काठमाडौं– निर्वाचन आयोगले मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको सुरक्षा व्यवस्थाबारे सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ।
निर्वाचन गतिविधिमा नकारात्मक असर पर्नेगरी देशका विभिन्न स्थानमा उम्मेदवार लक्षित हिंसात्मक घटना भएपछि आयोगले सरकारको ध्यानाकर्षण गराएको हो। उम्मेदवार लक्षित आक्रमणमा दुःख व्यक्त गर्दै आयोगले सुरक्षा सतर्कता अपनाउन सरकारसँग आग्रह गरेको छ।
आयोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘देशका विभिन्न ठाउँमा भएका घटनाक्रमले उम्मेदवारले शान्तिपूर्ण रुपमा प्रचारप्रसार गर्न पाउने अधिकार र मतदाताले भयरहित वातावरणमा मतदान गर्न पाउने नैसर्गिक अधिकारमा बाधा व्यवधान उत्पन्न गराएको छ।’
हिंसात्मक गतिविधिबाट हतोत्साही नभई निर्वाचन सम्बन्धी क्रियाकलापमा लाग्न आयोगले सम्पूर्ण पक्षसँग आग्रह समेत गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।