• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक ९, २०८२ Sun, Oct 26, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

धर्म परिवर्तनको खेल : श्रीमान्‌को परिवार नियोजन, श्रीमतीलाई 'एबोर्सन' [भिडियो]

जग्गा लुट्ने धर्म प्रचारकको दाउ, परिवारको बिल्लीबाठ
64x64
नेपाल लाइभ बुधबार, वैशाख ११, २०७६  १७:५५
1140x725

इटहरी– ‘मलाई माफ गर्नुस् आमा मैले गल्ती गरेँ। मैले नगर्ने काम गरेछु। धर्म परिवर्तन गरेर भुल गरेँ, मलाई माफ गर्नुस्।’ 

आमालाई अँगालो हाल्दै चिच्याउँदै थिए, अभिषेक कार्की। आमाको मनको बाँध पनि भत्कियो। ‘यिनै क्रिस्चियनले गर्दा मेरो सम्पत्ति सकियो। मलाई सुकुम्बासी बनाउने यिनै हुन्,' उनी पनि रुन थालिन्।

नजिकै रहेकी बुहारी आयुशाले उनलाई सम्हाल्ने कोसिस त गरिन्। तर, सकिनन्। बरु आफै रोइकराइ गर्न थालिन्। 'मलाई क्युरेट गर्न लगाउने यिनै पापी हुन्,' उनी भक्कानिँदै भन्न थालिन्, 'मेरो बच्चा जन्मिँदा मलाई हेला गर्ने यिनीहरु नै हुन्।'

वरिपरिको भिड उनीहरुतिरै केन्द्रित भयो। कसैले कसैसँग बोल्न सकेनन्। बरु धेरैका आँखा रसाए। 

घटना बैसाख ९ गते सोमबारको हो। इलाका प्रहरी कार्यलय इटहरी अगाडिको दृश्य। अत्यन्तै दर्दनाक पीडा पोखिएको भान हुने यो दृश्यको कारण रहेछ, इसाइ धर्म परिवर्तन। जसका मुख्य नाइके हुन्, कोरियाली धर्म प्रचारक सङ जा हान।  

यसरी सुरु हुन्छ घटना
'जीवन मुक्ति'को आसमा २०६३ सालदेखि इसाई धर्ममा लागे अभिषेक कार्की। त्यसको केही वर्षमा उनको भेट तिनै सङ जा हानसँग भयो। धर्म प्रचारमा उनी अब्बल देखिन थाले। नभन्दै उनी पाश्चरसम्म भए। त्यति मात्र होइन कोरियाली र नेपाली भाषा अनुवाद गर्ने जिम्मा पनि पाए। चर्चभित्रै उनको विवाह भयो। 'प्रभु माता' नै सबैभन्दा ठूलो हो भन्दै जीवन नै प्रभुमा समाहित गरे। 

तिनै कोरियालीको लहलहैमा लागेर उनले परिवारसँगको सम्बन्ध बिगारे। परिवारले अंश स्वरुप दिएको एक कठ्ठा जग्गासमेत चर्चमा बुझाए। तिनै कोरियालीले जे भन्यो त्यही मान्दै गए अभिषेक।

Ncell 2
Ncell 2

विवाहपूर्व नै उनलाई परिवार नियोजन गर्न लगाइयो। जतिबेला उनी भर्खर २० वर्ष लागेका थिए। तर, अस्पतालमा २५ वर्ष भनी ढाँट्न लगाएर परिवार नियोजन गर्न लगाए तिनै कोरियाली सङ जा हानले। विराटनगरको मेरी स्टोप सेन्टरमा परिवार नियोजन गरेको उनी सुनाउँछन्। 

भिडियो

उनीसँगै एउटै चर्चमा थिइन्, आयुशा चौधरी। दुवैले विवाह गरे। तर, केही महिनामै गर्भ रह्यो। त्यो कुरा चर्चका पाश्चरकहाँ पुग्यो। उनले गर्भपतन गर्न लगाए। त्यसपछि पुन: गर्भ रह्यो। त्यो पनि गर्भपतन गर्नुपर्छ भन्दै दबाब दिन थाले। आयुशाले पनि पाश्चरले भनेको नमाने 'नर्क' पुग्ने डरले गर्भपतन गर्न राजी भएको सुनाइन्। 

२०७२ सालको भूकम्पताका लामो समय चर्च बन्द भयो। सोही समयमा उनको पेटमा पुन: रहेको गर्भ हुर्कंदै गयो। ४ महिनाको गर्भ भएकाले अस्पतालले गर्भपतन गराउन मानेन। त्यसपछि झनै दशा थपियो आयुशालाई। 

पादरीहरुबाट समेत प्रश्नको तीर उनीतिर सोझिन थाल्यो, 'श्रीमान्‌ले परिवार नियोजन गरेपछि कसरी बच्चा जन्मियो?' 

