काठमाडौं- प्रदेश र प्रतिनिधिसभा सदस्यका लागि पहिलो चरणमा निर्वाचन हुने जिल्लाका मतदातालाई निर्वाचन आयोगले आजदेखि मतदाता परिचयपत्र वितरण गर्दैछ।
परिचयपत्र लिन बाँकी पुराना र गत भदौ ३ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गरेका नयाँ मतदाताले परिचयपत्र पाउने भएका हुन्। आज र भोलि दुई दिन आयोगले परिचयपत्र वितरण गर्ने भएको हो।
पहिलो चरणमा ३२ जिल्लामा मतदान हुँदैछ।
नामावली सार्न, त्रुटि सुधार गर्न निवेदन दिएका मतदाताको परिचयपत्र सम्बन्धित मतदान केन्द्रबाटै वितरण हुने आयोगले जनाएको छ।
आयोगले दोस्रो चरणमा निर्वाचन हुने ४५ जिल्लामा भने १९ र २० गते मतदाता परिचयपत्र वितरण गर्ने भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।