जना पक्राउ परेका छन्।
भारु नोट ल्याउनेमा ३ पाकिस्तानी र नोट लिन आउने ३ नेपाली पक्राउ परेको विमानस्थल भन्सार कार्यालयका प्रमुख गजेन्द्र ठाकुरले जानकारी दिए। 'रकम ठूलो मात्रामा देखिएको छ,' उनले भने, 'कति छ भन्नेबारेमा केहीबेर पछि जानकारी हुन्छ।'
नेपालले प्रतिबन्ध लगाएका भारु २ हजारका नोट रहेको उनले बताए।
ती विदेशीहरु भने कतार एयरवेजको जहाजबाट काठमाडौं आएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।