काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभाका सदस्य तथा संसदीय दलका नेता उद्धव थापालाई पदमुक्त गर्ने निर्णय गरेको छ ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रदेशसभामा पत्र पठाउँदै थापालाई प्रदेशसभा सदस्यबाट हटाउने निर्णयबारे जानकारी गराएका हुन् ।
अध्यक्ष लिङ्देनको हस्ताक्षर रहेको उक्त पत्र राप्रपाकी बागमती प्रदेश संसदीय दलकी प्रमुख सचेतक कुमारी तामाङले उपसभामुख अप्सरा चापागाईंलाई बुझाएकी छन् ।
पार्टीको निर्णयविपरीत गतिविधि तथा निर्णय गरेको भन्दै थापालाई सांसद पदबाट हटाउने निर्णय गरिएको पत्रमा उल्लेख छ ।
यससँगै राप्रपाभित्र बागमती प्रदेशमा देखिएको आन्तरिक विवाद थप चर्किएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।