• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ १९, २०८३ Fri, Sep 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया

64x64
नेपाल लाइभ बुधबार, साउन २७, २०८३  ११:३३
1140x725

काठमाडौं– नेपाल युवा परिषद्का संस्थापक एवं अध्यक्ष सरोज बाँनियाले युवालाई सीप, रोजगारी र उद्यमशीलतासँग जोड्न सरकारले नीतिगत प्राथमिकता निर्धारण गर्नुपर्ने बताएका छन्। 

उनले प्रतिस्पर्धात्मक विश्व बजारमा नेपाली युवाको क्षमता अभिवृद्धिका लागि प्राविधिक तथा व्यावसायिक सीपलाई विद्यालय तहदेखि नै प्राथमिकतामा राख्नुपर्ने बताएका हुन्। 

उनका अनुसार सूचना प्रविधि, कृत्रिम बौद्धिकता (एआई) लगायतका क्षेत्रमा आवश्यक सीप प्रदान गर्न सके नेपाली युवाले स्वदेशमै बसेर विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने अवस्था सिर्जना गर्न सकिन्छ।

बाँनियाले युवाका लागि अहिलेको सबैभन्दा ठूलो आवश्यकता सीप भएको बताउँदै प्रविधिको विकाससँगै रोजगारीको स्वरुप पनि परिवर्तन भइरहेकाले त्यसअनुसार युवालाई तयार गर्नुपर्नेमा जोड दिए। 

‘प्रतिस्पर्धात्मक विश्वमा अहिले सीप सबैभन्दा महत्वपूर्ण कुरा हो। सीपभित्र पनि प्राविधिक सीपलाई प्राथमिकतामा राखेर युवालाई तालिम दिन सक्यौँ भने उनीहरुले विश्व बजारमा प्रतिस्पर्धात्मक रुपमा आफ्नो क्षमता प्रस्तुत गरेर जीविकोपार्जन गर्न सक्छन्,’ उनले भने।  

उनका अनुसार नेपालमा उपलब्ध प्रविधि र स्रोतसाधनको उपयोग गर्न कतिपय नीतिगत तथा कानुनी अवरोध रहेका छन्। विश्व बजारमा नेपाली युवाले आफ्नो सीप तथा उत्पादन बिक्री गर्न सक्ने सहज वातावरण बनाउन सरकारको ध्यान जानुपर्ने बाँनिया बताउँछन्। 

बाँनियाका अनुसार नेपालमा बसेर अन्तर्राष्ट्रिय बजारका लागि काम गर्ने युवालाई अन्तर्राष्ट्रिय भुक्तानी प्राप्त गर्ने, आवश्यक अनलाइन सेवा तथा सफ्टवेयर प्रयोग गर्ने र आफ्नो उत्पादन विश्व बजारमा पुर्याउने विषयमा देखिएका कानुनी तथा नीतिगत अवरोध हटाउन आवश्यक छ।

उनले सरकारले विद्यालय तहदेखि नै एआई तथा सूचना प्रविधिसम्बन्धी सीपलाई शिक्षासँग जोड्नुपर्ने बताए। प्लस टु वा माध्यमिक तहको शिक्षा पूरा गरेपछि बजारमा प्रवेश गर्ने युवाले कम्तीमा केही आयआर्जन गर्न सक्ने गरी सीप विकास गरिनुपर्ने उनको भनाइ छ।

Ncell 2
Ncell 2
nimb
nimb

युवालाई विश्व बजारसँग जोड्न प्राविधिक सीपसँगै भाषा तथा सञ्चारसम्बन्धी सीप पनि आवश्यक छ। विश्व बजारमा काम गर्न चाहने युवालाई सरकारले भाषा, डिजिटल प्रविधि र अन्तर्राष्ट्रिय बजारसम्बन्धी आवश्यक ज्ञान तथा तालिम उपलब्ध गराउनुपर्ने उनको भनाइ छ।

