चितवन- विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी चितवनका जिल्ला इन्चार्ज लालबहादुर बिसीलाई प्रहरीले पक्राउ गरेको छ।
नारायणगढ बजार क्षेत्रबाट बिसीलाई आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रभु ढकालले जानकारी दिए। चुनावी कार्यक्रममा आक्रमण गर्ने कार्यहरु बढ्दै जान थालेपछि चितवनमा त्यस्ता घटना हुन नदिन बिसीलाई पक्राउ गरिएको उनले बताए।
नेपाल कम्युनिस्ट पार्टीले देशव्यापी रुपमा चुनाव विरोधी अभियान थालेको छ। देशका विभिन्न ठाउँमा उम्मेदवारमाथि आक्रमणका घटनासमेत भएका छन्। चितवनमा शान्तिपूर्ण तवरले चुनावी अभियान सम्पन्न गर्न प्रहरीले नेपाल कम्युनिस्ट पार्टीका नेता तथा कार्यक्रता पक्राउ गरेको जनाएको छ। यसअघि चितवन प्रहरीले टाँडी र भरतपुरबाट सोही पार्टीका दुई जनालाई नियन्त्रणमा लिएको थियो।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।