अन्तत: उनलाई चर्चबाटै निकालियो। अभिषेक र आयुशा दुवै चर्चका कर्मचारीको रुपमा काम गर्थे। दुवैलाई अलग गराएर सम्बन्ध छुटाउने प्रयास पाश्चरले गर्न थाले। तर, सफल भएनन्। 

कलिलै उमेरमा परिवार नियोजन गरेकाले असफल भएको अभिषेक बताउँछन्। हाल उनीहरुको ३ वर्षको छोरा छ। 'छोरा जन्मिएको ३ महिनासम्म आफूलाई चर्चबाहिर आउनसमेत दिइएन,' अभिषेकले भक्कानिँदै भने, 'मेरो आमासँग सम्बन्ध बिगार्ने, मलाई परिवार नियोजन गर्न लगाउने त्यो कोरियन नै हो।’

अभिषेकका अनुसार सन् २०१२ पछि विश्व ध्वस्त हुन्छ भन्दै कोरियनले परिवार नियोजन गर्न लगाएका थिए। 

अभिषेक मात्र होइन झापा बिर्तामोडका सुनिल श्रेष्ठ पनि आफूलाई सङ जा हानले घरजग्गा बेच्न बाध्य पारेको बताउँछन्। पीडित श्रेष्ठका अनुसार आफूलाई मन नहुँदा नहुँदै तिनै कोरियालीले दबाबमा पारी जग्गा बेच्न लगाए। 'त्यसको दशांस परमेश्वरको नाममा लगेका हुन्,' उनले भने।

सङ जा हानबाट पीडित बनेका अर्का पात्र हुन्, सूर्यमान विक। आफूलाई भने अर्का कोरियाली नागरिक मुन्छङजुले जग्गा बेच्न लगाएको उनको भनाइ छ। 

तिनै अभिषेक जसले इसाई धर्मका बारेमा प्रश्न गर्दा उनीमाथि धर्म विरोधीको आरोप लगाइएको थियो। धर्मविरोधी र दिमाग बिग्रिएको भन्दै अरोप लगाएर एक्लो बनाउन खोजेको उनको भनाइ छ। प्रश्नको सामना गर्न नसकेपछि भौतिक आक्रमणमा उत्रिएको उनी बताउँछन्। 

यिनै धर्मका पादरीहरुले सन् २०१२ पछि विश्व ध्वस्त हुन्छ भने तर किन भएन? भन्ने जस्ता १५ वटा प्रश्न गरेका थिए। जुन प्रश्नको सामना गर्नुको साटो आफूलाई धर्मविरोधी भन्दै आक्रमण सुरु भएको उनको भनाइ छ। 

‘मेरो कारण मलाई समर्थन गर्नेहरुमाथि आक्रमण भएको हो,’ उनले भने, ‘नेपाली नेपाली भिडाएर कोरियनले फाइदा लिन खोजेको मात्र हो।’

आफ्नो प्रश्नमा समर्थन गर्ने केही विश्वासीहरुलाई नै कोरियन नागरिकले आक्रमणको योजना बनाएको उनको भनाइ छ।

बैसाख ७ गते शनिबार सोही चर्चकी विश्वासी प्रमिला राईको समूहले इटहरी-२ की अनु राईमाथि आक्रमण गरेको थियो। तिनै कोरियालीको नेतृत्वमा गएको टोलीले उनलाई आक्रमण गरेको हो।

अनुका श्रीमान् वीरबहादुर राईका अनुसार साँझको समय आफू घर पुग्दा घरभरि मानिस थुप्रिएका थिए। 'के रैछ भनी सोध्न खोज्दा आफ्नै श्रीमतीमाथि हमला भएको रहेछ,' उनी भन्छन्, 'कारण बुझ्दै जाँदा चर्चविरोधी भयो भनेर आक्रमण भएको पाएँ।'

