• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, भदौ २२, २०८३ Mon, Sep 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा

64x64
जयप्रकाश आनन्द शनिबार, साउन ३०, २०८३  १९:५०
1140x725

बीबीसी समाचारमा लोकतन्त्रको कठिन यात्रा
कहिलेकाहीँ इतिहासका ठूला घटनाहरू सम्झाउन धेरै लामो दस्तावेज चाहिँदैन। एउटा पुरानो तस्वीर, एउटा अखबारको सानो समाचारको संझना नै पर्याप्त हुन्छ। समय बित्दै जाँदा मानिसहरू बदलिन्छन्, मानिसका भुमिकाहरू बदलिन्छन्, राजनीतिक समीकरणहरू बदलिन्छन्; तर त्यतिबेलाको संघर्ष र त्यसले चुकाएको मूल्य भने इतिहासका पानामा कतै न कतै बाँकी रहन्छ। 

आज मेरो हातमा आएको बीबीसी न्यूजको २४ मे २००५ को एउटा पुरानो स्क्रिनसट त्यस्तै एउटा दस्तावेज हो।समाचारको शीर्षक थियो—“Nepal told to free student leader.” समाचारले नेपालमा तत्कालीन शाही सत्ताले गिरफ्तार गरेका नेबि संघका नेता गगन थापा र म, पूर्वमन्त्री जयप्रकाश गुप्ताको हिरासतलाई सर्वोच्च अदालतले गैरकानुनी ठहर गरेको र हामीहरूलाई रिहा गर्न आदेश दिएको उल्लेख गरेको छ। आज त्यो समाचार पढ्दा बीस वर्षभन्दा बढी पुरानो एउटा समय फेरि आँखाअगाडि आउँछ।

त्यो सामान्य समय थिएन।

विसं २०६१ साल माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्रले प्रत्यक्ष शासन आफ्नो हातमा लिएपछि देशको राजनीतिक वातावरण एकाएक साँघुरियो। राजनीतिक दलका नेता, कार्यकर्ता, विद्यार्थी र नागरिक समाजका व्यक्तिहरूमाथि गिरफ्तारीको क्रम चल्यो। सञ्चारमाध्यममाथि नियन्त्रण बढ्यो। मौलिक अधिकारहरू संकुचित भए।

त्यस्तो वातावरणमा विरोध गर्नु केवल राजनीतिक असहमति प्रकट गर्नु थिएन। त्यसको मूल्य कम्तिमा जेल थियो, यातना थियो, राजनीतिक भविष्य गुम्न सक्थ्यो। त्यसैले त्यो समयलाई आजको सहज राजनीतिक वातावरणबाट हेर्दा त्यसको वास्तविक कठिनाइ बुझ्न सजिलो छैन।

तर केही मानिसहरू सडकमा थिए। प्रजातन्त्रवादी तथा कम्युनिष्ट, नागरिक समाजका कैयन व्यक्तिहरू हिरासत अनि जेलमा कोचिएका थिए। गगन थापा त्यतिबेला विद्यार्थी नेता थिए। उनको भाषण, शैली र निर्भीकताका कारण उनलाई बीबीसीले ‘firebrand’ अर्थात् जोशिलो र आक्रामक युवा नेताका रूपमा चित्रित गरेको थियो। उनी शाही कदम र संकटकालको खुलेर आलोचना गरिरहेका थिए। 

म पनि त्यही संघर्षको अर्को मोर्चामा थिएँ। हप्तौँको भूमिगत राजनीतिक गतिविधि र आन्दोलनपछि गगन थापा र म लगायत कयौं पक्राउ परेका थियौँ। अर्जुन नरसिंह केसी, डा. रामशरण महत, सुवास नेम्बांग, प्रदीप पौडेल, बासु कोईराला लगायत कयौं एक ठाममा थियौं।

यसरी नै तत्कालीन सरकारले सार्वजनिक सुरक्षा कानुनअन्तर्गत सयौंलाई बिभिन्न हिरासतमा राखेको थियो। सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन परेपछि अदालतले मेरो र गगनको हिरासतलाई गैरकानुनी ठहर गर्दै रिहाइको आदेश दिएको थियो। तर त्यो समयको विडम्बना यति गहिरो थियो कि अदालतको आदेशले जेलको ढोका खुले पनि राज्यसत्ताको इच्छा समाप्त भएको थिएन।

