• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज १३, २०८३ Tue, Sep 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया

64x64
नेपाल लाइभ बुधबार, साउन २७, २०८३  ११:३३
1140x725

काठमाडौं– नेपाल युवा परिषद्का संस्थापक एवं अध्यक्ष सरोज बाँनियाले युवालाई सीप, रोजगारी र उद्यमशीलतासँग जोड्न सरकारले नीतिगत प्राथमिकता निर्धारण गर्नुपर्ने बताएका छन्। 

उनले प्रतिस्पर्धात्मक विश्व बजारमा नेपाली युवाको क्षमता अभिवृद्धिका लागि प्राविधिक तथा व्यावसायिक सीपलाई विद्यालय तहदेखि नै प्राथमिकतामा राख्नुपर्ने बताएका हुन्। 

उनका अनुसार सूचना प्रविधि, कृत्रिम बौद्धिकता (एआई) लगायतका क्षेत्रमा आवश्यक सीप प्रदान गर्न सके नेपाली युवाले स्वदेशमै बसेर विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने अवस्था सिर्जना गर्न सकिन्छ।

बाँनियाले युवाका लागि अहिलेको सबैभन्दा ठूलो आवश्यकता सीप भएको बताउँदै प्रविधिको विकाससँगै रोजगारीको स्वरुप पनि परिवर्तन भइरहेकाले त्यसअनुसार युवालाई तयार गर्नुपर्नेमा जोड दिए। 

‘प्रतिस्पर्धात्मक विश्वमा अहिले सीप सबैभन्दा महत्वपूर्ण कुरा हो। सीपभित्र पनि प्राविधिक सीपलाई प्राथमिकतामा राखेर युवालाई तालिम दिन सक्यौँ भने उनीहरुले विश्व बजारमा प्रतिस्पर्धात्मक रुपमा आफ्नो क्षमता प्रस्तुत गरेर जीविकोपार्जन गर्न सक्छन्,’ उनले भने।  

उनका अनुसार नेपालमा उपलब्ध प्रविधि र स्रोतसाधनको उपयोग गर्न कतिपय नीतिगत तथा कानुनी अवरोध रहेका छन्। विश्व बजारमा नेपाली युवाले आफ्नो सीप तथा उत्पादन बिक्री गर्न सक्ने सहज वातावरण बनाउन सरकारको ध्यान जानुपर्ने बाँनिया बताउँछन्। 

बाँनियाका अनुसार नेपालमा बसेर अन्तर्राष्ट्रिय बजारका लागि काम गर्ने युवालाई अन्तर्राष्ट्रिय भुक्तानी प्राप्त गर्ने, आवश्यक अनलाइन सेवा तथा सफ्टवेयर प्रयोग गर्ने र आफ्नो उत्पादन विश्व बजारमा पुर्याउने विषयमा देखिएका कानुनी तथा नीतिगत अवरोध हटाउन आवश्यक छ।

उनले सरकारले विद्यालय तहदेखि नै एआई तथा सूचना प्रविधिसम्बन्धी सीपलाई शिक्षासँग जोड्नुपर्ने बताए। प्लस टु वा माध्यमिक तहको शिक्षा पूरा गरेपछि बजारमा प्रवेश गर्ने युवाले कम्तीमा केही आयआर्जन गर्न सक्ने गरी सीप विकास गरिनुपर्ने उनको भनाइ छ।

Ncell 2
Ncell 2
nimb
nimb

युवालाई विश्व बजारसँग जोड्न प्राविधिक सीपसँगै भाषा तथा सञ्चारसम्बन्धी सीप पनि आवश्यक छ। विश्व बजारमा काम गर्न चाहने युवालाई सरकारले भाषा, डिजिटल प्रविधि र अन्तर्राष्ट्रिय बजारसम्बन्धी आवश्यक ज्ञान तथा तालिम उपलब्ध गराउनुपर्ने उनको भनाइ छ।

युवा राजनीतिक औजार होइनन्, आर्थिक पूँजी हुन्

बाँनियाले युवालाई राजनीतिक परिवर्तनका लागि प्रयोग गर्ने औजारका रुपमा मात्र नभई मुलुकको आर्थिक विकासको महत्वपूर्ण पूँजीका रुपमा हेर्नुपर्ने बताए। 

उनले युवालाई नेपालको अर्थतन्त्र र दैनिक विकास प्रक्रियासँग जोड्न राज्यले दीर्घकालीन नीति बनाउनुपर्नेमा जोड दिए। युवाको क्षमता विकास गर्दै उनीहरुलाई उत्पादन, उद्यमशीलता र रोजगारी सिर्जनामा परिचालन गर्न सके मुलुकको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुग्ने उनको भनाइ छ।

