डडेल्धुरा– प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस जनतालाई तर्साउने र हातखुट्टा भाँच्ने पार्टी नभएको बताएका छन्।
कांग्रेस गन्यापधुरा गाउँपालिका ४ र ५ ले शनिबार डडेल्धुरामा आयोजना गरेको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै देउवाले कांग्रेस लोकतन्त्रको पक्षमा रहेको भन्दै आसन्न निर्वाचनमा जिताउन आह्वान गरे।
कांग्रेसले २००७ सालमा राणा शासन हटाएर जनतालाई अधिकार दिएको उल्लेख गर्दै देउवाले लोकतान्त्रिक पार्टी कम्युनिस्ट जस्तो अराजक नहुने उल्लेख गरे। प्रधानमन्त्री देउवाले कम्युनिस्टको शासनमा बोल्न र लेख्न समेत नपाइने बताए।
उनले डडेल्धुरामा अझै केही विकासका काम गर्न बाँकी रहेको र सबै ग्रामीण सडकलाई पक्की बनाएरै छाड्ने आश्वासन दिए। यस्तै, देउवाले धेरै धार्मिक स्थल रहेको गन्यापधुरालाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गरी विदेशी पर्यटक भित्र्याउन सकिने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।