• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक ५, २०८३ Thu, Oct 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

कृषि अनुदानका नाममा लुट कहिलेसम्म?

'वास्तविक कृषकले अनुदान नपाएकाे' प्रतिवेदन बुझ्ने मन्त्रालय नै बजेटमार्फत छुट्याउँदैछ १ अर्ब
64x64
नेपाल लाइभ शनिबार, वैशाख २८, २०७६  १९:३१
1140x725

काठमाडौं- कृषि तथा पशुपंक्षी मन्त्रालयअन्तर्गत हरेक वर्ष किसानका लागि भनेर अनुदान छुट्याइन्छ। सरकारको वार्षिक बजेटमार्फत होस् वा दातृ निकायले विभिन्न आयोजनामार्फत होस्, किसानका लागि भनेर अर्बाै रुपैयाँ बाँडिदै आएको छ।

तर, त्यसको प्रभावकारिता भने निकै न्यून छ। सरकार पनि यस विषयमा जानकार छ। कृषि तथा पशुपंक्षी विकास मन्त्रालय आफैंले स्वीकार गर्छ कि यस क्षेत्रमा अनुदानका रुपमा राज्यले गरेको वार्षिक अर्बौ रुपैयाँ बराबरको लगानी 'बालुवामा पानी' जस्तै भइरहेको छ।

किसानका नाममा छुट्याइने अनुदान रकममा व्यापक दुरुपयोग भइरहेको छ भन्ने चाल पाउँदा-पाउँदै सरकारले फेरि अनुदानकै लागि भनेर बजेटमार्फत नयाँ कार्यक्रम ल्याउने तयारी गरिरहेको छ। कृषि तथा पशुपंक्षी मन्त्रालयले ‘युवा कृषि विशेष कार्यक्रम’का नाममा राष्ट्रिय योजना आयोगबाट १ अर्ब रुपैयाँ बराबरको 'सिलिङ' पाइसकेको छ।

मन्त्रालयका प्रवक्ता तेज बहादुर सुवेदीका अनुसार यो आयोजना स्वदेशमै कृषि उद्यम गर्न चाहने युवाहरुलाई लक्षित गरी ल्याउन लागिएको हो। युवा स्वरोजगारलाई मध्यनगर गर्दै तयार पारिएको यो आयोजना पहिलेका स्वरोजगार आयोजना भन्दा फरक हुने सुवेदी बताउँछन्।

‘पहिले पनि कृषि क्षेत्रमा अनुदान पाउने धेरै कार्यक्रम आउँथे। तर, यो नितान्त फरक तरिकाले तयार पारिएको कार्यक्रम हो। हामीले यसको कार्यविधि बनाइसकेका छैनौं। तर, ५० प्रतिशतभन्दा बढी बैंक ग्यारेन्टी राखेर मात्र अनुदानको रकम पाउने गरी योजना ल्याउन लागिएको हो,’ उनले भने।

यो कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन गर्न मन्त्रालयले कुनै कसुर बाँकि नछाड्ने सुवेदीको भनाइ छ। तर, मन्त्रालय आफैंले यस विषयमा गहिरो अध्ययन गरेर समस्या रहेको भन्ने चाल पाइसकेपछि पनि फेरि सोही प्रकृतिको नयाँ कार्यक्रम किन ल्याउन खाेज्दैछ भन्ने प्रश्न उब्जिएकाे छ।

कृषिमा वितरण हुँदै आएको अनुदानका विषयमा मन्त्रालयले चालू आर्थिक वर्षमा मात्रै विस्तृत अध्ययन गरेर प्रतिवेदन तयार पारेको छ। कृषि तथा पशुपंक्षीमन्त्री चक्रपाणि खनालको निर्देशनमा सुवेदीकै संयोजकत्वमा अघिल्लो वर्ष असार २ गते उक्त कार्यदल गठन भएको थियो। ‘कृषि विकासका क्षेत्रमा सरकारबाट प्रदान गरिने अनुदानको प्रभावकारितासम्बन्धी अध्ययन प्रतिवेदन’ले अनुदानमार्फतको रकम वास्तविक किसानसम्म नपुगी खर्च हुने गरेको निष्कर्ष निकालेको थियो।