Ncell 2
Ncell 2
nimb
nimb

रिहा भएपछि पुनः पक्राउ गर्ने घटना दोहोरिन्थ्यो। मलाई लगातार पाँच पटकसम्म सर्वोच्च अदालतले रिहा गर्ने आदेश दियो, अदालतबाट बाहिर आउने बित्तिकै पुनः पक्राउ पर्थे। अदालतको आदेश र राज्यसत्ताको व्यवहारबीच यस्तो दूरी देखिन्थ्यो, जसले कानुनी शासनमाथिको गम्भीर प्रश्न उठाउँथ्यो। बीबीसीको उक्त समाचारले यही अवस्थालाई अन्तर्राष्ट्रिय जगत्सामु ल्याएको थियो।

आज त्यो तस्वीरलाई हेर्दा म त्यसबेलाको आफ्नो जीवनलाई पनि सम्झन्छु। म त्यस अघि नेपाली कांग्रेसको देउवा सरकारमा मन्त्री थिएँ। शाही सत्तापछि राजनीतिक परिस्थितिले ठूलो मोड लियो। राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासन आयो। म स्वयं पनि पटक पटक जेल परेँ। त्यसपछिका वर्षहरूमा मेरो राजनीतिक जीवन अनेकौँ उतारचढाव, संघर्ष, आरोप, अभियोग र अन्ततः राजनीतिक मूलधारबाट बाहिरिनुपरेको अवस्थासम्म आइपुग्यो। हरेक राजनीतिक यात्राको आफ्नो एउटा निजी पीडा हुन्छ। मेरो यात्राको पीडा पनि छ।

तर इतिहासलाई केवल आफ्नो पीडाको आँखाबाट हेर्नु उचित हुँदैन। त्यसैले आज गगन थापाको त्यो पुरानो तस्वीर हेर्दा म आफ्नै अतीत मात्र देख्दिनँ; म एउटा पुस्ताको बेचैनी देख्छु। त्यो पुस्ता जसले प्रश्न गर्न खोजेको थियो। त्यो पुस्ता जसले सत्ता शक्तिशाली भएपनि नागरिकको आवाज अझ ठूलो हुन सक्छ भन्ने विश्वास गरेको थियो। र त्यो पुस्ता जसले लोकतन्त्रलाई केवल निर्वाचनको दिन मत खसाल्ने व्यवस्था मानेको थिएन। मलाई लाग्छ, आजको तेही उमेरका पुस्तामा उही प्रश्न बिद्यमान छ, मुलुकका सवालमा, पार्टीहरूका आन्तरिक सवालमा—जसको अद्यावधि बेवास्था भैरहेको छ। 

आज समय बदलिएको छ

दुई दशक लामो समय हो। त्यतिबेला हिरासतमा राखिएका विद्यार्थी नेता गगन थापा आज नेपाली कांग्रेसको सभापतिको जिम्मेवारीमा छन्। त्यतिबेला राज्यसत्ताको आलोचना गर्दै सडकमा उभिएको एउटा युवा आज देशको प्रमुख लोकतान्त्रिक राजनीतिक दलको नेतृत्व गरिरहेको छ। यो परिवर्तन आफैंमा लोकतान्त्रिक यात्राको एउटा अर्थपूर्ण अध्याय हो। यदि गत भाद्रको जेन–जी विद्रोहको नकारात्मक परिणामलाई बिर्सेर त्यस आन्दोलनको मूल तत्वमा प्रवेश गर्ने हो भने केपी ओलीको शासन चरित्रबारे जेन–जीहरुले जसरी प्रश्न उठाएका थिए, मेरो विचारमा गगनहरूले नेपाली कांग्रेस पार्टी भित्र तत्कालीन सभापति देउवाकासँग तेस्तै प्रश्नहरू उठाएका हुन्। प्रश्नको चरित्र लगभग एउटै प्रकृति तथा चरित्रका छन्। 

कुनै समय सँगै थुनामा रहेका गगनहरू आज एक कठिन यात्रामा छन्। म पनि आज त्यही राजनीतिक यात्राको अर्को किनारमा उभिएको छु—लामो समय नेपाली कांग्रेसमा रहेर, सरकारमा बसेर, आन्दोलनमा सहभागी भएर, जेलमा परेर र अन्ततः अनेकौं राजनीतिक तथा कानुनी घटनाक्रमका कारण मूलधारको सक्रिय राजनीतिबाट बाहिरिएको अवस्थामा। हामी दुईको आजको राजनीतिक स्थिति एउटै छैन। यहाँ त्यसबारे चर्चाको महत्व पनि छैन।

