काठमाडौं– विश्व र्याफ्टिङ च्याम्पियनसिपमा सहभागी हुन सात खेलाडीसहित आठ सदस्यीय नेपाली टोली आज अष्ट्रेलियाको क्विन्सल्यान्ड प्रस्थान गरेको छ।
यही वैशाख ३० देखि हुने प्रतियोगितामा शक्तिकुमार गुरुङ, पदमबहादुर गुरुङ, दिपेश गुरुङ, सविन गुरुङ, सुनिल गुरुङ र रबिल मियाँले पुरुष खुला टिम स्पर्धामा प्रतिस्पर्धा गर्नेछन्। प्रशिक्षकमा सुरज गुरुङ रहेका छन्।
नेपाली टोलीले २५० मिटरको स्प्रिन्ट, ३५० मिटरको हेड टु हेड, ४५० मिटरको स्लालम र २१–२५ मिटरको डाउन रिभर रेसमा प्रतिस्पर्धा गर्नेछ। नेपालले जेठ २ गते स्प्रिन्ट, ३ गते हेड टु हेड, ४ गते स्लालम र ५ गते डाउन रिभर रेसमा सहभागिता जनाउनेछ।प्रतियोगितामा २९ राष्ट्रको सहभागिता रहने बताइएको छ ।
नेपालले विश्व च्याम्पियनसिपमा दोस्रोपटक सहभागिता जनाउन लागेको हो । यसअघि २०१७ मा जापानमा भएको विश्व च्याम्पियनसिपमा नेपालले पहिलोपटक सहभागिता जनाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।