युवा राजनीतिक औजार होइनन्, आर्थिक पूँजी हुन्

बाँनियाले युवालाई राजनीतिक परिवर्तनका लागि प्रयोग गर्ने औजारका रुपमा मात्र नभई मुलुकको आर्थिक विकासको महत्वपूर्ण पूँजीका रुपमा हेर्नुपर्ने बताए। 

उनले युवालाई नेपालको अर्थतन्त्र र दैनिक विकास प्रक्रियासँग जोड्न राज्यले दीर्घकालीन नीति बनाउनुपर्नेमा जोड दिए। युवाको क्षमता विकास गर्दै उनीहरुलाई उत्पादन, उद्यमशीलता र रोजगारी सिर्जनामा परिचालन गर्न सके मुलुकको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुग्ने उनको भनाइ छ।

‘युवा हाम्रो लागि पूँजी हुन्। यो पूँजीलाई हामीले नेपालको अर्थतन्त्रसँग जोड्नुपर्छ। दैनिक विकाससँग जोड्न युवालाई शक्तिका रुपमा अगाडि लैजानुपर्छ,’ उनले भने।  

उनका अनुसार राज्यले मात्र सबै समस्या समाधान गर्नेभन्दा युवा स्वयंले पनि आफूले सामना गरिरहेको समस्या पहिचान गरी समाधानको खोजी गर्नुपर्छ। युवा, सरकार, निजी क्षेत्र र अन्य सरोकारवालाबीच सहकार्य र स्पष्ट जिम्मेवारी निर्धारण आवश्यक रहेको उनले बताए। 

युवाले कुनै उद्यम वा परियोजना सुरु गर्नुअघि त्यसको बजार, सम्भावित आम्दानी, रोजगारी सिर्जना गर्ने क्षमता तथा नीतिगत चुनौतीको अध्ययन गर्न सक्ने अवस्था अहिले प्रविधिले सहज बनाएको उनको भनाइ छ।

‘राज्यले यति लगानी गर्यो भने हामी यति रोजगारी सिर्जना गर्न सक्छौँ, यति आम्दानी हुन्छ र यति कर राज्यलाई फर्काउन सक्छौँ भन्ने आधारमा युवाले सरकारसँग संवाद र सहकार्य गर्नुपर्छ,’ उनले भने।  

निजी क्षेत्रले नयाँ उद्यमीलाई मार्गदर्शन गर्नुपर्ने

उनले नयाँ पुस्ताका उद्यमीलाई निजी क्षेत्रले अनुभव र मार्गदर्शन उपलब्ध गराउनुपर्ने बताए। 

पुराना तथा अनुभवी व्यवसायीले आफ्नो क्षेत्रमा रहेका अवसर, चुनौती र विगतका कमजोरीबारे नयाँ उद्यमीलाई जानकारी गराउन सके नयाँ पुस्ताले पुराना गल्ती दोहोर्याउन नपर्ने उनको भनाइ छ।

विशेषगरी कृषि, खाद्य उद्योग, पर्यटन तथा सूचना प्रविधिजस्ता क्षेत्रलाई प्रविधिसँग जोडेर नयाँ व्यवसाय सिर्जना गर्न सकिने उनले बताए। 

निजी क्षेत्रका अनुभवी व्यवसायीले युवालाई अभिभावकत्व प्रदान गर्दै सरकारसँग आवश्यक नीतिगत सहजीकरणका लागि पहल गर्नुपर्ने उनको भनाइ छ।

‘व्यवसाय जटिल र चुनौतीपूर्ण विषय हो। त्यसैले अनुभवी उद्यमीले नयाँ युवालाई चुनौतीभित्र रहेका सम्भावना देखाइदिनुपर्छ,’ उनले भने।  

