रौतहट– रौतहटको चन्द्रपुरमा वाम गठबन्धनको भेला स्थलमा बम विस्फोट हुँदा ११ जना भएका छन्।
चन्द्रनिगाहपुर अस्पताल नजिकै रहेको मन्दिरको हलमा आयोजित वडा भेला सकिएर सहभागीहरु निस्कनै लाग्दा बम विस्फोट भएको हो। भेला सकिएर खाजा खान निस्किन लाग्दा करिब ३ बजे ठूलो आवाजसहित विस्फोट भएको वाम गठबन्धनका नेता विनोद घिमिरेले बताए।
विस्फोटमा ३१ वर्षीया सरिता राई र उनका छोरा ७ वर्षीय जैविक राई गम्भीर घाइते भएका छन्। उनीहरुको पेट, खुट्टा, कम्मरमा ठूलो चोट लागेको छ।
यस्तै, विस्फोटमा चन्द्रपुर ५ का ४५ वर्षीय लक्ष्मी राई, ५५ वर्षीय रामबहादुर बिक, ४८ वर्षीया कुन्ता खत्री, ३९ वर्षीय गोपाल विक, ४५ वर्षीया दिलमाया राई, ५० वर्षीया यमुना काफ्ले, चन्द्रनिगाहपुर सरकारी अस्पतालका पियन ४९ वर्षीय गजेन्द्र झा र परिचर लक्ष्मी राई पनि घाइते भएका छन्।
घाइतेहरुको चन्द्रनिगापुरमा प्राथमिक उपचारपछि थप उपचारका लागि चितवन र काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।
गठबन्धनका नेताहरुले घटना निन्दनीय भएको भन्दै निन्दा गरेका छन्। सो भेलामा वाम गठबन्धनका केन्द्रीय नेताहरु एमालेकी केन्द्रीय सदस्य कल्याणी खड्का, माओवादी केन्द्रका पोलिटव्युरो सदस्य युवराज भट्टराई, एकराज थापा, प्रदेश सदस्य उद्धव रेग्मी, निर्वतमान संसद रामकुमार भट्टराई लगायका नेताहरु समेत सहभागी थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।