• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज २५, २०८३ Sun, Oct 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

धर्म परिवर्तनको खेल : श्रीमान्‌को परिवार नियोजन, श्रीमतीलाई 'एबोर्सन' [भिडियो]

जग्गा लुट्ने धर्म प्रचारकको दाउ, परिवारको बिल्लीबाठ
64x64
नेपाल लाइभ बुधबार, वैशाख ११, २०७६  १७:५५
1140x725

इटहरी– ‘मलाई माफ गर्नुस् आमा मैले गल्ती गरेँ। मैले नगर्ने काम गरेछु। धर्म परिवर्तन गरेर भुल गरेँ, मलाई माफ गर्नुस्।’ 

आमालाई अँगालो हाल्दै चिच्याउँदै थिए, अभिषेक कार्की। आमाको मनको बाँध पनि भत्कियो। ‘यिनै क्रिस्चियनले गर्दा मेरो सम्पत्ति सकियो। मलाई सुकुम्बासी बनाउने यिनै हुन्,' उनी पनि रुन थालिन्।

नजिकै रहेकी बुहारी आयुशाले उनलाई सम्हाल्ने कोसिस त गरिन्। तर, सकिनन्। बरु आफै रोइकराइ गर्न थालिन्। 'मलाई क्युरेट गर्न लगाउने यिनै पापी हुन्,' उनी भक्कानिँदै भन्न थालिन्, 'मेरो बच्चा जन्मिँदा मलाई हेला गर्ने यिनीहरु नै हुन्।'

वरिपरिको भिड उनीहरुतिरै केन्द्रित भयो। कसैले कसैसँग बोल्न सकेनन्। बरु धेरैका आँखा रसाए। 

घटना बैसाख ९ गते सोमबारको हो। इलाका प्रहरी कार्यलय इटहरी अगाडिको दृश्य। अत्यन्तै दर्दनाक पीडा पोखिएको भान हुने यो दृश्यको कारण रहेछ, इसाइ धर्म परिवर्तन। जसका मुख्य नाइके हुन्, कोरियाली धर्म प्रचारक सङ जा हान।  

यसरी सुरु हुन्छ घटना
'जीवन मुक्ति'को आसमा २०६३ सालदेखि इसाई धर्ममा लागे अभिषेक कार्की। त्यसको केही वर्षमा उनको भेट तिनै सङ जा हानसँग भयो। धर्म प्रचारमा उनी अब्बल देखिन थाले। नभन्दै उनी पाश्चरसम्म भए। त्यति मात्र होइन कोरियाली र नेपाली भाषा अनुवाद गर्ने जिम्मा पनि पाए। चर्चभित्रै उनको विवाह भयो। 'प्रभु माता' नै सबैभन्दा ठूलो हो भन्दै जीवन नै प्रभुमा समाहित गरे। 

तिनै कोरियालीको लहलहैमा लागेर उनले परिवारसँगको सम्बन्ध बिगारे। परिवारले अंश स्वरुप दिएको एक कठ्ठा जग्गासमेत चर्चमा बुझाए। तिनै कोरियालीले जे भन्यो त्यही मान्दै गए अभिषेक।

Ncell 2
Ncell 2
nimb
nimb

विवाहपूर्व नै उनलाई परिवार नियोजन गर्न लगाइयो। जतिबेला उनी भर्खर २० वर्ष लागेका थिए। तर, अस्पतालमा २५ वर्ष भनी ढाँट्न लगाएर परिवार नियोजन गर्न लगाए तिनै कोरियाली सङ जा हानले। विराटनगरको मेरी स्टोप सेन्टरमा परिवार नियोजन गरेको उनी सुनाउँछन्। 

भिडियो

उनीसँगै एउटै चर्चमा थिइन्, आयुशा चौधरी। दुवैले विवाह गरे। तर, केही महिनामै गर्भ रह्यो। त्यो कुरा चर्चका पाश्चरकहाँ पुग्यो। उनले गर्भपतन गर्न लगाए। त्यसपछि पुन: गर्भ रह्यो। त्यो पनि गर्भपतन गर्नुपर्छ भन्दै दबाब दिन थाले। आयुशाले पनि पाश्चरले भनेको नमाने 'नर्क' पुग्ने डरले गर्भपतन गर्न राजी भएको सुनाइन्। 

