काठमाडौं- बिहीबार राति १२ बजेदेखि आसन्न निर्वाचनको मतदानको दिन १० गते रातिसम्म रसुवागढी नाका बन्द हुने भएको छ।
प्रदेश र प्रतिनिधिसभा निर्वाचनको सुरक्षालाई ध्यानमा राखी नाका बन्द गर्न लागिएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी प्रमुख डिएसपी शरद कुमार थापा क्षेत्रीले बताए।
‘आज बेलुकादेखि ७२ घन्टा नाका बन्द गर्ने निर्णय भएको छ,' उनले भने, ‘यो अवधिमा नेपाली-विदेशी कोही पनि आवातजावत गर्न पाउँदैनन्, हामीले यसबारे सबैलाई जानकारी गराइसकेका छौं।’
आइतबार रसुवासहित ३२ जिल्लामा पहिलो चरणको निर्वाचन हुँदैछ। चीनसँगका सबै नाका ७२ घन्टा बन्द रहने गृह मन्त्रालयले जनाएको छ।
आजै राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।