एजेन्सी– विश्वमा कहिलेकाहीँ नसोचेका रहस्यमय घटना हुने गर्छन्। यस्तै एउटा घटना जर्मनीमा हालै भएको छ।
जर्मनीको आकाशमा यसै साता एउटा रहस्यमय अग्निपिण्ड देखिएको थियो। जुन पहिले सुस्त गतिमा र केही क्षणमै निकै गतिशील बनेर देखा परेको थियो।
बेलायतबाट प्रकाशित हुने डेली मेल पत्रिकाले जर्मनीमा जस्तै इटाली र स्विट्जरल्यान्डमा पनि यस्तै अग्निपिण्ड देखिएको जनाएको छ।
जर्मनीको होकेन शहरको अग्नि नियन्त्रण विभागले ट्विटरमार्फत अग्निपिण्डको भिडियो पनि सेयर गरेको छ, जुन उल्का जस्तै देखिन्छ। त्यति उज्यालो नरहेको अग्निपिण्ड केही समयपछि नै सेतो हुँदै हल्का हरियो र नीलो रंगमा परिवर्तन भएको देख्न सकिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।