सन् २०१२ मा विश्व प्रलय हुन्छ भन्दै श्रीमतीलाई सन्तान जन्माउन हुन्न भनेर एकोहोरो बनाएको वीरबहादुर सुनाउँछन्। 'त्यसपछि उनले कहिल्यै सन्तान जन्माउन मानिनन्। धन्न मेरो छोरी जन्मिइसकेको भएर मात्र, नभए म नि:सन्तान बन्नेवाला  थिएँ,' उनले दुखेसो पोखे, 'यो धर्मात्माहरुको भन्दा पनि पापात्माहरुको स्थान हरेछ।’

कोरियाली धर्म प्रचारकको कारण इटहरीको धेरै परिवारको बिल्लीबाठ भएको छ। भिजिट भिसामा नेपाल आएका कोरियाली नागरिक सङ जा हानका कारण परिवारभित्रै विग्रह सुरु भएको हो।

अर्का एक युवाले नाम नबताउने सर्तमा  भने, ‘मेरो परिवारमा पनि त्यही चर्चको कारण समस्या आइरहेको छ। आफू बाहिरै बसेर धर्ममा लाग्ने बताए पनि श्रीमतीले सधै चर्चमा नबसे डिभोर्स गर्ने धम्की दिँदै आएकी छन्। अहिले पनि म उनलाई धेरै माया गर्छु तर त्यही कोरियालीले कन्भिन्स गराएको कारण श्रीमती मबाट छुट्न चाहन्छिन्।’

OOO

‘इन्टरनेसनल वी लभ यु' फाउन्डेसनको नाममा नेपाल छिरेका सङ जा हान इसाई धर्म प्रचारमा सक्रिय छन्।

विभिन्न पूर्वाधार निमार्ण गर्ने उद्देश्यले नेपाल छिरेको उक्त संस्थाको नेपाल प्रमुख हुन् उनी। हाल ‘परमेश्वरको मण्डली विश्व सुसमाचार समाज (सियोन)’ मार्फत धर्म प्रचार गरिरहेका छन्। 

भौतिक निर्माणदेखि शान्ति स्थापना गर्ने नाममा सो फाउन्डेसनले काम गरिरहेको छ। तर, फाउन्डेसनको लोगोमा धर्म प्रचार गरेको विषयमा भने सरकारदेखि स्थानीय प्रशासन अनभिज्ञ देखिन्छन्। 

तिनै कोरियालीको निर्देशनमा इटहरी-३ कि अनु राईलाई घरमै गएर कुटपिट गरेपछि रहस्य बाहिर आएको हो। गत शनिबार उनै साङ जा हानको नेतृत्वमा गएको टोलीले उनीमाथि जाइलागेको थियो। कुटपिटपछि पीडित पक्षले इलाका प्रहरी कार्यालय  इटहरीका आइतबार नै किटानी जाहेरी दिएका छन्। तर, प्रहरीले उनलाई अझैसम्म पक्राउ गर्न सकेको छैन।

प्रहरी भन्छ- कि मिलेमतो गर्नुस्, नभए अदालत जानुस्
खुलमखुल्ला धर्म प्रचार गर्न नपाउने कानुनी व्यावस्था भए पनि यी कोरियालीले भने धर्म प्रचारको छुट पाएका छन्। भिजिट भिसामा १० वर्षअगाडि नेपाल आएका सङ जा हान लगायत धर्म प्रचारमा लागिरहेका छन्। धर्म प्रचारमा मात्र होइन 'परमेश्वरको नाममा' पैसा उठाएर कोरिया भित्र्याउने खेलमा लागेको पीडितहरु बताउँछन्।

उनलाई पक्राउ गर्नुको साटो प्रहरीले छलफलमा बसेका पीडित र पत्रकारलाई नै इलाका प्रहरी कार्यालयबाहिर निकालेको थियो। इन्सपेक्टर धनेन्द्र हाङ खजुमले रुखो स्वरमा ‘किन यहाँ बसेको बाहिर निस्कनुस्’ भन्दै निकालेका थिए। त्यही बेला पीडितहरु भने न्यायको आशामा प्रहरी कार्यलयबाहिर रुवाबासी गरिरहेका थिए। 

 

भोलिपल्ट मंगलबार निवेदन दिन पुन: इलाका प्रहरी कार्यालय पुगेका पीडिततलाई प्रहरीले निवेदन नै दर्ता नगराई फर्काइदिएको छ। 'कि मिलेमतो गर्नुस्, नभए अदालत जानुस्' भन्दै प्रहरीले धक्की दिएको पीडितहरुले गुनासो गरे।

