बैतडी- मंसिर १० गते हुने पहिलो चरणको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको सुरक्षाका लागि बैतडीको सीमावर्ती क्षेत्रमा नेपाल–भारत सीमानाका तीन दिन बन्द हुने भएको छ।
भारतसँग जोडिएको सीमानाका झुलाघाट र दार्चुलाको नाका निर्वाचनका लागि ७२ घन्टा बन्द हुने भएको हो।
मंसिर ७ गते राति १२ बजेदेखि सीमानाका झुलाघाटमा आवतजावत बन्द गरिने प्रमुख जिल्ला अधिकारी सिद्घराज जोशीले जानकारी दिए। उक्त समयमा बिरामीबाहेक अरु साधन र पैदलयात्रुले नाकाबाट आवतजावत गर्न पाउने छैनन्।
निर्वाचन प्रयोजनका लागि जिल्लाको आन्तरिक सुरक्षालाई पनि अत्यन्त चुस्त र सुदृढ बनाइएकाले मतदाताले ढुक्क भएर मतदानमा भाग लिनसक्ने प्रमुख जिल्ला अधिकारी जोशीले बताए।
पहिलो चरणअन्तर्गत मंसिर १० गते प्रदेश नम्बर ७ का बैतडीसहित दार्चुला, बझाङ र बाजुरामा निर्वाचन हुँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।