हाम्रो बाटो पनि एउटै रहेन। तर इतिहासको एउटा पानामा हाम्रो नाम एउटै समाचारमा परेको भेटिएको छ। त्यसलाई म संयोग मात्र मान्दिनँ। त्यो समयको एउटा साक्षीका रूपमा त्यसको आफ्नै अर्थ छ।

आजको कांग्रेस र हिजोको सम्झना
आज नेपाली कांग्रेसभित्र दुई धारबीच विवाद छ। पार्टीका विभिन्न पक्षका समानान्तर भेला भइरहेका छन्। नेतृत्व, संगठन र आगामी राजनीतिक दिशाबारे बहस र संघर्ष चलिरहेको छ। यही क्रममा भर्खरै शेरबहादुर देउवाले आफ्नो पक्षको भेलामा आफूले तत्कालीन राजा ज्ञानेन्द्रसमक्ष “म प्रजातन्त्रको विरुद्ध जान सक्दिनँ” भनेको प्रसंग स्मरण गर्नुभएको कुरा सार्वजनिक भएको छ। इतिहासलाई सम्झँदा यस्ता कथनहरू स्वाभाविक रूपमा बहसको विषय बन्छन्। किनकि इतिहासमा मानिसका भूमिका एउटै रेखामा कोरिएका हुँदैनन्। राजनीतिक परिस्थितिले व्यक्तिहरूलाई कहिले एउटा निर्णयतर्फ, कहिले अर्को निर्णयतर्फ धकेल्छ। त्यसैले इतिहासलाई न त देवत्वकरण गरेर हेर्नुपर्छ, न दानवीकरण गरेर।

तर एउटा कुरा भने बिर्सन मिल्दैन—माघ १९ पछिको शाही शासन नेपाली लोकतन्त्रको एउटा कठोर परीक्षा थियो। त्यो परीक्षामा को कहाँ उभियो, कसले के गर्‍यो, कसले कति मूल्य चुकायो—यी प्रश्नहरू भविष्यका पुस्ताले पनि सोध्नेछन्। त्यसको उत्तर भाषणहरूले मात्र होइन, दस्तावेजहरूले दिनेछन्। त्यसैले यो बीबीसीको स्क्रिनसट महत्वपूर्ण छ। यो कुनै व्यक्तिलाई महान् प्रमाणित गर्ने दस्तावेज होइन। यो कसैलाई दोषी ठहर गर्ने अदालतको फैसला पनि होइन। यो त एउटा समयको प्रत्यक्ष अभिलेख हो।

गगनप्रति एउटा पुरानो सम्झना
आज गगन थापा कांग्रेसको सभापतिको जिम्मेवारीमा छन्। उनका राजनीतिक विचार, निर्णय र नेतृत्वका बारेमा आलोचना वा समर्थन हुन सक्छ। लोकतन्त्रमा त्यो स्वाभाविक हो। कुनै पनि राजनीतिक नेता आलोचनाभन्दा माथि हुँदैन। तर आजको राजनीतिक बहसमा कहिलेकाहीँ हिजोको इतिहास बिर्सिने खतरा हुन्छ।

गगनलाई आजको पदबाट मात्र हेर्नु अपूर्ण हुन्छ।उनी एक समय जेलको ढोकामा उभिएको युवा पनि हुन्। सर्वोच्च अदालतले उनको हिरासतलाई गैरकानुनी ठहर गरेको समयको त्यो युवा पनि हुन्। र निरंकुशताको विरुद्ध सडकमा आवाज उठाउने एउटा पुस्ताका प्रतिनिधि पनि हुन्। त्यसैले आज उनीसँग राजनीतिक असहमति राख्नेहरूले पनि उनको त्यो इतिहासलाई अस्वीकार गर्नु आवश्यक छैन। बरु लोकतन्त्रको सुन्दरता यही हो—हिजो सडकमा पक्राउ परेको युवा आज पार्टीको नेतृत्वमा पुग्न सक्छ।