Xtrem

Xtrem

२०७२ सालको भूकम्पताका लामो समय चर्च बन्द भयो। सोही समयमा उनको पेटमा पुन: रहेको गर्भ हुर्कंदै गयो। ४ महिनाको गर्भ भएकाले अस्पतालले गर्भपतन गराउन मानेन। त्यसपछि झनै दशा थपियो आयुशालाई। 

पादरीहरुबाट समेत प्रश्नको तीर उनीतिर सोझिन थाल्यो, 'श्रीमान्‌ले परिवार नियोजन गरेपछि कसरी बच्चा जन्मियो?' 

अन्तत: उनलाई चर्चबाटै निकालियो। अभिषेक र आयुशा दुवै चर्चका कर्मचारीको रुपमा काम गर्थे। दुवैलाई अलग गराएर सम्बन्ध छुटाउने प्रयास पाश्चरले गर्न थाले। तर, सफल भएनन्। 

कलिलै उमेरमा परिवार नियोजन गरेकाले असफल भएको अभिषेक बताउँछन्। हाल उनीहरुको ३ वर्षको छोरा छ। 'छोरा जन्मिएको ३ महिनासम्म आफूलाई चर्चबाहिर आउनसमेत दिइएन,' अभिषेकले भक्कानिँदै भने, 'मेरो आमासँग सम्बन्ध बिगार्ने, मलाई परिवार नियोजन गर्न लगाउने त्यो कोरियन नै हो।’

अभिषेकका अनुसार सन् २०१२ पछि विश्व ध्वस्त हुन्छ भन्दै कोरियनले परिवार नियोजन गर्न लगाएका थिए। 

अभिषेक मात्र होइन झापा बिर्तामोडका सुनिल श्रेष्ठ पनि आफूलाई सङ जा हानले घरजग्गा बेच्न बाध्य पारेको बताउँछन्। पीडित श्रेष्ठका अनुसार आफूलाई मन नहुँदा नहुँदै तिनै कोरियालीले दबाबमा पारी जग्गा बेच्न लगाए। 'त्यसको दशांस परमेश्वरको नाममा लगेका हुन्,' उनले भने।

सङ जा हानबाट पीडित बनेका अर्का पात्र हुन्, सूर्यमान विक। आफूलाई भने अर्का कोरियाली नागरिक मुन्छङजुले जग्गा बेच्न लगाएको उनको भनाइ छ। 

तिनै अभिषेक जसले इसाई धर्मका बारेमा प्रश्न गर्दा उनीमाथि धर्म विरोधीको आरोप लगाइएको थियो। धर्मविरोधी र दिमाग बिग्रिएको भन्दै अरोप लगाएर एक्लो बनाउन खोजेको उनको भनाइ छ। प्रश्नको सामना गर्न नसकेपछि भौतिक आक्रमणमा उत्रिएको उनी बताउँछन्। 

यिनै धर्मका पादरीहरुले सन् २०१२ पछि विश्व ध्वस्त हुन्छ भने तर किन भएन? भन्ने जस्ता १५ वटा प्रश्न गरेका थिए। जुन प्रश्नको सामना गर्नुको साटो आफूलाई धर्मविरोधी भन्दै आक्रमण सुरु भएको उनको भनाइ छ। 

‘मेरो कारण मलाई समर्थन गर्नेहरुमाथि आक्रमण भएको हो,’ उनले भने, ‘नेपाली नेपाली भिडाएर कोरियनले फाइदा लिन खोजेको मात्र हो।’

आफ्नो प्रश्नमा समर्थन गर्ने केही विश्वासीहरुलाई नै कोरियन नागरिकले आक्रमणको योजना बनाएको उनको भनाइ छ।