एआई र डिजिटल प्रविधिबाट स्थानीय अर्थतन्त्रमा अवसर

बाँनियाले एआई र डिजिटल प्रविधिको प्रयोगमार्फत स्थानीय स्तरमै रोजगारी तथा आयआर्जनका अवसर सिर्जना गर्न सकिने बताए। 

स्थानीय तहले आफ्ना क्षेत्रका युवालाई एआई, डिजिटल सामग्री निर्माण, मल्टिमिडिया, पोडकास्ट तथा सामाजिक सञ्जालमार्फत स्थानीय पर्यटन, संस्कृति, खानाका परिकार र धार्मिकस्थलको प्रचारप्रसार गर्न आवश्यक सीप प्रदान गर्नुपर्ने उनको सुझाव छ।

उनका अनुसार स्थानीय युवालाई डिजिटल सीप प्रदान गरेर स्थानीय पर्यटन तथा उत्पादनलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन सकिन्छ। यसबाट एकातिर युवाले आम्दानी गर्न सक्ने र अर्कोतर्फ स्थानीय अर्थतन्त्रसमेत चलायमान बन्ने उनको भनाइ छ।

‘स्थानीय स्तरमा युवालाई एआईका टुल्स प्रयोग गर्ने सीप दिन सकियो भने स्थानीय पर्यटन, खानाका परिकार र सांस्कृतिक स्थललाई विश्व बजारसम्म पुरयाउन सकिन्छ,’ उनले भने। 

उनले युवाले लेखन, सामग्री निर्माण, मल्टिमिडिया, प्रोग्रामिङलगायतका विभिन्न सीप सिक्नुपर्ने बताए। एआईले धेरै काम सहज बनाइदिए पनि त्यसको सही प्रयोगका लागि सम्बन्धित विषयको आधारभूत ज्ञान आवश्यक हुने उनको भनाइ छ।

नीति सहर केन्द्रित भएको गुनासो

बाँनियाले युवासम्बन्धी नीति अझै पनि सहर केन्द्रित रहेको बताउँछन्। ग्रामीण तथा दुर्गम क्षेत्रका युवासम्म सरकारी नीति तथा कार्यक्रम प्रभावकारी रुपमा पुग्न नसकेको उनको भनाइ छ।

उनले केन्द्र र प्रदेश सरकारले स्थानीय तहको क्षमता अभिवृद्धि गरेर युवासम्बन्धी कार्यक्रम गाउँ, टोल र समुदाय तहसम्म पुर्याउनुपर्ने बताए। 

‘जे नीति बनेको छ त्यो अलि बढी सहर केन्द्रित भइरहेको हामी पाउन सक्छौं। सरकारले बनाएको युवाको नीति तथा कार्यक्रम ७५३ पालिका विभिन्न वडा वडाका गाउँसम्म पुगेर त्यहाँका युवाले पनि यो नीति मेरो लागि रहेछ भन्ने अनुभूत गर्न पाउनुपर्छ,’ उनले भने। 

स्थानीय सरकारलाई आवश्यक स्रोत, सीप र अधिकार प्रदान गर्न सके सबै समुदायका युवासम्म कार्यक्रम पु¥याउन सकिने उनको भनाइ छ।

युवा प्रतिनिधित्वलाई नीतिमा रूपान्तरण गर्नुपर्ने

बाँनियाले पछिल्लो समय राज्यका विभिन्न तहमा युवा प्रतिनिधित्व बढेको उल्लेख गर्दै त्यसलाई नीतिगत उपलब्धिमा रूपान्तरण गर्नुपर्ने बताए। 

उनका अनुसार नेपालको कुल जनसङ्ख्यामा १६ देखि ४० वर्ष उमेर समूहको हिस्सा ४२.५६ प्रतिशत रहेको छ। यस्तो जनसाङ्ख्यिक अवस्थालाई मुलुकको आर्थिक विकासका लागि अवसरका रुपमा उपयोग गर्नुपर्ने उनको भनाइ छ।

