काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह र प्रधानन्यायाधीश मनोजकुमार शर्मा एकै पटक शुक्रबार गण्डकी प्रदेश जाने कार्यक्रम तय भएको छ ।
प्रधानमन्त्री शाह मुस्ताङ जाने कार्यक्रम रहेको छ । प्रधानन्यायाधीश मनोजकुमार शर्माको पनि पोखरा बाग्लुङ हुँदै मुस्ताङ जाने कार्यक्रम छ ।
प्रधानमन्त्री र प्रधानन्यायाधीश दुवै शुक्रबार नै पोखरा पुग्दै छन् । प्रधानमन्त्री कार्यलय स्रोतका अनुसार साह मुस्ताङ जाने तर स्थान भने गोप्य राखिएको छ ।
प्रधानन्यायाधीश शर्मा भने अदालत निरीक्षण भ्रमणमा जान लागेका हुन् । प्रधानमन्त्री भोलि नै काठमाडौं फर्कने कार्यक्रम छ भने प्रधानन्यायाधीश शर्मा आइतबार मात्र फर्कने छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।