काठमाडौं- रोल्पामा कृष्णबहादुर महरा, ओनसरी घर्ती र वर्षमान पुन चढेको गाडीलाई लक्षित गरी दुर्इ वटा बम प्रहार भएको छ। पाल्पा सदरमुकाममा आयोजित चुनावीसभामा सहभागी हुन जाँदै गर्दा अज्ञात समूहले बम प्रहार गरेको हो।
सदरमुकामबाट झन्डै ३ किलोमिटर दुरीमा पर्ने लिवाङस्थित भदौरे भन्ने ठाउँमा बम प्रहार भएको हो। तीनै नेताहरु फरकफरक गाडीमा सवार थिए।
विस्फोटबाट ठूलो क्षति भने हुन नपाएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।
आजै बिहान मात्र कांग्रेस नेता तथा उम्मेदवार डा रामशरण महत चढेको गाडीमा नुवाकोटमा बम विस्फोट गराइएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।