युवाको राजनीतिक प्रतिनिधित्व मात्र पर्याप्त नभई त्यसलाई रोजगारी, उद्यमशीलता, शिक्षा, सीप विकास र आर्थिक अवसर सिर्जना गर्ने नीतिमा रूपान्तरण गर्नुपर्ने उनले बताए। 

उनले अहिलेको जनसाङ्ख्यिक अवसर सधैँ कायम नरहने भएकाले सरकारले यही समयमा युवाकेन्द्रित दीर्घकालीन नीति निर्माण गर्नुपर्नेमा जोड दिए। 

शिक्षालाई प्रविधिमैत्री बनाउनुपर्ने

युवाको क्षमता विकासका लागि शिक्षा प्रणालीमा सुधार आवश्यक रहेको उनी बताउँछन्। 

रोबोटिक्स, एआई तथा अन्य प्रविधिको विकास तीव्र भइरहेका बेला नेपालको शिक्षण पद्धतिलाई पनि प्रविधिमैत्री बनाउनुपर्ने उनको भनाइ छ।

उनले शिक्षा र सीपलाई उद्यमशीलतासँग जोड्न प्रत्येक क्षेत्रमा युवाका लागि सीप विकास केन्द्र स्थापना गर्नुपर्ने बताए। सबै युवासँग उपकरण, इन्टरनेट वा आवश्यक सफ्टवेयर खरिद गर्ने क्षमता नहुन सक्ने भएकाले राज्यले सामुदायिक तथा सार्वजनिक पहुँचका सीप विकास केन्द्र स्थापना गर्नुपर्ने उनले सुझाव छ।

सीप विकासपछि युवालाई उद्यमशीलतातर्फ लैजान सके रोजगारी सिर्जना हुनुका साथै राज्यको आम्दानीसमेत बढ्ने उनको भनाइ छ।

रोजगारी सिर्जना नगरी वैदेशिक रोजगारी रोक्न कठिन

बाँनियाले स्वदेशमा रोजगारी वा निश्चित आम्दानीको अवसर सुनिश्चित नभएसम्म वैदेशिक रोजगारीमा जाने युवाको सङ्ख्या घटाउन कठिन हुने बताए। 

विदेशमा निश्चित आम्दानीको अपेक्षा गर्न सकिने तर नेपालमा रोजगारीको सुनिश्चितता नहुँदा युवा विदेश जान बाध्य हुने उनको भनाइ छ।

वैदेशिक रोजगारीमा रहेका नेपालीलाई स्वदेश फर्किएर लगानी गर्ने वातावरण निर्माण गर्नुपर्नेमा पनि उनले जोड दिए। विदेशमा सीप तथा पूँजी आर्जन गरेका नेपालीले स्वदेशमै कृषि, पर्यटन, उद्योग तथा अन्य क्षेत्रमा लगानी गरी स्थानीयस्तरमा रोजगारी सिर्जना गर्न सक्ने उनको भनाइ छ।

‘विदेशमा रहेका नेपालीले पूँजी ल्याएर गाउँमै २०–२५ जनालाई रोजगारी दिन सके त्यसले स्थानीय अर्थतन्त्रमा ठूलो योगदान पु¥याउन सक्छ,’ उनले भने।  

सीप सिक्न ढिला नगरौं

अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा युवालाई सन्देश दिँदै बाँनियाले आफ्नो रुचि र आवश्यकता पहिचान गरी तत्काल सीप सिक्न आग्रह गरे। 

उनले पत्रकारिता, कला, प्रविधि वा अन्य जुनसुकै क्षेत्रमा भए पनि आगामी दिनमा प्रविधिसँग जोडिनुपर्ने भएकाले युवाले आफूलाई आवश्यक सीप पहिचान गरी निरन्तर सिकाइमा लाग्नुपर्ने बताए। 

