न्युयोर्क- न्यु क्यालेडोनियामा ७ दशमलव ३ म्याम्निच्युडको शक्तिशाली भूकम्प गएको छ।
अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसनिएस) का अनुसार आइतबार सो भूकम्प गएको हो। १२ घन्टापछि स्थानीय समयअनुसार बिहान ९: ४३ बजे सोही क्षेत्रमा पुन: भूकम्प गएको हो।
भूकम्प प्रभावित क्षेत्रको आसपासमा नै २५ किलोमिटर गहिराइमा भूकम्पको केन्द्रबिन्दु रहेको जनाइएको छ।
मानवीय तथा भौतिक सम्पत्तिको क्षति लगायतको विस्तृत विवरण संकलन भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।