अनि मेरो आफ्नै कथा?
यहाँ राखिएको बिबिसी स्क्रिनसटको यो तस्वीरमा गगनको अनुहार देखिन्छ। तर यसको अर्को कुनामा मेरो पनि एउटा इतिहास छ। बीबीसीको समाचारले मलाई “former minister Jaya Prakash Gupta” भनेर चिनाएको छ। त्यतिबेला म सरकारमा केही पटक मन्त्री भइसकेको व्यक्ति थिएँ। तर केही समयपछि त्यही राज्यसत्ताको नजरमा म पनि बन्दी बनेँ।राजनीतिक जीवनमा यस्तो विरोधाभास असम्भव होइन। सत्तामा हुँदा राज्यको निर्णय गर्ने मानिस नै कुनै दिन राज्यको निर्णयबाट पीडित हुन सक्छ। मसँग त्यस्ता अनुभवहरू छन्, जसलाई सम्झँदा आज पनि मन भारी हुन्छ। तर म आफ्नो पीडालाई अरूको पीडाभन्दा ठूलो बनाउन चाहन्नँ।

गगनहरूको तेस बेलाको गिरफ्तारी मेरो राजनीतिक यात्राको एउटा साक्षी घटना थियो। तर त्योभन्दा ठूलो कुरा, त्यो लोकतन्त्र कमजोर भएको एउटा राष्ट्रिय क्षण थियो। हामी दुवैको व्यक्तिगत कथा त्यही राष्ट्रिय कथाको सानो अंश मात्र हो।

इतिहासलाई प्रतिशोधको साधन होइन, चेतनाको स्रोत बनाऔँ
आज नेपाली कांग्रेसभित्र विवाद छ। भोलि अर्को विवाद आउन सक्छ। नेतृत्व फेरिन सक्छ। पक्ष बदलिन सक्छ। राजनीतिक समीकरण फेरिन सक्छ। तर लोकतन्त्रको मूल प्रश्न फेरिनु हुँदैन। लोकतन्त्रका स्थायी स्तम्भ—पार्टी अर्थात तेस मध्येका एक मुख्य पार्टी नेपाली काँग्रेस दलभित्रको विवादलाई इतिहासको सत्य मेट्ने माध्यम बनाउनु हुँदैन। हिजो कसले के गर्‍यो भन्ने प्रश्न उठाउनु आवश्यक छ, तर त्यसको उद्देश्य प्रतिशोध होइन—राजनीतिक आत्मसमीक्षा हुनुपर्छ। आज गगनले नेतृत्व गरिरहेको कांग्रेसले आफ्नो अतीत सम्झनुपर्छ। यो शेरबहादुर देउवाहरूले पनि, शेरबहादुर दाईले पनि आफ्नो लामो राजनीतिक यात्रालाई इमानदारीपूर्वक फर्केर हेर्नुपर्छ। र म स्वयंले पनि आफ्नो यात्राका सफलताभन्दा कमजोरीहरूलाई समेत इतिहासको कठघरामा राखेर हेर्न सक्नुपर्छ। सबैले, किनकि लोकतन्त्र अरूलाई प्रश्न गर्ने अधिकार मात्र होइन, आफूलाई पनि प्रश्न गर्ने साहस हो।

एउटा पुरानो तस्वीरको आजको अर्थ
बीस वर्षअघि बीबीसीले प्रकाशित गरेको त्यो तस्वीर आज मेरो सामु आएको छ। त्यतिबेला गगन थापा एउटा युवा विद्यार्थी नेता थिए। म पूर्वमन्त्रीका रूपमा हिरासतमा थिएँ। अदालतले हाम्रो रिहाइको आदेश दिएको थियो। राज्यसत्ता भने त्यस आदेशलाई समेत चुनौती दिने अवस्थामा थियो।

आज दृश्य बदलिएको छ। गगन कांग्रेसको सभापति छन्। म सक्रिय पार्टी राजनीतिबाट बाहिर छु।

बीचमा देशले गणतन्त्र देख्यो, संविधान देख्यो, सत्ता परिवर्तनहरू देख्यो। हामी सबैले आफ्नो-आफ्नो मूल्य चुकायौँ। त्यसैले आज त्यो स्क्रिनसटलाई हेर्दा मेरो मनमा कुनै विजयको भावना आउँदैन। बरु एउटा गहिरो सम्झना आउँछ—लोकतन्त्र सजिलै आएको थिएन।

