याङगुन, बङ्गलादेश- बंगलादेश र म्यानमारबीच रोहिंग्या शरणार्थीलाई दुई महिनामा फिर्ता गर्ने सहमति भएको छ।
विश्वभरबाट म्यानमारको रोहिंग्या शरणार्थीलाई फिर्ता गर्न माग गरिरहेका समय म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङसाङ सुकी र बंगलादेशका विदेशमन्त्री ए एच महमद अलिबीच म्यानमारको न्यापितमा भएको बैठकले रोहिंग्या शरणार्थीलाई फर्काउने सहमति भएको हो। दुई महिनाभित्र पहल सुरु गर्ने सहमति भएको बैठकपछि जारी गरिएको संक्षिप्त विज्ञप्तिमा जनाइएको छ।
म्यानमारमा पछिल्ला केही महिनायता भएका हिंसात्मक गतिविधिपछि सेनाले चलाएको सैनिक अभियानमा म्यानमारको रोहिंग्या समुदायको बसोबास रहेको राखिने राज्यबाट करिब ६ लाख २० हजार जनता भागेर बंगलालादेश पुगेका थिए। म्यानमारको सुरक्षाकर्मीले चलाएको पछिल्लो अभियानलाई अमेरिकाले अल्पसंख्यक रोहिंग्या समुदायलाई राखिनबाट हटाउने प्रयास भनी आलोचना गरेको छ।
सहमति अनुसार आगामी तीन हप्ताभित्र कार्यदल बनाई काम सुरु गरिनेछ। सहमतिपछि छोटो प्रतिक्रिया दिँदै विदेशमन्त्री अलीले शरणार्थीलाई फर्काउन गरिएको यो सुरुवाती कदम भएको र म्यानमारले रोहिंग्यालाई फिर्ता लानेमा आफू विश्वस्त रहेको बताए।
कति रोहिंग्यालाई स्वदेश फर्काइँदैछ र यो प्रक्रिया कहिलेसम्म सम्पन्न हुनेछ भन्ने विषयमा भने दुवै पक्षले प्रस्ट पारेका छैनन्।रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।