काठमाडौं- सर्वोच्च अदालत परिसरमा बम रहेको खबर प्रहरीले पाएको छ।
खबर पाए लगत्तै अहिले सुरक्षाकर्मीले खोजी कार्य गरिरहेको छ। अज्ञात व्यक्तिले फोन गरेर सर्वोच्च परिसरमा तीन ठाउँमा बम राखेको खबर गरेपछि उच्च सजगतमा अपनाइएको प्रहरीले जनाएको छ।
खोजी कार्य जारी राख्दै डिस्पोजल टोली पनि तयारी अवस्थामा राखिएको महानगरीय प्रहरी वृत्त सिंहदरबारका डिएसपी अतुल बोहराले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।