त्यसका लागि मानिसहरूले आफ्नो स्वतन्त्रता गुमाए।

कतिले जेल भोगे। कतिले आफ्नो राजनीतिक भविष्य गुमाए। कतिले परिवारबाट टाढा बस्नुपर्‍यो।

कतिले अपमान सहनुपर्‍यो। र कतिले इतिहासमा आफ्नो नामसमेत नआउने गरी संघर्ष गरे। त्यो संघर्षको ऋण कुनै एउटा नेता, कुनै एउटा दल वा कुनै एउटा पुस्ताले मात्र बोकेको होइन। त्यो नेपाली समाजको सामूहिक इतिहास हो। आज हामी जहाँ उभिएका छौँ, त्यहाँ पुग्न विगतका ती अँध्यारा दिनहरू पार गर्नुपरेको थियो।

त्यसैले यो पुरानो बीबीसी समाचारलाई म केवल एउटा समाचारका रूपमा हेर्दिनँ। यो मेरो पुस्तालाई सम्झाउने ऐना हो। र नयाँ पुस्तालाई एउटा विनम्र आग्रह पनि— हिजोको संघर्षलाई आफ्नो राजनीतिक स्वार्थका लागि प्रयोग नगर्नू। तर त्यसलाई बिर्सन पनि नहुने।

किनकि इतिहास बिर्सिएको समाजले फेरि त्यही अँध्यारो बाटो भेट्न सक्छ। र लोकतन्त्रको सबैभन्दा ठूलो सुरक्षा कुनै एउटा नेताको हातमा होइन—नागरिकको स्मृतिमा हुन्छ। जयप्रकाश आनन्दको सामाजिक सञ्जालबाट

प्रकाशित मिति: शनिबार, साउन ३०, २०८३  १९:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
जयप्रकाश आनन्द
लेखकबाट थप
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा
सम्बन्धित सामग्री
विपत्तिमा राजनीति होइन, उदार नीति प्रदर्शन गरौं भाद्र १७ गते संसद्मा देखिएको दृश्यले मन भारी बनायो। देशका नागरिक विपत्तिको पीडामा छन्। कतै घर उजाडिएका छन्, कतै परिवार विखण्डित भएका... शनिबार, भदौ २०, २०८३
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो अन्ततः, विपद्को समयमा मानवीय संवेदना सबैभन्दा ठूलो शक्ति हो । उद्धारमा राज्य, सुरक्षा निकाय र समुदायको सहकार्य आवश्यक छ । राहतमा सबै... शुक्रबार, भदौ १९, २०८३
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी सबैभन्दा गम्भीर पक्ष उद्धारका लागि सुरुदेखि नै विदेशी मुलुकहरूले देखाएको सहयोगको तत्परता हो। बाह्रवटा देशले आफ्ना फसेका नागरिकहरूको... बिहीबार, भदौ १८, २०८३
ताजा समाचारसबै
४० जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम, सतर्क रहन आग्रह सोमबार, भदौ २२, २०८३
जर्मनीको राज्य चुनावमा दक्षिणपन्थी एएफडीको ठूलो जित, सत्ताको नजिक पुग्यो सोमबार, भदौ २२, २०८३
पर्यटकको पर्खाइमा लोदेनको छोनासिङ पोखरी सोमबार, भदौ २२, २०८३
हनुमन्ते खोलामा जलसतह खतरा तह पार, सतर्क रहन आग्रह सोमबार, भदौ २२, २०८३
मियामी विमानस्थलमा अमेजनको कार्गो विमान दुर्घटना, पाँच जनाको मृत्यु सोमबार, भदौ २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
केपी ओलीलाई कालोमोसो दलिएको ‘एआई निर्मित’ कृतिम फोटो भाइरल आइतबार, भदौ २१, २०८३
ठमेलमा युवती जिस्क्याउने युवक पक्राउ आइतबार, भदौ २१, २०८३
केसीले दिए कांग्रेस मिलाउने पाँच सूत्र, के–के हुन् प्रस्ताव? आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विपत्तिमा राजनीति होइन, उदार नीति प्रदर्शन गरौं डा.रुद्रनाथ अधिकारी
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो नरेन्द्र कटुवाल
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्