कोलम्बो (एजेन्सी)– श्रीलंकामा साम्प्रदायिक दंंगा हुँदा ९० घर प्रभावित बन्न पुगेको छ। आइतबार राजधानी कोलम्बोदेखि दक्षिण तटीय शहर गिन्टोटालाई श्रीलंकाको सिङ्घाली र मुस्लिम समुदायबीच झडप भएको थियो।
विहिबार एउटा सडक दुर्घटनाको निहुँमा सुरु भएको झगडाले अर्को रुप लिएको हो। श्रीलंकामा सिङ्घाली बहुसंख्यक छन् भने मुसलमान अल्पसंख्यक छन्। कोलम्बोदेखि १ सय १० किलोमिटर दक्षिणमा भएको यो घटना रोक्न सरकारले थलसेना, नौसेना र स्थानीय पुलिसको सहयोग लिनु परेको थियो।
घटनामा पाँच व्यक्तिलाई अस्पताल भर्ना गर्नु परेको बताइएको छ। ९० वटा घर भने क्षतिग्रस्त छ। शनिवार शहरको पुरै बजार बन्द थियो। स्थानीयहरु घरबाट बाहिर निस्किन सकेका थिएनन्। सरकारले घटनालाई नियन्त्रणमा लिन कफ्र्यूको आदेश पनि दिएको थियो।
श्रीलंकामा मुसलमानको जनसंख्या २ करोड १० लाख छ। जुन कूल जनसंख्याको १० प्रतिशत हो। सिङ्घालीको संख्या भने ७० प्रतिशत रहेको छ। उनीहरु बौद्धमार्गी हुन्।
प्रहरीले घटनामा १७ जनालाई नियन्त्रणमा लिएको बताएको छ। २०१४ मा पनि बौद्धमार्गी र मुसलमानबीच धार्मिक दंगा भएको थियो। जसमा ४ जनाको निधन भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।