Xtrem

Xtrem

‘युवा हाम्रो लागि पूँजी हुन्। यो पूँजीलाई हामीले नेपालको अर्थतन्त्रसँग जोड्नुपर्छ। दैनिक विकाससँग जोड्न युवालाई शक्तिका रुपमा अगाडि लैजानुपर्छ,’ उनले भने।  

उनका अनुसार राज्यले मात्र सबै समस्या समाधान गर्नेभन्दा युवा स्वयंले पनि आफूले सामना गरिरहेको समस्या पहिचान गरी समाधानको खोजी गर्नुपर्छ। युवा, सरकार, निजी क्षेत्र र अन्य सरोकारवालाबीच सहकार्य र स्पष्ट जिम्मेवारी निर्धारण आवश्यक रहेको उनले बताए। 

युवाले कुनै उद्यम वा परियोजना सुरु गर्नुअघि त्यसको बजार, सम्भावित आम्दानी, रोजगारी सिर्जना गर्ने क्षमता तथा नीतिगत चुनौतीको अध्ययन गर्न सक्ने अवस्था अहिले प्रविधिले सहज बनाएको उनको भनाइ छ।

‘राज्यले यति लगानी गर्यो भने हामी यति रोजगारी सिर्जना गर्न सक्छौँ, यति आम्दानी हुन्छ र यति कर राज्यलाई फर्काउन सक्छौँ भन्ने आधारमा युवाले सरकारसँग संवाद र सहकार्य गर्नुपर्छ,’ उनले भने।  

निजी क्षेत्रले नयाँ उद्यमीलाई मार्गदर्शन गर्नुपर्ने

उनले नयाँ पुस्ताका उद्यमीलाई निजी क्षेत्रले अनुभव र मार्गदर्शन उपलब्ध गराउनुपर्ने बताए। 

पुराना तथा अनुभवी व्यवसायीले आफ्नो क्षेत्रमा रहेका अवसर, चुनौती र विगतका कमजोरीबारे नयाँ उद्यमीलाई जानकारी गराउन सके नयाँ पुस्ताले पुराना गल्ती दोहोर्याउन नपर्ने उनको भनाइ छ।

विशेषगरी कृषि, खाद्य उद्योग, पर्यटन तथा सूचना प्रविधिजस्ता क्षेत्रलाई प्रविधिसँग जोडेर नयाँ व्यवसाय सिर्जना गर्न सकिने उनले बताए। 

निजी क्षेत्रका अनुभवी व्यवसायीले युवालाई अभिभावकत्व प्रदान गर्दै सरकारसँग आवश्यक नीतिगत सहजीकरणका लागि पहल गर्नुपर्ने उनको भनाइ छ।

‘व्यवसाय जटिल र चुनौतीपूर्ण विषय हो। त्यसैले अनुभवी उद्यमीले नयाँ युवालाई चुनौतीभित्र रहेका सम्भावना देखाइदिनुपर्छ,’ उनले भने।  

एआई र डिजिटल प्रविधिबाट स्थानीय अर्थतन्त्रमा अवसर

बाँनियाले एआई र डिजिटल प्रविधिको प्रयोगमार्फत स्थानीय स्तरमै रोजगारी तथा आयआर्जनका अवसर सिर्जना गर्न सकिने बताए। 

स्थानीय तहले आफ्ना क्षेत्रका युवालाई एआई, डिजिटल सामग्री निर्माण, मल्टिमिडिया, पोडकास्ट तथा सामाजिक सञ्जालमार्फत स्थानीय पर्यटन, संस्कृति, खानाका परिकार र धार्मिकस्थलको प्रचारप्रसार गर्न आवश्यक सीप प्रदान गर्नुपर्ने उनको सुझाव छ।

उनका अनुसार स्थानीय युवालाई डिजिटल सीप प्रदान गरेर स्थानीय पर्यटन तथा उत्पादनलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन सकिन्छ। यसबाट एकातिर युवाले आम्दानी गर्न सक्ने र अर्कोतर्फ स्थानीय अर्थतन्त्रसमेत चलायमान बन्ने उनको भनाइ छ।

‘स्थानीय स्तरमा युवालाई एआईका टुल्स प्रयोग गर्ने सीप दिन सकियो भने स्थानीय पर्यटन, खानाका परिकार र सांस्कृतिक स्थललाई विश्व बजारसम्म पुरयाउन सकिन्छ,’ उनले भने। 

