जुवा, दक्षिण सुडान- उत्तर दक्षिण सुडानी लीर भन्ने ठाँउमा भएको भिडन्तमा परी कम्तीमा २७ जनाको मृत्यु भएको छ।
सरकारी सेना र विद्रोही लडाकूबीच भएको पछिल्लो भिडन्तमा ती आम नागरिक मारिएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन्।
दक्षिणी सुडानको लिएच राज्यका सूचना मन्त्री पिटर मकौथ मलौलले सरकारी सेना र सुडान पिपल्स् लिबरेसन मोभमेन्ट इन अपोजिसन (एसपीएलएआईओ) बीचको भिडन्त यसै हप्ताको सुरुमा सुरु भई बिहीबारसम्म चलेको थियो।
सरकारी सेनासँग भिडन्त गर्ने यो विद्रोही संगठन पूर्व उपराष्ट्रपति रिएक मचारप्रति तुलनात्मक रुपमा नरम मानिन्छ।
मन्त्री मलौलले हिंसात्मक भिडन्तको सुरुवात विद्रोहीहरुले नै गरेको आरोप लगाउँदै सरकारी पक्षले जवाफी रक्षात्मक कारबाही मात्रै गरेको दाबी गरेका छन्।
'गत नोभेम्बर १९ देखि विद्रोही लडाकूहरुले लिएक राज्यको लीरमा हामीमाथि आक्रमण गरे, सरकारी सुरक्षाकर्मीहरुले आफ्नो रक्षाका लागि जवाफी आक्रमण गरे,' उनले भने, 'त्यसपछि धेरै विद्रोही पक्षमा र थोरै सरकारी पक्षमा हुन पुग्यो।'रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।