बैसाख ७ गते शनिबार सोही चर्चकी विश्वासी प्रमिला राईको समूहले इटहरी-२ की अनु राईमाथि आक्रमण गरेको थियो। तिनै कोरियालीको नेतृत्वमा गएको टोलीले उनलाई आक्रमण गरेको हो।

अनुका श्रीमान् वीरबहादुर राईका अनुसार साँझको समय आफू घर पुग्दा घरभरि मानिस थुप्रिएका थिए। 'के रैछ भनी सोध्न खोज्दा आफ्नै श्रीमतीमाथि हमला भएको रहेछ,' उनी भन्छन्, 'कारण बुझ्दै जाँदा चर्चविरोधी भयो भनेर आक्रमण भएको पाएँ।'

सन् २०१२ मा विश्व प्रलय हुन्छ भन्दै श्रीमतीलाई सन्तान जन्माउन हुन्न भनेर एकोहोरो बनाएको वीरबहादुर सुनाउँछन्। 'त्यसपछि उनले कहिल्यै सन्तान जन्माउन मानिनन्। धन्न मेरो छोरी जन्मिइसकेको भएर मात्र, नभए म नि:सन्तान बन्नेवाला  थिएँ,' उनले दुखेसो पोखे, 'यो धर्मात्माहरुको भन्दा पनि पापात्माहरुको स्थान हरेछ।’

कोरियाली धर्म प्रचारकको कारण इटहरीको धेरै परिवारको बिल्लीबाठ भएको छ। भिजिट भिसामा नेपाल आएका कोरियाली नागरिक सङ जा हानका कारण परिवारभित्रै विग्रह सुरु भएको हो।

अर्का एक युवाले नाम नबताउने सर्तमा  भने, ‘मेरो परिवारमा पनि त्यही चर्चको कारण समस्या आइरहेको छ। आफू बाहिरै बसेर धर्ममा लाग्ने बताए पनि श्रीमतीले सधै चर्चमा नबसे डिभोर्स गर्ने धम्की दिँदै आएकी छन्। अहिले पनि म उनलाई धेरै माया गर्छु तर त्यही कोरियालीले कन्भिन्स गराएको कारण श्रीमती मबाट छुट्न चाहन्छिन्।’

OOO

‘इन्टरनेसनल वी लभ यु' फाउन्डेसनको नाममा नेपाल छिरेका सङ जा हान इसाई धर्म प्रचारमा सक्रिय छन्।

विभिन्न पूर्वाधार निमार्ण गर्ने उद्देश्यले नेपाल छिरेको उक्त संस्थाको नेपाल प्रमुख हुन् उनी। हाल ‘परमेश्वरको मण्डली विश्व सुसमाचार समाज (सियोन)’ मार्फत धर्म प्रचार गरिरहेका छन्। 

भौतिक निर्माणदेखि शान्ति स्थापना गर्ने नाममा सो फाउन्डेसनले काम गरिरहेको छ। तर, फाउन्डेसनको लोगोमा धर्म प्रचार गरेको विषयमा भने सरकारदेखि स्थानीय प्रशासन अनभिज्ञ देखिन्छन्। 

तिनै कोरियालीको निर्देशनमा इटहरी-३ कि अनु राईलाई घरमै गएर कुटपिट गरेपछि रहस्य बाहिर आएको हो। गत शनिबार उनै साङ जा हानको नेतृत्वमा गएको टोलीले उनीमाथि जाइलागेको थियो। कुटपिटपछि पीडित पक्षले इलाका प्रहरी कार्यालय  इटहरीका आइतबार नै किटानी जाहेरी दिएका छन्। तर, प्रहरीले उनलाई अझैसम्म पक्राउ गर्न सकेको छैन।

प्रहरी भन्छ- कि मिलेमतो गर्नुस्, नभए अदालत जानुस्
खुलमखुल्ला धर्म प्रचार गर्न नपाउने कानुनी व्यावस्था भए पनि यी कोरियालीले भने धर्म प्रचारको छुट पाएका छन्। भिजिट भिसामा १० वर्षअगाडि नेपाल आएका सङ जा हान लगायत धर्म प्रचारमा लागिरहेका छन्। धर्म प्रचारमा मात्र होइन 'परमेश्वरको नाममा' पैसा उठाएर कोरिया भित्र्याउने खेलमा लागेको पीडितहरु बताउँछन्।