उनले युवाले लेखन, सामग्री निर्माण, मल्टिमिडिया, प्रोग्रामिङलगायतका विभिन्न सीप सिक्नुपर्ने बताए। एआईले धेरै काम सहज बनाइदिए पनि त्यसको सही प्रयोगका लागि सम्बन्धित विषयको आधारभूत ज्ञान आवश्यक हुने उनको भनाइ छ।

नीति सहर केन्द्रित भएको गुनासो

बाँनियाले युवासम्बन्धी नीति अझै पनि सहर केन्द्रित रहेको बताउँछन्। ग्रामीण तथा दुर्गम क्षेत्रका युवासम्म सरकारी नीति तथा कार्यक्रम प्रभावकारी रुपमा पुग्न नसकेको उनको भनाइ छ।

उनले केन्द्र र प्रदेश सरकारले स्थानीय तहको क्षमता अभिवृद्धि गरेर युवासम्बन्धी कार्यक्रम गाउँ, टोल र समुदाय तहसम्म पुर्याउनुपर्ने बताए। 

‘जे नीति बनेको छ त्यो अलि बढी सहर केन्द्रित भइरहेको हामी पाउन सक्छौं। सरकारले बनाएको युवाको नीति तथा कार्यक्रम ७५३ पालिका विभिन्न वडा वडाका गाउँसम्म पुगेर त्यहाँका युवाले पनि यो नीति मेरो लागि रहेछ भन्ने अनुभूत गर्न पाउनुपर्छ,’ उनले भने। 

स्थानीय सरकारलाई आवश्यक स्रोत, सीप र अधिकार प्रदान गर्न सके सबै समुदायका युवासम्म कार्यक्रम पु¥याउन सकिने उनको भनाइ छ।

युवा प्रतिनिधित्वलाई नीतिमा रूपान्तरण गर्नुपर्ने

बाँनियाले पछिल्लो समय राज्यका विभिन्न तहमा युवा प्रतिनिधित्व बढेको उल्लेख गर्दै त्यसलाई नीतिगत उपलब्धिमा रूपान्तरण गर्नुपर्ने बताए। 

उनका अनुसार नेपालको कुल जनसङ्ख्यामा १६ देखि ४० वर्ष उमेर समूहको हिस्सा ४२.५६ प्रतिशत रहेको छ। यस्तो जनसाङ्ख्यिक अवस्थालाई मुलुकको आर्थिक विकासका लागि अवसरका रुपमा उपयोग गर्नुपर्ने उनको भनाइ छ।

युवाको राजनीतिक प्रतिनिधित्व मात्र पर्याप्त नभई त्यसलाई रोजगारी, उद्यमशीलता, शिक्षा, सीप विकास र आर्थिक अवसर सिर्जना गर्ने नीतिमा रूपान्तरण गर्नुपर्ने उनले बताए। 

उनले अहिलेको जनसाङ्ख्यिक अवसर सधैँ कायम नरहने भएकाले सरकारले यही समयमा युवाकेन्द्रित दीर्घकालीन नीति निर्माण गर्नुपर्नेमा जोड दिए। 

शिक्षालाई प्रविधिमैत्री बनाउनुपर्ने

युवाको क्षमता विकासका लागि शिक्षा प्रणालीमा सुधार आवश्यक रहेको उनी बताउँछन्। 

रोबोटिक्स, एआई तथा अन्य प्रविधिको विकास तीव्र भइरहेका बेला नेपालको शिक्षण पद्धतिलाई पनि प्रविधिमैत्री बनाउनुपर्ने उनको भनाइ छ।

उनले शिक्षा र सीपलाई उद्यमशीलतासँग जोड्न प्रत्येक क्षेत्रमा युवाका लागि सीप विकास केन्द्र स्थापना गर्नुपर्ने बताए। सबै युवासँग उपकरण, इन्टरनेट वा आवश्यक सफ्टवेयर खरिद गर्ने क्षमता नहुन सक्ने भएकाले राज्यले सामुदायिक तथा सार्वजनिक पहुँचका सीप विकास केन्द्र स्थापना गर्नुपर्ने उनले सुझाव छ।

सीप विकासपछि युवालाई उद्यमशीलतातर्फ लैजान सके रोजगारी सिर्जना हुनुका साथै राज्यको आम्दानीसमेत बढ्ने उनको भनाइ छ।

रोजगारी सिर्जना नगरी वैदेशिक रोजगारी रोक्न कठिन

बाँनियाले स्वदेशमा रोजगारी वा निश्चित आम्दानीको अवसर सुनिश्चित नभएसम्म वैदेशिक रोजगारीमा जाने युवाको सङ्ख्या घटाउन कठिन हुने बताए। 

विदेशमा निश्चित आम्दानीको अपेक्षा गर्न सकिने तर नेपालमा रोजगारीको सुनिश्चितता नहुँदा युवा विदेश जान बाध्य हुने उनको भनाइ छ।

