काठमाडौं– प्रहरीले तीन किलो सुनसहित रत्नपार्कको रणदीपचोकबाट दुई युवकलाई सोमबार दिउँसो पक्राउ गरेको छ।
महानगरीय प्रहरी वृत्त दरबारमार्गले मोहन महर्जन र आयुष बज्राचार्यलाई पक्राउ गरेको हो। प्रारम्भिक अनुसन्धानमा उक्त सुन तस्करीकै भएको काठमाडौं प्रहरी प्रमुख एसएसपी रविन्द्र धानुकले बताए।
गाल्न भनेर कतै लिएर हिँडेको अवस्थामा सुन बरामद गरिएको दरबारमार्ग वृत्तका डिएसपी तिलक भारतीले बताए। ‘पसलको सुन गाल्न लैजान लागिएको भनिएको छ, तर सुनको स्रोत खुल्न नसकेकाले अनुसन्धान भइरहेको छ,’ डिएसपी भारतीले भने।
गएको शनिबार मात्रै चीनको केरुङ नाकाबाट नेपाल ल्याइएको १७ किलो सुनसहित प्रहरीले एक जनालाई रसुवाको टिमुरेबाट पक्राउ गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।