उनलाई पक्राउ गर्नुको साटो प्रहरीले छलफलमा बसेका पीडित र पत्रकारलाई नै इलाका प्रहरी कार्यालयबाहिर निकालेको थियो। इन्सपेक्टर धनेन्द्र हाङ खजुमले रुखो स्वरमा ‘किन यहाँ बसेको बाहिर निस्कनुस्’ भन्दै निकालेका थिए। त्यही बेला पीडितहरु भने न्यायको आशामा प्रहरी कार्यलयबाहिर रुवाबासी गरिरहेका थिए। 

 

भोलिपल्ट मंगलबार निवेदन दिन पुन: इलाका प्रहरी कार्यालय पुगेका पीडिततलाई प्रहरीले निवेदन नै दर्ता नगराई फर्काइदिएको छ। 'कि मिलेमतो गर्नुस्, नभए अदालत जानुस्' भन्दै प्रहरीले धक्की दिएको पीडितहरुले गुनासो गरे।

ती कोरियन नागरिक उपस्थित नभए आफूहरु वार्तामा नबस्ने पीडित पक्षको अडान थियो। 'अदातल गए झन्झट हुने, बरु यहीँ मिलेमतो गर्नुस् भने,' पीडित अनु राईले भनिन्, 'यदि झन्झट बेहोर्न मन भए अदातल जानु भन्दै मिलेमतो गर्न बाध्य बनाइएको छ।'

 

प्रकाशित मिति: बुधबार, वैशाख ११, २०७६  १७:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बुढीगण्डकी बाढी :  सेनाले गर्‍यो ४९ जनाको उद्धार
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना
कांग्रेसको मतगणना सकिन ५ देखि ७ दिन लाग्ने अनुमान, गति बढाउने तयारी
सम्बन्धित सामग्री
`सेटिङ´ दाबी गर्ने मल्ल पक्राउ, अडियोमा जोडिएका चौधरी किन पक्राउ परेनन्? मल्ल पक्राउ पर्नुअघि सार्वजनिक भएको एउटा अडियोले उनको नाम फेरि चर्चामा ल्याएको थियो। केही दिनअघि जनआस्थाले सार्वजनिक गरेको उक्त अडिय... सोमबार, असोज १२, २०८३
गरिमा चौधरी हत्याको अनुसन्धानमा कुनै कसर बाँकी राखेको छैन : नेपाल प्रहरी गरिमालाई न्याय दिलाउनुपर्ने माग गर्दै विभिन्न आन्दोलनहरु भइरहेको सन्दर्भमा प्रहरीले अनुसन्धानमा कुनै कसर बाँकी नराखेको जनाएको हो । शनिबार, भदौ ६, २०८३
आईजीपी र सांसद सुनारबीच किन चर्किदैछ विवाद ? विगत लामो समयदेखि अख्तियारले पोशाक खरिदमा भएको भ्रष्टाचारबारे अनुसन्धान गरिरहेको छ । यो प्रकरणमा सोझै भ्रष्टाचार भएको भन्दा पनि घुमा... बिहीबार, भदौ ४, २०८३
ताजा समाचारसबै
बुढीगण्डकी बाढी :  सेनाले गर्‍यो ४९ जनाको उद्धार आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
कांग्रेसको मतगणना सकिन ५ देखि ७ दिन लाग्ने अनुमान, गति बढाउने तयारी आइतबार, असोज २५, २०८३
विद्यालयको प्रधानाध्यापकमाथि कुटपिट गर्ने २ जना नियन्त्रणमा आइतबार, असोज २५, २०८३
भारतीय सेनाका एडजुटेंट जनरल कौशिक नेपाल भ्रमणमा आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु शनिबार, असोज २४, २०८३
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? आइतबार, असोज २५, २०८३
राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको परमादेश शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्