वैदेशिक रोजगारीमा रहेका नेपालीलाई स्वदेश फर्किएर लगानी गर्ने वातावरण निर्माण गर्नुपर्नेमा पनि उनले जोड दिए। विदेशमा सीप तथा पूँजी आर्जन गरेका नेपालीले स्वदेशमै कृषि, पर्यटन, उद्योग तथा अन्य क्षेत्रमा लगानी गरी स्थानीयस्तरमा रोजगारी सिर्जना गर्न सक्ने उनको भनाइ छ।

‘विदेशमा रहेका नेपालीले पूँजी ल्याएर गाउँमै २०–२५ जनालाई रोजगारी दिन सके त्यसले स्थानीय अर्थतन्त्रमा ठूलो योगदान पु¥याउन सक्छ,’ उनले भने।  

सीप सिक्न ढिला नगरौं

अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा युवालाई सन्देश दिँदै बाँनियाले आफ्नो रुचि र आवश्यकता पहिचान गरी तत्काल सीप सिक्न आग्रह गरे। 

उनले पत्रकारिता, कला, प्रविधि वा अन्य जुनसुकै क्षेत्रमा भए पनि आगामी दिनमा प्रविधिसँग जोडिनुपर्ने भएकाले युवाले आफूलाई आवश्यक सीप पहिचान गरी निरन्तर सिकाइमा लाग्नुपर्ने बताए। 

उनले सरकारलाई युवालक्षित उद्यमशीलता कार्यक्रम, सीप विकास योजना तथा नीतिगत सहजीकरणका कार्यक्रम ल्याउन आग्रह गरे। देशभित्र र विदेशमा रहेका युवाले पनि सरकारका नीति निर्माणमा सुझाव दिन तथा आफूले गर्न सक्ने काममा सक्रिय हुनुपर्ने उनको भनाइ छ।

नेपालको युवाशक्तिलाई सीप, प्रविधि र उद्यमशीलतासँग जोड्न सके वैदेशिक रोजगारीमा निर्भरता घटाउँदै स्वदेशमै रोजगारी तथा आयआर्जनका अवसर सिर्जना गर्न सकिने उनले बताए। 

उनले विशेषगरी आफ्नो गृह जिल्ला नुवाकोट तथा विदुर नगरपालिकाका युवालाई प्रविधिसँग जोड्ने र प्राविधिक सीप प्रदान गर्ने कार्यमा आफू निरन्तर सक्रिय रहने बताए। 

उनका अनुसार युवाको क्षमता विकास, सरकारको नीतिगत सहजीकरण, निजी क्षेत्रको अनुभव र स्थानीय तहको प्रभावकारी परिचालनबीच समन्वय हुन सके नेपालमा युवालाई रोजगारी खोज्ने मात्र नभई रोजगारी सिर्जना गर्ने पुस्ताका रुपमा विकास गर्न सकिन्छ।

प्रकाशित मिति: बुधबार, साउन २७, २०८३  ११:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विष्णु पौडेल र शंकर पोखरेललाई ओलीको आरोप– अध्यक्ष हटाउने अपराधपूर्ण क्रियाकलाप
सरकारका प्रवक्ताले भने– अपरिचित व्यक्तिबाट धम्की आएपछि चोलेन्द्रलाई सुरक्षित स्थानमा सारिएको हो
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी उनका अनुसार जनताले सरकारबाट अपेक्षित सुशासन र सेवा प्रवाहको अनुभूति गर्न सकेका छैनन् । त्रिपाठीले जेन्जी आन्दोलनको महत्वपूर्ण एजेन्ड... मंगलबार, भदौ २३, २०८३
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल ‘हामीलाई विश्वास छ, सर्वोच्च अदालतले १४ औँ महाधिवेशनलाई नै वैधानिकता दिएर १५ औँ महाधिवेशनतर्फ अघि बढ्ने बाटो खोल्नेछ,‘ उनले भने । बर... मंगलबार, भदौ १६, २०८३
ताजा समाचारसबै
विष्णु पौडेल र शंकर पोखरेललाई ओलीको आरोप– अध्यक्ष हटाउने अपराधपूर्ण क्रियाकलाप मंगलबार, असोज १३, २०८३
सरकारका प्रवक्ताले भने– अपरिचित व्यक्तिबाट धम्की आएपछि चोलेन्द्रलाई सुरक्षित स्थानमा सारिएको हो मंगलबार, असोज १३, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
सरकारले भन्यो– चोलेन्द्र शम्शेरलाई पक्राउ गरेको होइन मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्