उनले सरकारलाई युवालक्षित उद्यमशीलता कार्यक्रम, सीप विकास योजना तथा नीतिगत सहजीकरणका कार्यक्रम ल्याउन आग्रह गरे। देशभित्र र विदेशमा रहेका युवाले पनि सरकारका नीति निर्माणमा सुझाव दिन तथा आफूले गर्न सक्ने काममा सक्रिय हुनुपर्ने उनको भनाइ छ।

नेपालको युवाशक्तिलाई सीप, प्रविधि र उद्यमशीलतासँग जोड्न सके वैदेशिक रोजगारीमा निर्भरता घटाउँदै स्वदेशमै रोजगारी तथा आयआर्जनका अवसर सिर्जना गर्न सकिने उनले बताए। 

उनले विशेषगरी आफ्नो गृह जिल्ला नुवाकोट तथा विदुर नगरपालिकाका युवालाई प्रविधिसँग जोड्ने र प्राविधिक सीप प्रदान गर्ने कार्यमा आफू निरन्तर सक्रिय रहने बताए। 

उनका अनुसार युवाको क्षमता विकास, सरकारको नीतिगत सहजीकरण, निजी क्षेत्रको अनुभव र स्थानीय तहको प्रभावकारी परिचालनबीच समन्वय हुन सके नेपालमा युवालाई रोजगारी खोज्ने मात्र नभई रोजगारी सिर्जना गर्ने पुस्ताका रुपमा विकास गर्न सकिन्छ।

प्रकाशित मिति: बुधबार, साउन २७, २०८३  ११:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढी : ७ हजार ५७० घर पूर्ण क्षतिग्रस्त, ३२ हजारभन्दा बढी प्रभावित
शुक्रबार दिनभर उद्धारमा के–के भयो ?
बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा अवधि पुनः ७ दिन थप
सम्बन्धित सामग्री
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल ‘हामीलाई विश्वास छ, सर्वोच्च अदालतले १४ औँ महाधिवेशनलाई नै वैधानिकता दिएर १५ औँ महाधिवेशनतर्फ अघि बढ्ने बाटो खोल्नेछ,‘ उनले भने । बर... मंगलबार, भदौ १६, २०८३
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती उनका अनुसार बेलायत, अमेरिका र अस्ट्रेलियाजस्ता देशमा पनि ठूलो विपद्का बेला सयौँ वा हजारौँ शवको पहिचान तत्काल सम्पन्न हुँदैन । त्यहाँ... आइतबार, भदौ १४, २०८३
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया उनले प्रतिस्पर्धात्मक विश्व बजारमा नेपाली युवाको क्षमता अभिवृद्धिका लागि प्राविधिक तथा व्यावसायिक सीपलाई विद्यालय तहदेखि नै प्राथमिक... बुधबार, साउन २७, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढी : ७ हजार ५७० घर पूर्ण क्षतिग्रस्त, ३२ हजारभन्दा बढी प्रभावित शुक्रबार, भदौ १९, २०८३
शुक्रबार दिनभर उद्धारमा के–के भयो ? शुक्रबार, भदौ १९, २०८३
बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा अवधि पुनः ७ दिन थप शुक्रबार, भदौ १९, २०८३
बाढीपीडित बालबालिकालाई प्रधामन्त्रीले भने– तपाईंहरुलाई आफ्नो भविष्यको सपना बुन्ने वातावरण तयार गर्नेछौं शुक्रबार, भदौ १९, २०८३
चौलानी पहिरो : उच्च जोखिममा रहेका १० परिवारलाई सुरक्षित स्थानमा सारियो शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य बन्द शुक्रबार, भदौ १९, २०८३
तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर बिहीबार, भदौ १८, २०८३
सर्वोच्च अदालतको अभिलेख शाखामा आगलागी बिहीबार, भदौ १८, २०८३
शाेक मनाउने सरकारी निर्णयप्रती रास्वपा नेताबाटै विराेध शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो नरेन्द्र कटुवाल
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्