रसुवा- मौन अवधि सुरु हुनुभन्दा केही समयअगाडि राजनीतिक दलका कार्यकर्ताबीच झडप हुने स्थिति आएपछि गएराति रसुवामा हवाइ फायरिङ भएको छ।
रातको ११ बजे दक्षिणी कालिकास्थान क्षेत्रमा हवाइ फायर भएको हो।
लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धनका कार्यकर्ताबीच एकआपसमा भिडन्त हुन थालेपछि १३ राउन्ड हवाइ फायरिङ गरिएको प्रहरीले जनाएको छ। अहिले त्यस क्षेत्रको स्थिति सामान्य रहेको प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले बताए।
मतदातालाई सुरक्षाको प्रत्याभूति दिलाउन थप सुरक्षा गस्तीलाई तीव्रता दिइएको पनि उनले बताए।
मंसिर १० गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि गएराति १२ बजेदेखि मौन अवधि सुरु भएको हो।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।