ती कोरियन नागरिक उपस्थित नभए आफूहरु वार्तामा नबस्ने पीडित पक्षको अडान थियो। 'अदातल गए झन्झट हुने, बरु यहीँ मिलेमतो गर्नुस् भने,' पीडित अनु राईले भनिन्, 'यदि झन्झट बेहोर्न मन भए अदातल जानु भन्दै मिलेमतो गर्न बाध्य बनाइएको छ।'

 

प्रकाशित मिति: बुधबार, वैशाख ११, २०७६  १७:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
धर्ना जुलुस नगर्न सबै पक्षलाई गृह मन्त्रालयको अपिल, घुसपैठ भएर सुरक्षा र चुनाव बिथोलिने चिन्ता
सबै सुरक्षा निकायका प्रमुखसँग प्रधानमन्त्रीको छलफल
जिम्मेवार भइदिन प्रदर्शनकारीलाई गृहमन्त्रीको आग्रह
सम्बन्धित सामग्री
'कुलिङ अफ पिरियड' गडबडीमा राज्य व्यवस्था समिति सभापति  खतिवडा नैतिक जिम्मेवार संसदीय छानबिन विशेष समितिले खतिवडा नैतिक जिम्मेवार रहेको निष्कर्षसहितको प्रतिवेदन तयार पारेको हो। मंगलबार, साउन २०, २०८२
रिङ्कु सदाको परिवार भेटेलगत्तै गम्भीर अनुसन्धान गर्न प्रशासनलाई प्रचण्डको आग्रह अध्यक्ष प्रचण्डले शोकमा रहेको परिवार र आन्दोलनमा रहेको संघर्ष समितिसँग पनि शनिबार नै भेट गरेका थिए। परिवारले हत्या नै भएको आशंका गरे... शनिबार, फागुन १७, २०८१
रिङ्कु सदा मृत्यु प्रकरणः जबर्जस्ती करणीसहित चारवटा मुद्दामा अनुसन्धान सुरु गत माघ ३० गते साँझ पीडित किशोरी आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन्। यस घटनाको अनुसन्धान गर्न मधेश प्रदेश प्रहरी कार्याल... शुक्रबार, फागुन ९, २०८१
ताजा समाचारसबै
धर्ना जुलुस नगर्न सबै पक्षलाई गृह मन्त्रालयको अपिल, घुसपैठ भएर सुरक्षा र चुनाव बिथोलिने चिन्ता शनिबार, कात्तिक ८, २०८२
सबै सुरक्षा निकायका प्रमुखसँग प्रधानमन्त्रीको छलफल शनिबार, कात्तिक ८, २०८२
जिम्मेवार भइदिन प्रदर्शनकारीलाई गृहमन्त्रीको आग्रह शनिबार, कात्तिक ८, २०८२
अनुमति बिना माइतीघरमा प्रदर्शन गर्न पुगेका ५० जना प्रहरी नियन्त्रणमा शनिबार, कात्तिक ८, २०८२
प्रिमियम महसुल नतिरेका थप १८ उद्योगको लाइन काटियो शनिबार, कात्तिक ८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
१३ दिनदेखि हराएकी बालिका टाउको र शरीर छुटिएको अवस्थामा मृत फेला शुक्रबार, कात्तिक ७, २०८२
जिम्मेवार भइदिन प्रदर्शनकारीलाई गृहमन्त्रीको आग्रह शनिबार, कात्तिक ८, २०८२
गायिका नितु पौडेलको उपचारको क्रममा निधन, गायक बाबुलविरुद्ध जाहेरी शुक्रबार, कात्तिक ७, २०८२
प्रिमियम महसुल नतिरेका थप १८ उद्योगको लाइन काटियो शनिबार, कात्तिक ८, २०८२
मधेशका मुख्यमन्त्री सोनलले छठ पछि विश्वासको मत लिने शुक्रबार, कात्तिक ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
१३ दिनदेखि हराएकी बालिका टाउको र शरीर छुटिएको अवस्थामा मृत फेला शुक्रबार, कात्तिक ७, २०८२
हमासले युद्धविराम उल्लंघन गरेको भन्दै इजरायलद्वारा गाजामा हवाई आक्रमण आइतबार, कात्तिक २, २०८२
जिम्मेवार भइदिन प्रदर्शनकारीलाई गृहमन्त्रीको आग्रह शनिबार, कात्तिक ८, २०८२
अनामनगरको एक स्टुडियोमा युवतीद्वारा आत्मदाह प्रयास शनिबार, कात्तिक १, २०८२
गृहमन्त्रीले भागेको भनेका पूर्वऊर्जामन्त्री घरबाटै लाइभ सोमबार, कात्तिक ३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्