‘कृषिमा अनुदानवापतको रकम बालुवामा पानी बराबर भएको छ। अनुदान वास्तविक कृषकले पाएका छैनन्। पहुँच हुनेले मात्र पाएका छन्। आयोजना कार्यान्वयनमा खटिएका कर्मचारी र केही ठूलाबडा व्यक्तिहरुले व्यापक आर्थिक चलखेल गरिरहेका छन्,' कार्यदलले अध्ययनपछि निकालेको प्रतिवेदनकाे निष्कर्षमा भनिएकाे छ।

Ncell 2
Ncell 2
nimb
nimb

कृषि तथा पशुपंक्षी विकास मन्त्रालय तथा मातहतका निकायहरु एवं दातृ निकायको सहयोगमा सन्चालित परियोजनाहरुबाट प्रदान गरिँदै आएका अनुदानका कार्यक्रमहरुको प्रभावकारीता अध्ययन गर्दा मन्त्रालय स्वयम्‌कै कार्यदलले यस्तो निष्कर्ष निकालेको थियो। कृषिमन्त्री खनाल पनि यो अवस्थाको जानकारीबाट अछुतो थिएनन्। किनकि उनकै निर्देशनमा अध्ययन समिति गठन भएको थियो भने प्रतिवेदन पनि उनैलाई बुझाइएको थियो।

यस्ताे अवस्थामा पनि आगामी आर्थिक वर्षको बजेटमा फेरि अनुदान कै कार्यक्रम किन राख्न लगाए मन्त्री खनालले? प्रश्न उब्जिएकाे छ।

हाल सरकारी तथा गैरसरकारी संस्थाबाट कृषि विकासमा विभिन्न कार्यक्रमहरुमार्फत अनुदान रकम उपलब्ध गराइँदै आएको छ। अनुदान कार्यक्रममा बिचौलियाले चलखेल गर्ने गरेको, नियमन निकायबाटै अपचलन हुने गरेको तथा वास्तविक किसानले अनुदानको निकै सानो हिस्सा मात्र प्राप्त गर्ने गरेका छन्। कार्यान्वयन निकायमा परिवारवाद, राजनैतिक दबाब, माथिल्लो निकाय र उच्च कर्मचारीको दबाबका कारण अनुदान रकम उनीहरुकै खल्तीमा जाने गरेको मन्त्रालयको अध्ययनले भन्छ।

आगामी आर्थिक वर्षमार्फत कार्यान्वयनमा ल्याउन लागिएको युवा कृषि विशेष कार्यक्रमका लागि मन्त्रालयले हालसम्म पनि कुनै स्पष्ट कार्यकायोजना बनाएको छैन। ‘हामीले योजना आयोगबाट कार्यक्रमका लागि भने 'सिलिङ' पाएका छौं। त्यो बजेटमार्फत आउनुपर्‍याे। त्यसपछि हामी कार्यविधि र मार्गचित्र बनाउँछौं,' सुवेदीकाे भनाइ छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

याे पनि:

कृषि अनुदानमा पहुँचवाला हावी : सरकारी अध्ययन

कृषिमा वैदेशिक अनुदान : 'मामाको धन, फुपुको श्राद्ध'

कृषि तथा पशुपंक्षी मन्त्रालयलाई २५ अर्ब २४ करोडको बजेट 'सिलिङ', यस्ता छन् प्रस्तावित नयाँ कार्यक्रम

प्रकाशित मिति: शनिबार, वैशाख २८, २०७६  १९:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
ट्रम्पको प्रशासन विदेशीप्रति कठोर, ३ लाखभन्दा बढी अमेरिकी भिसा रद्द
दसैंको टीकाको दिन बाँकेको कपासीमा विद्युत् सर्ट हुंदा सात घर पूर्णरूपमा जले
एयर पेस्तोल देखाए, मार्ने धम्की पनि दिएपछि पक्राउ परे
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
ट्रम्पको प्रशासन विदेशीप्रति कठोर, ३ लाखभन्दा बढी अमेरिकी भिसा रद्द बुधबार, कात्तिक ४, २०८३
दसैंको टीकाको दिन बाँकेको कपासीमा विद्युत् सर्ट हुंदा सात घर पूर्णरूपमा जले बुधबार, कात्तिक ४, २०८३
एयर पेस्तोल देखाए, मार्ने धम्की पनि दिएपछि पक्राउ परे बुधबार, कात्तिक ४, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
राष्ट्रपतिले पुराेहितकाे हातवाट लगाए टीका बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्